निर्णय नं. ४९७४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९७४ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: पौस अंक: ९ फैसला मिति :2051/04/10 ३३०३ निर्णय नं. ४९७४ २०५१, ने.का.प. अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्बत् २०४९ सालको रिट नं. ३१३८ आदेश मिति : २०५१।४।१०।२ विषय : उत्प्रेषण निवेदक : जि. काठमाण्डौं का.न.पा. वडा नं. ९ बस्ने वर्ष ६९ को नरेन्द्र बहादुर के.सी. । विरुद्ध विपक्षी : मालपोत विभाग । मालपोत कार्यालय, काठमाण्डौं । § जग्गा नापा जाँच ऐन, २०१९ को दफा ७(३) मा “पुनः नापाजाँच भएको क्षेत्रमा साविक नाप जाँचबाट देखिएको सरकारी वा सार्वजनिक जग्गाको क्षेत्रफललाई कायमै राख्दा कुनै जग्गाको क्षेत्रफल घटी वा बढी देखिन आएमा सोही बमोजिमको जग्गाको क्षेत्रफल सम्बन्धित जग्गा धनीको नाउँमा कायम गरिनेछ” भन्ने कानूनी व्यवस्था रहेको छ । निवेदकको पशुपति सदावर्त गुठीको मोहीको हैसियतले जग्गा धनी स्वामित्वमा कुनै विवाद नहुँदा गुठी जग्गा रैतान नम्बरीमा दर्ता गर्ने सम्मको दावीमा परिपत्रको आधारमा जग्गा दर्ता गर्न इन्कार गरेको मालपोत कार्यालय काठमाण्डौंको काम कारवाही त्रुटीपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । निवेदकको माग बमोजिमको जग्गा रैतान नम्बरीमा दर्ता गरी दिनु भनी मालपोत कार्यालय काठमाण्डौंका नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शुशील कुमार पन्त विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलि अकबर मिकरानी अवलम्बित नजिर : x आदेश न्या. सुरेन्द्र प्रसाद सिंह : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ : २. मेरा दाता केशर बहादुर समेतले २००१।१।१ मा श्याम कृष्ण खत्री क्षेत्रीबाट राजिष्ट्रेशन पास गरी लिएको काठमाण्डौं गुठी तहसिल अड्डामा मोहियानी दर्ता भएको सो गुठी अड्डामा पशुपतिनाथ सदावर्त गुठी तर्फ सालको धान १।१९ चा.ठे. ।५ समेत तिर्नु पर्ने श्री पशुपतिनाथ सदावर्त गुठी ७।१ को खेत रोपनी १–१०–३ रसिदमा जनिएको घर जग्गा मध्ये साल १ को धान ।१२। चाठे ५ तिर्नु पर्ने ऐ समेत रोपनी ०–८–० न निवेदकले ०३२।१२।१२ मा र.नं. २४१४ बाट रजिष्ट्रेशन पास गरी खरिद गरी लिई मेरो दर्ता भोग चलनमा रहेको, त्यसपछि नापी भई मलाई दाताले दिई वाँकी रहेको उक्त जग्गा का.जि. बत्तिसपुतली गा.पं. वडा नं. १ कि.नं. १८३ को क्षेत्रफल ०–४–३–० मध्येबाट ०–१–२ जग्गा ०४२।१०।२० मा र.नं. क. ६१८७ बाट हालैको बकसपत्र लेखिदिएको जग्गाहरु नापीमा कि.नं. ९९८ कि.नं., १०१ कायम भएको, २०३९।६।८ मा र.नं. १८४९ बाट हा.व. गरी दिने दुर्गामान सिंह बस्नेत लिने म निवेदक भई सोही गुठीको ऐ. ऐ. को कि.नं. २८ को क्षेत्रफल ०–१–३ समेत सम्पूर्ण मिलाई का.जि.का.न.पा. वडा नं. ९ को कि.नं., ९९ मा क्षेत्रफल ०–१३–१–१ र ऐ. ऐ. कि.नं. १०१ मा क्षेत्रफल ०–१–२–१ कायम गरी नापी भएपछि गरवढी हुन आएको ०२१ साल देखि ०४७ साल सम्मको वड तिरो लिई श्रेस्ता कायम गरी तिरो भरी गरी भोगी आएको सो जग्गा रैतान नम्बरीमा परिणत गर्न गुठीले पाउनु पर्ने रकम लिई मेरा नाउँमा रैतानमा दर्ता गर्ने ०४९।७।९।४ मा निर्णय समेत गरी रेतान नम्बरीको ज.ध.द.प्र.पु. म निवेदकले पाउने भएकोले दिनु भनी मालपोट कार्यालय काठमाण्डौंका नाउँमा ०४९।७।१९ मा पत्र पठाएको, मालपोत कार्यालय काठमाण्डौंले मे.ना.शा.का. लाई उक्त कि.नं. १०१ र ९९ मा कुलो पर्ति सडकको जग्