निर्णय नं. ४२५३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२५३ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: बैशाख अंक: १ फैसला मिति :२९४७/१२/१८ २५०१ निर्णय नं. ४२५३ ने.का.प. २०४८ अङ्क १ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४७ सालको रिट नं. १२०७ आदेश भएको मिति: २०४७।१२।१८।२ मा निवेदक : जि.दाड्ड पैचकुले गा.वि.स.वा.नं. १ बस्ने धनीकुमारी भण्डारीसमेत विरुद्ध विपक्षी : ऐ.ऐ.वार्ड नं. २ बस्ने रत्नबहादुर भण्डारीसमेत विषय : उत्प्रेषण (१) अंश मुद्दा चल्दा चल्दैको अवस्थामा अंशियार देखिएको तर कानुन बमोजिमको बण्डापत्र भई नसकेकोमा कुनै अंशियारको मृत्यु भएमा, त्यस्ता अंशियारको अंश हक खाने अन्य अंशियार नभए नरहेको अवस्था विद्यमान रहे भएका सो मर्ने अंशियारको अंश हक समेतमा अन्य अंशियार बीच बण्डा हुन नसक्ने भन्न मिल्ने देखिँदैन । (प्रकरण नं. ७) (२) संविधानद्वारा प्रदत्त मौलिक हक उपर अनुचित बन्देज लाग्न सक्दैन, हुँदैन, (साविक पेज नं. ३९) संवैधानिक वा कानुनी हकको प्रचलनको लागि र सो प्रश्नको निरुपणको लागि संविधानको धारा २३–८८ अनुसार पर्न आएको कुनै पनि निवेदनमा संवैधानिक हकको हनन् भएको वा कानुनी हकको प्रचलन नभएको नगरिएको अवस्था विद्यमान हुनु जरुरी हुन्छ सो कुरा स्पष्ट कानुनी रुपमा देखिन नआएको खण्डमा संविधानको धारा ८८ बमोजिमको उपचारको माग गर्नु निरर्थक हुन जाने । (प्रकरण नं. ७) (३) प्रस्तुत विषय (मुद्दा) मा निवेदकहरुको बीचमा चलेको अंश मुद्दामा अदालतबाट भएको निर्णयमा कुनै कानुनी त्रुटि देखिन नआएको, कानुन बमोजिम नै भएको निर्णयबाट निवेदकको कानुनी र संवैधानिक हक हनन् भएको भन्न मान्न नमिल्ने । (प्रकरण नं. ७) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३–८८ अन्तर्गत रही पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, जिकिर एवं निर्णय आदेश यस प्रकार छ । २. रत्नबहादुर भण्डारी धनीकुमारीको छोरा र खुसलरामको दाजु भएको, हामी चार अंशियार बीच ०२३।२।२५ मा घरसारमा नै बण्डापत्र भई सोही मिति देखि निजले आफ्नो भागको अंश बुझी खुसलराम (निवेदक) लाई केही जग्गा बिक्री गरी अलग घर बनाई बसी आएका थियौं । सर्भे नापीका अवस्थामा बण्डा बमोजिम अंश आ–आफ्ना नाउँमा दर्ता समेत भएको कुरालाई गुम गरी जिल्ला अदालत समक्ष हाम्रा नाउँमा दायर गर्नु भएको अंश मुद्दा, २०२३ सालको बण्डापत्रलाई आधार बनाई वादी दावी खारेज हुने ठहर्छ भनी निर्णय भएको थियो । यसै बीच, मुद्दा पुनरावेदन तहको अवस्थामा हुँदा पिता कविरामको मृत्यु भयो र म खुसलरामले मुद्दा सकार गरी मुद्दा पूर्पक्ष हुँदा, जिल्ला अदालतको फैसला बदर हुने ठहराई अञ्चल अदालतबाट निर्णय भयो । सोही फैसला उपर परेको पुनरावेदनको लागि अनुमतिको निवेदनमा, अनुमति प्रदान भए पनि पुनः सोही अञ्चल अदालतको फैसलालाई सदर कायम राखियो । ३. हामी वादी प्रतिवादी बीच २०२३।२।२५ मा नै बण्डापत्र भइसकेको कुरा, कार्यालयको श्रेस्ताहरुबाट पुष्टि भइरहेको अवस्थामा सो लिखतलाई अंशबण्डाको ३० नं. अनुसार मान्यता नदिई भएको क्षेत्रीय अदालत समेतको निर्णय त्रुटिपूर्ण छ । साथै ०४४।१।१५ लाई मानो छुट्टिएको मिति कायम गरी पाउँ भन्ने वादी दावी रहेकोमा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरिएको छ भने, ४ भागको एक (१) भाग अंश पाउँ भन्ने वादी दावी रहेको छ, तर क्षेत्रीय अदालतबाट सम्पूर्ण सम्पत्तिलाई ३ भाग कायम गरी सोबाट (१) भाग अंश वादीलाई दिलाउने भनी