निर्णय नं. ४९७९ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९७९ - उत्प्रेषणयुक्त परमादेश भाग: ३६ साल: २०५१ महिना: पौस अंक: ९ फैसला मिति :2051/04/26 ३६५८ निर्णय नं. ४९७९ २०५१, ने.का.प. अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्बत २०४९ सालको रिट नं. २१०४ आदेश मिति २०५१।४।२६।४ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदक : विराटनगर नगरपालिका वार्ड नं. २ बस्ने नेपाल बैक लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरबाट अवकास लिएको जगदिश प्रसाद अधिकारी । विरुद्ध विपक्षी : काठमाण्डौं, नेपाल बैक लिमिटेड प्रधान कार्यालय संचालक । नेपाल बैक लिमिटेड, प्रधान कार्यालयका महाप्रवन्धक । काठमाण्डौं, कर्मचारी प्रशासन वि.ने.बैं.लि. प्रधान कार्यालय । § निवेदनमा यो यति रकम नभनी बाँकी रकमलाई बोनस रकम र कर्मचारी कल्याण कोषमा आखिल भएको रकम समेत दिलाई पाउँ भन्ने दावी हचुवा देखिएकोले त्यसतर्फ रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्र.नं. १०) § खाई आएको तलव रकम र आखिरी तलव रकम भन्नु एकै नभई अलग अलग विषय भएको देखिन आएको र नेपाल राष्ट्र बैंक कर्मचारी नियमावली, २०४७ को नियम ४.१ मा पनि सोही व्यबस्था भएकोमा नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीहरुलाई आखिरी तलवको रकम अनुसार नै निबृत्तिभरण दिने गरी आएको भन्ने निवेदन जिकिरलाई लिखित जवाफबाट सो कुराको केही खण्डन नगर्नुको साथै नेपाल राष्ट्र बैंकतर्फका विद्वान कानून व्यवसायी सिताराम तिवारीले आफ्ना बहसको दौरानमा नेपाल राष्ट्र बैंकले आखिरी तलवलाई कर्मचारीको पदको अन्तिम पेस्केल मानी सोही अनुसार निबृत्तिभरण रकम कर्मचारीहरुलाई दिँदै आएको भनी स्वीकार गर्नु भएकोले आखिरी तलव रकमको अर्थ खाई पाई आएको तलव रकम नभई कर्मचारीको पदको अन्तिम टाइम स्केल रकम हुन आउने र निवेदकहरुले सो बमोजिम नपाएको भन्ने भएको तथा लिखित जावफबाट उक्त हिसावले निबृत्तिभरण दिइएको छ भन्ने समेत नदेखिँदा माथि उल्लेख गरेबमोजिम खाई पाई आएको तलब रकमको सट्टा सम्बन्धित पदको आखिरी रकम (टाईम स्केल) का हिसवाले निबृत्तिभरण निर्धारण गरी नियमानुसार निवेदकलाई निबृत्तिभरण प्रदान गर्नु भनी विपक्षी नेपाल बैंक लिमिटेडको नाममा परमादेशको आदेश जारी हुने । (प्र.नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणिराजव सिंह मल्ल, विद्वान अधिवक्ता श्री सीताराम तिवारी अवलम्बित नजीर : x आदेश न्या. ओमभक्त श्रेष्ठ : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदन समेतको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. मिति २१ माघ २०४८ मा स्वैच्छिक अवकासको लागि महाप्रवन्धकले कर्मचारी प्रशासन विभागको पत्र साथै स्वैच्छिक अवकासको लागि दर्खास्त फाराम पनि पठाइएको थियो । विपक्षी बैकले संस्थामा कर्मचारीको चापलाई कम गर्ने उद्देश्यअनुरुप २० वर्ष सेवा गरिसकेका कर्मचारीहरुको हकमा नियमावलीको अतिरिक्त केही थप आकर्षण दिई एउटा प्याकेज डिल गरिएको थियो । म निवेदकको लागि केही थप आकर्षण भए एकमुष्ट रकम पाउने हुँदा र संस्थाले मेरो सेवा र संस्थालाई हटाउने उद्देश्य राखेको भन्ने आशय बुझिएकोले संस्थाको उद्देश्यलाई परिपूर्ति गरी सहयोग पुर्‍याउने उद्देश्यबाट नै म निवेदकले स्वैच्छिक अवकास लिएको हो । ३. म निवेदकलाई चैत्र महिनामा अवकास पत्र काटिएको छ र अवकास पत्र काटिएको केही मितिपछि बुझाएको छ । स्वैच्छिक अवकासमा जुन मितिसम्म काम गरी तलव खाएको छ त्यस मितिसम्मको मितिलाई बहाल का