निर्णय नं. ६६४२ - चलानीपूर्जि बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६४२ - चलानीपूर्जि बदर भाग: ४० साल: २०५५ महिना: चैत्र अंक: १२ फैसला मिति :2054/08/25 २२२५ निर्णय नं. ६६४२ ०५५, ने.का.प. अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्बत् २०५२ सालको दे.पु.नं. ... २६७२ फैसला मिति : २०५४।८।२५।४ मुद्दा : चलानीपूर्जि बदर । पुनरावेदक/प्रतिवादी : ताप्लेजुङ जिल्ला थिङलाबुङ गा.वि.स. वार्ड नं. १ बस्ने वर्ष ६३ को कालिबहादुर लिम्बु । विरुद्ध प्रत्यर्थी/वादी : ऐ.ऐ. वार्ड नं. ६ बस्ने धनविर लिम्बु समेत । § यसरी लेनदेन मुद्दाको अन्तिम फैसला हुनुपूर्व नै विवादका जग्गाहरु प्रत्यर्थी वादीहरुले राजिनामा भोगबन्धकी तथा लखबन्धकीमा लिएको अवस्थामा लेनदेन मुद्दा चल्दा चल्दै विवादित कित्ताका जग्गाहरु वादीले रोक्का राख्न सकेको समेत देखिदैन । अतः एवं यस्तो स्थितिमा अर्काको हकभोगमा रहि रहेको जग्गालाई वादीले विगो मुद्दामा विपक्षीहरको भोग दर्तामा छ भनि झुठ्ठा व्यहोरा उल्लेख गरी लेखिदिई सोही आधारमा मुचुल्का समेत खडा गरी गराई लिएको विवादित चलनाी पुर्जिलाई कानून अनुरुपको मान्न मिल्ने नहुँदा उक्त चलानी पुर्जि बदर हुन्छ । चलानी पुर्जि बदर गर्ने गरी पुनरावेदन अदालत इलामले मिति ०५१।१।२९ मा गरेको फैसला मिलेकै हुँदा मनासिव ठहर्ने । (प्र.नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शिवप्रसाद रिसाल प्रत्यर्थी तर्फबाट : x अवलम्बित नजिर : x फैसला न्या. मोहनप्रसाद शर्मा : पुनरावेदन अदालत ईलामको मिति २०५१।१।२९।५ को फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं फैसला यस प्रकार छ । २. जग्गाधनी पूर्णबहादुरबाट म कर्मालामुले रु. ९५००।– मा मिति २०४०।२।२१ मा राजिनामा पारित गरी लिएको ताङयूङवा वारी र पूर्णबहादुरबाट म धनवीरले रु. ९४,०००।– मिति २०३९।२।२० गते राजिनामा पारित गरी लिएको जग्गा तथा म हर्कवहादुरले पूर्णवहादुरबाट रु. ९०००।– मा मिति २०३९।१०।६ मा भोगबन्धकी पास गरि लिएको जग्गा रविन्द्रकुमार लिम्बुले आनो थैली रु ३०००।– मा साम्याङवा शेर्पाबाट बुझी लिई मिति २०३९।१०।१४ मा लखपास गरि लिएको हाम्रो हकको समेत प्रतिवादी पूर्णवहादुर, कुमराजको जग्गा भनि देखाई सो जग्गाबाट विगो भराई पाउँ भनि उक्त जग्गा देखाई दरखास्त दिने प्रतिवादी कालीवहादुर भै जालसाजी सर्जमिनको आधारमा डाँक बढाबढ भै बन्धी र राजिनामाको लिखतहरुको वास्तै नराखी डाक सकार गरी गराई यस अदालतबाट यी प्रतिवादीले २०४१।७।२० मा गरिलिएको हाम्रो हकको चलनी पूर्जि बदरगरि पाउँ भन्ने मिति २०४२।१०।२४ को धनविर लिम्बु, साम्याङ शेर्पा, कर्मालमु शेर्पिनी समेतको संयुक्त फिरादपत्र । ३. विवादित जग्गाको विगोको कारवाहीमा मैले दरखास्त दिई अदालतबाट कर्मचारी डोर खटी गई सर्जमिन भई सो सर्जमिनको आधारमा विवादित जग्गा लिलाम बढावढ हुँदा कसैले पनि डाँक बढाबढ नगरेकोले म आफैले उक्त विगो बापत लिलाम डाक सकार गरी अदालतको मिति २०४१।७।२० गतेको चलानी पूर्जी पाएको हुँ मैले कानूनको रीत पुर्‍याई चलानीपूर्जि पाएको हुँदा सो चलानी पूर्जि बदर हुनुपर्ने होइन, तसर्थः उक्त चलानी पूर्जि बमोजिमको विवादित जग्गाहरु भोगी खान मेरै सदरथामी पाउँ भन्ने प्रतिवादी कालीवहादुर लिम्बुको मिति २०४३।१।३।४ को प्रतिउत्तर पत्र । ४. यिनै वादी प्रतिवादी भएको फौ.दा.नं. ४७६।१६८ को जालसाज मुद्दा जालसाज नठहरी आजै फैसला भएकोले चलानी पूर्जि बदर गरी पाउँ भन्ने वादी दावी पुग्न सक्तैन भन्ने ताप्लेज