निर्णय नं. ४९७६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९७६ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: पौस अंक: ९ फैसला मिति :2051/06/18 २६०६ निर्णय नं. ४९७६ २०५१, ने.का.प. अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्बत् २०५० सालको रि.नं. २९३४ आदेश मिति : २०५१।६।१८।३ विषय : उत्प्रेषण । निवेदक : का.जि.का.न.पा. वडा नं. २ लाजिम्पाट बस्ने वर्ष ३६ को कृष्ण बहादुर कुँवर विरुद्ध विपक्षी : विशेष प्रहरी विभाग मालपोत कार्यालय काठमाण्डौं काठमाडौं जिल्ला अदालत वागमती अंचल यातायात व्यवस्था कार्यालय काठमाण्डौं रा.वा.वैक भोटाहिटी शाखा कार्यालय काठमाण्डौं । § निवेदक उपरका भ्रष्टाचार मुद्दाहरु अदालतमा दायर भइसकेको अवस्थामा विशेष प्रहरी विभागबाट अनुसन्धानको सिलसिलामा रोक्का राखेको सम्पत्ति रोकका रहिरहन सक्ने अवस्था देखिएन । साथै विशेष प्रहरी विभागलाई निवेदकको समपत्ति रोक्का राख्न पाउने अधिकार कुनै कानूनले प्रदान गरेको नपाइने । (प्र.नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री तारा बहादुर सिटौला विपक्षी तर्फबाट : x अवलम्बित नजिर : x आदेश न्या.सुरेन्द्र प्रसाद सिंह :– नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एव निर्णय यस प्रकार छ । २. विशेष प्रहरी विभागले रा.वा. वैंक फर्पिङ शाखाका तत्कालीन मेनेजर मोहन कृष्ण गुरुङ र म समेत व्यक्तिलाई बैंकलाई हानी नोक्सानी हुने गरी लगानी गरेको भनी भ्रष्टाचारको अभियोग लगाई मेरो र मेरा परिवार राम बहादुर कुँवर, माधवी कुँवर, गिता कुँवर समेतका नाममा रहेको चलअचल सम्पूर्ण सम्पत्ति रोक्का राख्ने निर्णय गरी सम्बन्धित कार्यालयमा पत्र लेखी रोक्का गरिएको छ । म उपर विभिन्न मुद्दा लगाई का.जि.अ. मा मुद्दा दायर भई त्यहाँबाट अलग अलग मुद्दामा धरौटी स्वरुप रकम राख्न लगाई तारेखमा रिहा गरिएको छ । जि.अ. बाट आदेश भई मैले व्यहोर्नु पर्ने दायित्व वहन गरि सकेपछि वि.प्र.वि.बाट सवै सम्पत्ति रोक्का राखी राख्नु न्यायसंगत नभएको र वि.प्र.वि. समेतका विपक्षी कार्यालयमा रोक्का सम्पत्ति फुकुवा गरी पाउँ भनी निवेदन गर्दा कहिबाट पनि फुकुवा गरिएन । उपरोक्त म समेत सवै परिवारको सम्पत्ति रोक्का राखी राख्ने कारवाहीबाट मेरो नेपाल अधिराज्यको संविधानको धारा १२(३) ङ, १४, १७ द्वारा प्रदत्त हकमा आघात परेको छ । तसर्थ मेरो र मेरो परिवारको नाममा रहेको सम्पत्ति रोक्का राख्ने गरी वि.प्र.वि. बाट ०४८।१२।११ मा मालपोत कार्यालय काठमाण्डौं, भक्तपुर ललितपुरलाई लेखेको पत्र, ०४९।१।२० को मेरो वा.अं.म ९५९५ को मोटरसाइकल रोक्का राख्ने अंचल यातायात व्यवस्था कार्यालयलाई लेखेको पत्र, ०४८।१२।१० को रा.वा.वैक भोटाहिटी शाखामा मेरो कृष्ण पश्वीना उद्योगको नाममा संचालित चल्ती खाता नं. ४३५ को रोक्का राख्ने पत्र तथा तत्सम्बन्धी सम्पूर्ण निर्णय तथा काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी सम्बन्धित निकायलाई रोक्का रहेको सम्पूर्ण सम्पत्ति फुकुवा गरी दिनु भन्ने परमादेशको आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन । ३. निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरुबाट लिखित जवाफ मगाई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासबाट भएको मिति २०५०।८।२७।१ को आदेश । ४. विशेष प्र. वि. बाट मिति ०४८।१२।११ मा सम्पत्ति रोक्का राख्नु भनी पत्र पठाएको र सो रोक्का राख्ने काम कर्तव्य यस कार्यालयको भएकाले रोक्का राखिए