निर्णय नं. ६६४१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६४१ - उत्प्रेषण भाग: ४० साल: २०५५ महिना: चैत्र अंक: १२ फैसला मिति :2053/12/07 २८५६ निर्णय नं. ६६४१ २०५५, ने.का.प. अङ्क १२ पूर्ण इजलास माननीय न्यायाधीश श्री कृष्णकुमार बर्मा माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्बत् २०५० सालको स.अ.रि.पु.इ.नं. ५९ आदेश मिति : २०५३।१२।७५ विषय : उत्प्रेषण । निवेदक : पर्सा जिल्ला सुर्जाहा गा.वि.स. वार्ड नं. ३ बस्ने पार्वति देवी महतो चाई समेत । विरुद्ध विपक्षी : पर्सा जिल्ला विरंची वर्वा गा.वि.स. वार्ड नं. ५ बस्ने राधाकृष्ण चाई समेत । § यी निवेदकले ऐनको दफा २९(१)(ग) बमोजिम कर्तव्य पालन नगरेको अवस्थामा जग्गावालाले मोही निष्काशनका लागि जिल्ला अदालतमा उजुरी निवेदन गरेकोमा म्याद तामेल भै मौकामा प्रतिउत्तर नै नदिई बसेको देखिई प्रमाण बुझी निवेदकलाई मोहीबाट निष्काशन गर्ने ठहर्याएको देखिन्छ । अतः २०४६ साल बैशाख १५ गते पर्सा जिल्ला अदालतबाट भएको फैसलामा अ.बं. २०८ नं. को बेरित देखाई परेको निवेदकको निवेदनमा अंचल, क्षेत्रीय र स.अ.बाट समेत सदर हुन गई जि.अ.को फैसला अन्तिम भै वादीको पक्षको रहेको छ । एकपटक तह तह भई साधारण तहबाट विचार भई अन्तिम भई सकेको मुद्दाको हकमा असाधारण क्षेत्र अन्तर्गत पर्न आएको रिटको क्षेत्रबाट मूल्याङ्कन गरी फैसला गर्न नमिलेबाट मा.न्या. श्री कृष्णजंग रायमाझीले निवेदन खारेज हुने ठहर्याएको राय मनासिव देखिएकोले सदर हुने । (प्र.नं. ११) निवेदक तर्फबाट : विद्वान बरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी । विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा अवलम्बित नजिर : x आदेश न्या. नरेन्द्रबहादुर न्यौपाने : यसै अदालत संयुक्त इजलासको मिति २०५०।२।४ को निर्णयमा रायवाझी भई पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत रिटको संक्षिप्त विवरण तथा ठहर यसप्रकार छ : २. पर्सा जिल्ला साविक सुर्जाहा गा.पं. को हाल सुर्जाहा गा.वि.स.को वडा नं. ३ कि.नं. ३४ को ज.वि. ०–१५–० ऐ.कि.नं. ७७ को ज.वि. ०–९–० ऐ. कि.नं. ९३ को ज.वि. ०–८–५ समेतका जग्गा हाम्रो पति पिता भोला महतो चाईले मोहीको हैसियतले जोति कमाई आउनु भए अनुसार मोहियानी हकको प्रमाण पत्र समेत प्राप्त भएको छ । झोला महतो चाई ०३७।१२।१५ मा परलोक भएपछि विपक्षी जग्गाधनी राधा कृष्ण चाईसँग हामी मध्ये एक जनालाई भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार मोही पत्याई दिनुहोस भन्दा हुन्छ हुन्छ भन्दै हुन्थ्यो वर्षेनीस् वाली बुझीलिनु हुन्थ्यो विश्वास भए गुगी हाल्छनी भनी भरपाई दिनु भएन । २०४४ सालको वाली बुझ्न इन्कार गर्नु भएबाट म राधे महतोले भु.सु. का पर्सामा २०४४।११।३० मा वाली धरौटी राखे । ०४५ सालको बाली पनि बुझ्न इन्कार गर्नु भएकोले ०४५।११।२९ मा धरौटी राखी जग्गा कमाई आएका छौं । यसै वीच २०४४ सालको वाली बुझाएन जग्गा पनि पर्ति राखि दिएको हुँदा मोही निस्काशन गरी पाउँ भनि पर्सा जिल्ला अदालतमा झुठ्ठा मुद्दा दिनु भएछ । रीतपूर्वक म्याद तामेल नभएको हुँदा प्रतिवाद गर्न पाएनौ तै पनि जग्गा कमाए नकमाएको वाली धरौत राखे नराखेको अदालतबाटै बुझी फैसला हुनुपर्नेमा सो नभै मोही निस्कासन हुने गरी फैसला भएछ । २०४६।१।१५ मा पर्सा जिल्ला अदालतबाट भएको उक्त फैसला भूमी सम्बन्धी ऐन, २०२१ को दफा २६(१) तथा ने.का.प. २९(२) तथा २०४६ नि.नं. ३९०४ पृष्ठ ८२५ मा स.अ. बाट प्रतिपादित सिद्धान्त समेतको विपरित छ । अ.बं. २०८ नं. बमोजिम प्रतिउत्तर लिई गएकोमा दर्ता गर्न इन्कार गरी रीतपूर्वक म्याद तामेल भएको भनी दरपि