निर्णय नं. ६६४४ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६४४ - निषेधाज्ञा भाग: ४० साल: २०५५ महिना: चैत्र अंक: १२ फैसला मिति :2054/12/05 २६३४ निर्णय नं. ६६४४ ०५५, ने.का.प. अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्बत २०५३ सालको दे.पु.नं. .... ३७४७ आदेश मिति : २०५४।१२।५।४ मुद्दा : निषेधाज्ञा । पुनरावेदक/निवेदक : जनकपुर अंचल धनुषा जिल्ला जनकपुर नगरपालिका वडा नं. ११ बस्ने राम किसुन मण्डल विरुद्ध प्रत्यर्थी/विपक्षी : जनकपुर अंचल धनुषा जिल्ला अन्तर्गत जनकपुर नगरपालिका कार्यालय जनकपुर धाम § कुनै नागरिकको निर्विवाद सम्पत्तिमा अर्को व्यक्तिद्वारा आघात पार्ने आशंकाको स्थिति विद्यमान भएको अवस्थामा सो रोकी पहिले जुन अवस्थामा जुन चिज थियो सोही अवस्थामा रहन दिन निषेधाज्ञाको आदेश जारी हुने हो । प्रस्तुत मुद्दामा निवेदकको हक स्वामित्व नै नभएको जग्गामा पसल राखि आएकोमा जनकपुर नगरपालिका कार्यालयबाट पसल हटाउनु भनी पत्र लेखेको कार्यबाट निवेदकको नागरिक अधिकार ऐन, २०१२ अन्तर्गतको सम्पत्ति भोग गर्ने अधिकारमा कानून विपरित आघात पुर्‍याउने आशंका भएको भन्न सकिने अवस्था नदेखिँने । (प्र.नं. ८) पुनरावेदक तर्फबाट : x प्रत्यर्थी तर्फबाट : x अवलम्बित नजिर : x फैसला न्या. कृष्णजंग रायमाझी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त उतार र ठहर यस प्रकार छ । २. जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. ११ महाविर मन्दिर र सोहि मन्दिर र देखि दक्षिण कुटि देखि पूर्व सडक देखि पश्चिम र वाटो देखि उत्तर यति चार किल्ला भित्रको जग्गामा तत्कालीन जनकपुर नगर पंचायतबाट २०४२ साल श्रावण ३० गते चिया चमेनाको विक्री गर्न इजाजत पत्र लिई सोही वखत देखि नै चिया पसल थापि गुजारा गरि आएको पसल हो । सो पसल राखेको जग्गालाई जि. धनुषा ठेरा कचुरी गा.वि.स. वडा नं. ९ बस्ने जगदेवले मेरो नम्बरी जग्गा हो । सो जग्गामा विपक्षीले घर बनाएकोले घर उठाई चलन चलाई पाउँ भन्ने २०४८ सालको दे.नं. १०४१ को घर उठाई खिचोला चलन मुद्दा दिएकोमा मैले आनो उक्त व्यहोराकै प्रतिवाद गर्दा आखिर वादी दावी नपुग्ने गरि धनुषा जिलला अदालतबाट भएको मिति ०४९।३।३ गते को फैसलामा विपक्षी जगदेव झा को पुनरावेदन पर्दा शुरु फैसला सदर हुने ठहरी पुनरावेदन अदालत जनकपुर बाट मिति ०५०।५।२ मा फैसला हुन गयो । उक्त फैसला अन्तिम अन्तिम हुन गएको यस्तो स्थितिमा सो जग्गामा मैले निर्विवाद रुप्मा चिया पसल थापि उपभोग गर्दै आइरहेको घर पसल भएकोमा जग्गा सम्बन्धमा ७ दिन भित्र उपस्थित हुन आउनु भनि विपक्षी कार्यालयबाट मेरो नाउँमा म्याद जारी भएकोमा सो म्यादमा उपस्थित हुन नसकेपनि आनो व्यहोरा खुलाई ०५१।१२।७ गतेमा निवेदन दर्ता गराएको सोही कार्यालयमा छ । हालमा आएर घर हटाउने कार्य नगर्नु भन्ने अन्तरिम आदेश जारी भै निषेधाज्ञाको आदेश समेत जारी गरि पाउँ भन्ने समेत व्यहोराको राम कसुन मण्डलको निवेदन पत्र । ३. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो जारी हुन नपर्ने कुनै कारण भए बाटोको म्याद बाहेक १५ दिन भित्र आफै वा आनो प्रतिनिधि वा कानून व्यवसायी मार्फत लिखित जवाफ लिई उपस्थित हुन भनि विपक्षीका नाउँमा म्याद पठाउनु भन्ने समेत पुनरावेदन अदालत जनकपुरको एक न्यायाधीशको इजलासबाट मिति २०५२।२।२४ मा भएको आदेश । ४. नगरपालिकाले विपक्षीले गर्ने गरेको कुनै रोजगार पेशा वा उद्योग व्यापारमा हस्तक्षेप गर्ने गरेको छैन । विपक्षीले जनकप