निर्णय नं. ४९७५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९७५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ३६ साल: २०५१ महिना: पौस अंक: ९ फैसला मिति :2051/06/05 २७६३ निर्णय नं. ४९७५ २०५१, ने.का.प. अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्बत् २०५० सालको रि.नं. ३२७२ आदेश मिति : २०५१।६।५।४ विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ । निवेदक : कास्की जिल्ला पोखरा नगरपालिका वडा नं. २ घर भई पोखरा नगरपालिका अन्तर्गतको विजयपुर कर डिपो कार्यालयको डिपो इन्चार्ज पदबाट गैरकानूनी रुपमा वर्खास्त गरिएका स.ई. हरिविक्रम राणा । विरुद्ध विपक्षी : विशेष प्रहरी विभाग, डोर मुकाम कास्की पोखरा मार्फत विशेष प्रहरी विभाग । प्रमुख, पोखरा नगरपालिका कार्यालय । कार्यकारी अधिकृत, पोखरा नगरपालिका कार्यालय । § नगरपालिकाको कर्मचारीलाई लोक सेवाको सामान्य सिद्धान्त लागू हुन सक्ने कतैबाट देखिँदैन । आफ्नो छुट्टै सेवा शर्त सम्बन्धी नियम बमोजिम कर्मचारीहरु उपर कारवाही गर्नुपर्ने हुन्छ । अतः यसमा कर्मचारीको सेवा शर्त सम्बन्धी नियमको अभावमा लोक सेवा आयोगको सामान्य सिद्धान्तको आधारमा गरेको निर्णय मिलेको नदेखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ९) निवेदन तर्फबाट : विद्वान अधिवक्ता श्री हरि प्रसाद उप्रेती विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कृष्ण राम श्रेष्ठ अवलम्बित नजीर : x आदेश न्या. सुरेन्द्र प्रसाद सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त ब्यहोरा यस प्रकार छ : २. नगरपालिकाले खटाए बमोजिम म नगरपालिका अन्तर्गतकै विजयपुर कर डिपोको डिपो इन्चार्ज पदमा कार्यरत रहेको, विशेष प्रहरी विभाग डोर मुकाम कास्कीले सो डिपो कार्यालयमा भएको रकम हिनामिना र भ्रष्टाचारको सम्बन्धमा जाँचबुझ गर्दा तहशिलमा जम्मा हुनु पर्ने मौज्दात रु ९४,३५३।७५ हुनु पर्नेमा रु ८३,११६।२५ मात्र भई ११,२३६।७५ हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद २ अनुसारको कसुर गरेको भनी विशेष प्रहरी अधिकृतले मलाई हिरासतमा समेत राखी ०४६।६।२९ को पत्र बमोजिम म उपर नगरपालिका कर्मचारी सेवा शर्त नियमावली अनुसार १ महिना भित्रै हदसम्मको विभागीय कारवाही भविष्यमा संस्थाको नोकरीको निमित्त सामान्यतः अयोग्य ठहर्ने गरी नोकरीबाट वर्खास्त गरी सो को जानकारी समेत गराउने भनी भ्र.नि. ऐन, २०१७ को दफा २० को उपदफा (३) बमोजिम ०४९।६।२९ को निर्णयानुसार नगरपालिकामा लेखी पठाए बमोजिम नगरपालिका कार्यकारी अधिकृतले मसंग २ वटा स्पष्टीकरणहरु सोधी तीनको जवाफ दिएपछि अन्ततः नोकरीबाट बर्खास्त गर्ने निर्णय गरी सो निर्णय उपर चित्त नबुझे नगरपालिकाका प्रमुख समक्ष पुनरावेदन गरी कारवाही हुँदा तपाईंलाई अयोग्य ठहरिने गरी गरेको निर्णयलाई मात्र बदर गरी अरु सजाय यथावत कायम राख्ने गरी बदर भई ०४९।११।१० मा निर्णय भई सकेकोले जानकारी गराईन्छ भनी मैले जानकारी गोको आधारमा जवाफ दिइयो । ३. मैले विजयपुर कर डिपोको तहविलमा जम्मा गर्नुपर्ने मौज्दात जम्मा गर्नुपर्ने ७ दिनको अवधि वाँकी नै रहेको अवस्थामा आफ्नो जिम्माको तहविल मध्येबाटै पछि हिसाव मिलाउने गरी कार्यालयका कर्मचारीलाई विभिन्न भत्ता वापतको खर्च गर्न दिएको र म माथिको लेखा अधिकृतले मेरो जिम्मको उक्त धरौटी रकम मध्ये बाट रु ५,०००।– छोटो समयको लागि माग्नु भएकोले तुरुन्तै फर्काउने शर्तमा दिएको, दाखिला गर्ने म्याद वाँकी रहँदा रहँदै म उपर