निर्णय नं. ६६४५ - हकसफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६४५ - हकसफा भाग: ४० साल: २०५५ महिना: चैत्र अंक: १२ फैसला मिति :2054/08/03 २५८२ निर्णय नं. ६६४५ ०५५, ने.का.प. अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने सम्बत २०५२ सालको दे.पु.नं. ३२७७ फैसला मिति : २०५४।८।३।३ मुद्दा : हकसफा । पुनरावेदक/वादी : जि. इलाम लुम्दे गा.वि.स. वा.नं. ७ बस्ने चन्द्रवहादुर दर्लामी विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ऐ ऐ बस्ने विष्णुबहादुर दर्लामी मगर समेत § प्रतिवादीहरुले वादी दावीको कि.नं. १२९ र २६० को बीचमा बाटो पर्ने र सीमाना समेत नजोडिएकोमा सन्धी सर्पन पर्ने हैन भनी कारण सहित निखन्न दिन इन्कार गरेको स्थितिमा मुलुकी ऐन, राजिष्ट्रेशनको ३५(२) नं. अनुसार ३५ दिन भित्र नालेश गर्न जानु भनी सुनाई दिनु पर्ने देखिन आउँछ । उक्त कानूनमा भएको व्यवस्था अनुसार रजिष्ट्रेशन भएको लिखत वा अड्डामा रहेको श्रेस्तावाटै निखन्न दिनु पर्ने देखिएकोमा मात्र मालपो कार्यालयले निखनाई दिन सक्ने गरी फैसला गर्न सक्छ । तर श्रेस्ताबाट त्यस्तो नदेखिएकोमा र निखन्न दिनु पर्ने नपर्ने भन्ने सम्बन्धमा विवाद भएमा सो सम्बन्धमा प्रमाण बुझी इन्साफ गर्ने अधिकार सम्बन्धित अदालतलाई मात्र हुने हुँदा रजिष्ट्रेशनको ३५(२) नं. अनुसार ३५ दिन भित्र अदालतमा उजुर गर्न जानु भनी वादीलाई सुनाउन मिसिल मालपोत कार्यालय इलाममा पठाउने ठहर गरी पुनरावेदन अदालत इलामले गरेको फैसला मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र.नं. ९) पुनरावेदक तर्फबाट : विद्वान अधिबक्ता श्री बलबहादुर राई प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री गुरु प्रसाद जोशी अवलम्बित नजिर : x फैसला न्या. गोविन्दबहादुर श्रेष्ठ : पुनरावेदन अदालत इलामको मिति ०५२।३।२६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन सहितको मिसिलको संक्षिप्त विवरण यस प्रकार छ । २. तुलारामको नाती नरवहादुरको छोरा कुलबहादुर मगरको नाउँमा दर्ता रहेको लुम्दे ७(ख) कि.नं. १२९ को ज.रो. १–१५–३–० जग्गा र मेरो नाउँमा दर्ता रहेको लुम्दे ७(क) कि.नं. २६० को ज.रो. १–१०–३–० जग्गा साध सिमाना जोडिएको र मेरो सन्धी सर्पन समेत पर्ने र म हकवाला समेत भएकोमा मलाई कुनै जानकारी नै नदिई मिति ०५०।९।१८ मा अन्य ब्यक्ति विष्णुबहादुर दर्लामीलाई राजिनामा पास गरि दिएको हुादा उक्त जग्गा मेरो सन्धिसर्पन गर्ने र म हकवाला समेत भएकोले हक सफा गरि पाउँ भन्ने तुलारामको नाती सर्वजितको छोरा वादी चन्द्रवहादुर दर्लामी (मगर) को मिति ०५०।१२।२३ को फिराद दावी । ३. फिरादीले दावा गरेको लुम्दे कि.नं. १२९ र लुम्दे कि.नं. २६० को जग्गा एउटै चक्लाको जग्गा होइन र उक्त जग्गा वादीको सन्धी सर्पन समेत पर्दैन । यसरी वादी दावीको जग्गा एकै सिमानामा पर्ने जग्गा नभएको र वादीको सन्धीसर्पन समेत नगर्ने हुँदा झुठाबाट फुर्सद दिलाई पाउँ भन्ने लुम्दे ७ बस्ने विष्णुबहादुर दर्लामीको मिति ०५१।१।२२ को प्रतिवादी दावी । ४. कार्यालयमा रहेको श्रेस्ता र नक्सा समेतबाट वादी चन्द्रवहादुर दर्लामी र प्र. कुलबहादुर मगर एकै बाजे तुलारामको नाती देखिएको वादी दावी अनुसार लुम्दे वाड नं. ७ (ख) कि.नं. १२९ को विवादित जग्गाको उत्तर तर्फ बाटो र सो को उत्तरतर्फ वादी दर्ताको वार्ड नं. ७(क) कि.नं. २६० परि वाटो आम्ने साम्ने जग्गा भएको हुँदा वादी सन्धिसर्पन समेत पर्ने देखिन आएकाले वादी चन्द्रवहादुर दर्लामीको नाउँमा विवादित कि.नं. १२९ को जग्गा हक सफा ह