निर्णय नं. ४९७८ - नामसारी दर्ता बदर समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९७८ - नामसारी दर्ता बदर समेत भाग: ३६ साल: २०५५ महिना: पौस अंक: ९ फैसला मिति :2051/05/20 ३९३८ निर्णय नं. ४९७८ २०५१, ने.का.प. अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्बत् २०४४ सालको दे.पु.नं. – ५६९, ७०३ फैसला मितिः २०५१।५।२०।५ मा । मुद्दा : नामसारी दर्ता बदर समेत । निवेदक/ प्रतिवादी : का.जि. का.न.पा. वडा नं. २५ शुक्रपथ बस्ने रत्नमान सिंह तुलाधर । विरुद्ध विपक्षी/वादी : ऐ. ऐ. बस्ने सिद्धिमान सिंह तुलाधर । पुनरावेदक/वादी : का.जि. का.न.पा. वडा नं. २५ बस्ने सिद्धिमान सिंह तुलाधर । विरुद्ध विपक्षी/प्रतिवादी : ऐ. ऐ. बस्ने रत्नमान सिंह तुलाधर । § नापीमा मोहीले भूलले जग्गा मेरो नाममा दर्ता गराएको भएपनि सो जग्गा तिम्रो भोग चलनको हुँदा तिम्रो नाममा दर्ता गरी दिनेछु भन्ने शर्तनामाको उक्त व्यहोराबाट प्रतिावदी रत्नमान सिंह तुलाधरको नामा दर्ता रहेको जग्गा वादीको नाममा नामसारी दर्ता गरी दिने भन्ने देखिन आउने तर एक त आपसी ब्यवहार मिसाउने सिलसिलामा जे जस्तो समझदारी भएपनि यसरी एकाको नाममा दर्ता रहेको जग्गा अर्को व्यक्तिको नाममा नामसारी दर्ता गरि दिने भन्ने कुरा निसन्देह कानून बमोजिमको लिखत गरी हक छाडी नदिएसम्म सो कार्यान्वित हुन सक्ने देखिँदैन । अर्थात विवादित हक हस्तान्तरणको लिखत बेगर यस्तो ब्यहोराको शर्तनामाको कागजको आधारमा मात्र सो नामसारी दर्ता गर्न मिल्ने देखिन नआउने । (प्र.नं. २६) § फिरादमा करार ऐन, २०२३ को दफा १०, १३,१५ र १८ अन्तर्गत समेत फिराद गर्न आएको छु भन्ने उल्लेख भएबाट उल्लेखित शर्तनामा कागजको प्रकृतिलाई पनि निहाली हेर्नु पर्ने हुन आएको छ । मुलुकी ऐन लेनदेन ब्यवहारको साविक ३७ नं. लाई खारेज गरेको भएबाट करार ऐन, २०२३ आएपछि भने सोही बमोजिम नै करारको लिखत भएको हुनु पर्ने स्पष्ट देखिने र प्रस्तुत २०३७ सालमा गरी दिएको भनेको कागजमा रत्नमान सिंह तुलाधरले आफ्नो नाममा दर्ता रहेको जग्गामा सिद्धिमान सिंहलाई दर्ता गरी दिनेछु तथा सो नदिने भएमा हर्जाना दिनेछु भनी लेखिएको देखिन्छ । यस प्रकार प्रतिफल विना नै एउटाले अर्कोलाई एक पक्षीयरुपमा यस्तो अचल सम्पत्तिको हक छाडी दिने समेतको कुरा करार ऐन, २०२३ बमोजिम भएको भन्न मिल्न देखिन नआउने । (प्र.नं. २६) § शर्तनामाअनुसार पनि जग्गा दर्ता गराउन मिल्ने भन्न चक्रबहादुर मेरो मु.स. गर्ने महन्थसिंह ठकुरी विरुद्ध शेखरनाथ आचार्य समेत भएको मुद्दामा सर्वोच्च अदालत फुलबेन्चबाट नि.नं. १६५३ ने.का.प. २०४० पृ. १६५ मा भएको निर्णयमा सिद्धान्त प्रतिपादित भएको भन्ने वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले जिकिर गर्नु भएकोमा पनि मुलुकी ऐन लेनदेन ब्यवहारको साविक ३७ नं. बहाल रहेको अवस्थामा सो नजिरको मुद्दामा लिखत पनि २०१७ सालको भन्ने भएको तर ३७ नं. लाई खारेज गरी करार ऐन, २०२३ आएपछिको २०३७ सालको शर्तनामा कागजको सम्बन्धमा सो नजीर सान्दर्भिक देखिन नआउने । (प्र.नं. २६) § वादी पक्षबाट देखाएको तीर्थराज कुमारी राणा विरुद्ध राम शंकर श्रेष्ठको अर्को मुद्दामा यस्तो प्रकारको लिखत रजिष्ट्रेशन गरी दिनु पर्ने भन्न सिद्धान्त प्रतिपादन भएको भन्ने सम्बन्धमा पनि सो मुद्दामा मिति २०३४।४।१३ को लिखतको प्रश्न भएको र मुलुकी ऐन (सातौ संशोधन) मिति २०३४।९।२७ मा लागु हुनु भन्दा पूर्वको लिखतका सम्बन्धमा प्रतिपादित भएको सिद्धान्त यो २०३७ सालको शर्तनामा लिखत भएबाट यसमा लाग्न सक्ने देखिन आएन । अर्