निर्णय नं. ६६४३ - लिखत र दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६४३ - लिखत र दर्ता बदर भाग: ४० साल: २०५५ महिना: चैत्र अंक: १२ फैसला मिति :2054/09/16 २६१३ निर्णय नं. ६६४३ २०५५, ने.का.प. अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने सम्बत् २०५० सालको दे.पु.नं. ... २२७३ फैसला मिति : २०५४।९।१६।४ मुद्दा : लिखत र दर्ता बदर । निवेदक/वादी : जिल्ला झापा सुरुङ्गा गाउँ विकास वडा नं. ८ सुकेडाँगी बस्ने टिका बल्लभकी छोरा वर्ष १५ को नावालक प्रपन्न अधिकारी समेत विरुद्ध विपक्षी/प्रतिवादी : भक्त बत्सलको पत्नी जिल्ला मोरङ विराटनगर उप महानगरपालिका वडा नं. ५ बस्ने रमा दाहाल समेत § सगोलको सम्पत्तिबाट खरिद गरेको भन्ने कुराको प्रमाण वादी पक्षबाट पेश हुन सकेको छैन । प्रतिवादी उर्मिलाले आनो नाम दर्ताको जग्गा लोग्ने साक्षी राखी मिति २०४५।२।३१ गतेमा प्रतिवादी रमा दाहाल लाई बक्सपत्र गरी दिएको देखिन्छ । उक्त मिति २०४५।२।३१ गतेको बक्सपत्रको लिखत बदर गराउन मिति २०४७।२।३० मा दान बक्सको ५ नंं को हदम्यादको कायम गरी फिराद परेकोमा लेनदेन व्यवहारको १० नं. मा सगोलको अंशियार मध्ये कसैले आनो समेत हक लाग्ने सम्पत्ति राजिनामा वा कुनै व्यहोराले हक छोडी दिएको अवस्थामा आनो हक जतिमा रजिष्ट्रेशन पास भएको एक वर्षसम्म थाहा पाएको ३५ दिन भित्र उजुर गर्नु गर्ने कानूनी व्यवस्था देखिन्छ । उक्त कानूनी व्यवस्था बमोजिम मिति २०४५।२।३१ गतेमा उर्मिलाले रमा दहाललाई दानबक्सको लिखत रजिष्ट्रेशन गरी हक हस्तान्तरण गरेको अवस्थामा लेनदेन व्यवहारको १० नं. को हदम्याद भित्र वादीको फिराद परेको देखिँदैन । तसर्थ उल्लेखित आधारहरु समेतबाट फिराद दावी पुग्न नसक्ने ठहर्याएको शुरु मोरङ जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको देखिदा सदर हुने । (प्र.नं. ५) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादव खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री पवन कुमार ओझा अवलम्बित नजिर : x फैसला न्या. लक्ष्मणप्रसाद अर्याल : पुनरावेदन अदालत, विराटनगर मिति २०४९।१२।१ मा भएको फैसला उपर चित्त नबुझी यस सर्वोच्च अदालतबाट मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. प्रतिवादी उर्मिला अधिकारी बुहारी हुन जिको पति समेतको हामी फिरादी ७ अंशियार रहि सगोलमा बसी आएका छौं । पैतृक सम्पत्तिबाट जग्गा खरिद गरी बुहारी भए अनुसार दफा ६ र ७ बमोजिम कुनै कुरा अनुमान गर्न अदालत कुनै प्रमाण बुझ्न पर्दैन भन्ने समेत प्रष्ट व्यवस्था भएकोदेखिन्छ । विपक्षी उर्मिलाको नाम दर्तामा रहेको विवादित जग्गा विपक्षी उर्मिलाले दान बक्सको १ नं. अनुसार आनो खुस गर्न पाउने सम्पत्ति हो भनी प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार विपक्षीले प्रमाणबाट पुष्टि गर्न सकेकी छैन । सो सम्पत्ति हामी निवेदकहरु सवैको बरावर अंश हक लाग्ने संगालको सम्पत्ति हो भन्ने कुरा प्रष्ट छ र त्यस्तो अवस्थामा हामी हक पुग्ने अंशियारहरुको मन्जुरकिो लिखत नलिई र हामीहरुलाई साक्षी पनि नराखी विपक्षी रमा दाहाल लाई विपक्षी उर्मिलाले दान बक्स गरी दिएको खित दान बक्सको १ नं. विपरित हुने गरी ब्याख्या गरी निर्णय गरिदा न्यायदातामा न्यायिकमनको अभाव रहेको छ भन्ने प्रष्ट भएको छ । मुलुकि ऐन दानबक्सको ५ नं. अनुसार निद नहुने दान बक्स दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले २ वर्ष भित्र अर्थात बक्सपत्र पास भएको मितिले २ वर्ष भित्र नालेस गर्नुपर्ने भनी प्रष्