निर्णय नं. ६६४६ - ठगी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६४६ - ठगी भाग: ४० साल: २०५५ महिना: चैत्र अंक: १२ फैसला मिति :2054/12/10 ३४९६ निर्णय नं. ६६४६ ०५५, ने.का.प. अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्बत् २०५३ सालको फौ.पु.नं. १५५५ फैसला मिति : २०५४।१२।१०।२ मुद्दा : ठगी । पुनरावेदक /वादी : जिल्ला मकवानपुर हेटौडा नगरपालिका वार्ड नं. २ बस्ने बुद्धिराज वर्तोला । विरुद्ध विपक्षी/प्रतिवादी : जिल्ला मकवानपुर हाँडीखोला गा.वि.स. वार्ड नं. ५ घर भै हाल ऐ ऐ बस्ने शिवनाथ बर्तोला । § तिर्नुपर्ने रकम नतिरेको वाँकी राखेको अवस्थाले ठगीको १ नं. मा उल्लेखित पारिषाभा अनुसार धोका दिई झुक्याई गफलतमा पारी ठगी गरेको भन्न मिल्ने अवस्था देखिदैन । पुनरावेदक र प्रत्यर्थी वीच लेनदेन व्यवहारमा भुक्तानी लिएको अवस्था देखिन्छ । व्यापारिक कारोवार वापत चेक पठाएकोमा खाता रोक्का भएको कारणले भुक्तानी हुन नसकेकोमा ठगीको महल अन्तर्गत भुक्तानी हुन नसकेकोमा ठगीको महल अन्तर्गत कारवाही चल्न सक्ने अवस्था नदेखिँने । (प्र.नं. १०) पुनरावेदक तर्फबाट : विद्वान अधिबक्ता श्री अर्जुनप्रसाद लम्साल विपक्षी तर्फबाट : x अवलम्बित नजिर : x फैसला न्या. उदयराज उपाध्याय : पुनरावेदन अदालत हेटौडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यसप्रकार छ । २. विपक्षी शिवनाथ बर्तोलाले मिति २०४६।५।२५ गते देखि पटक पटक विभिन्न रकम आनो ठेक्का कारोवार संचालनको लागि म संग जम्मा रु २२,०००।– लिएको मा दिन आलटाल गर्नु भएको र मिति २०४६।९।२३ का दिन निज समक्ष गई मलाई भाखा पत्र गरी दिनुहोस नत्र रकम फिर्ता गर्नुहोस भन्दा मैले तिर्नुपर्ने रकम आज चुक्ता गरि दिन्छु भनी दराजबाट चेक काटी भुक्तानी लिनुस भन्नुभयो । चेक लगी बैंकमा जाँदा खातामा रकम अपुग छ भनि वैंकले मौखिक जवाफ दिएकोले चेक फिर्ता लिई फर्किए, निज समक्ष गई चेक भुक्तानी गनुृहोस भन्दा आलटाल गरी बेइमानी नियम लिई लुकिछिपि हिडन थालेकोले निजलाई भेटि रकम चुक्ता गर्नुहोस भन्दा निजले पुनः चेक काटी दिएबाट विश्वासमा परी चेक लिई बैंकमा जाँदा खाता रोक्का भएको भन्ने व्यहोरा चेकको पिठमा जनाई दिएबाट चेकमा उल्लेख गरिएको खाता निजको नभई प्रा.ली. को नामको खाता भएको र त्यो पनि रोक्का रहेकोले विपक्षीले मलाई ठगी नै गरेको व्यहोरा सिद्ध हुन आएकोले सम्मानित अदालत समक्ष वाध्य भै फिराद दायर गरेको छु । मलाई झुक्याई गलफतमा पारी रुपैया नदिई विपक्षीहरु आपसमा मिली ठगीको १ नं. र २ नं. विपरीत कसूर अपराध गरेकोले ठगीको ४ नं. बमोजिम विगो रु २२,०००।– विपक्षीहरुबाट दिलाई भराई हदैसम्म सजाय गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. वास्तविक कुरो के हो भने मिति २०४६।३।२३ मा टि.सि.एन. हेटौडामा चौकोस निर्माण बनाउने कार्य साप कन्स्ट्रक्सनका प्रो. श्रीमती अम्बिका वर्तोलाले पाउने टि.सि.एन. ले दिएमा साप कन्स्ट्रक्सन प्रा.लि. ले मिलि काम गर्ने र सो काम मिलाउन निज बुद्धिराज बर्तोलाले सहयोग गरे वापत पार्टनरशिप वापत रु २२,०००।– पाउने सल्लाह गरी साक्षीको रोहवरमा निजलाई चेक काटी दिएको हो । उक्त चौकोस बनाउने काम टि.सि.एन. साप कन्स्ट्रक्सनलाई दिएको खण्डमा निजलाई उक्त रु २२,०००।– दिनु पर्ने नत्र चेक निजले फिर्ता गर्नुपर्ने सल्लाह भए अनुसार चेक काटेर दिएको हो निजले खास पाउनुपर्ने रकम नभएकोले जानी जानी फर्मको छाप नलागेको चेक लिएको र निजको र निजल नै ठगी ग