निर्णय नं. ४९८१ - हक कायम जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९८१ - हक कायम जग्गा खिचोला भाग: ३६ साल: २०५१ महिना: पौस अंक: ९ फैसला मिति :2051/05/01 २७५८ निर्णय नं. ४९८१ २०५१ ने.का.प. अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्बत् २०५० सालको दे.पु.नं. ११०९ फैसला मिति : ०५१।५।१।४ मुद्दा : हक कायम जग्गा खिचोला । निवेदक : बारा जिल्ला प्रिप्रा गा.वि.स. वडा नं. ७ बस्ने जयपुन नेसा विरुद्ध विपक्षी : वारा जिल्ला कलैया न.पा. वडा नं. १८ बस्ने सरला मिया अंसारी § राजीनामा लिखतमै ४ किल्ला उल्लेख गर्दै लम्बाई चौडाइ समेत जनाई दाताले लिखत गरी दिएको अवस्थामा सो घर जग्गा मध्ये केही जग्गा वाँकी राख्ने मनसाय भए सो कुरा लिखतमै नै उल्लेख हुनु पर्ने हो तर सो उल्लेख नभएको समेतबाट सम्पूर्ण घर जग्गा राजीनामाबाट गइसकेको मान्नु पर्ने । (प्र.नं. १०) निवेदक तर्फबाट : x विपक्षी तर्फबाट : x अवलम्बित नजीर : x फैसला न्या. मोहन प्रसाद शर्मा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. पिता मलदिन मियाको म बाहेक अरु छोराछोरी कोही नहुँदा मैले नै पिताको सेवा टहल हेर विचार तथा काजकिरिया समेत गरी आएकोमा पति सुविन मिया २०४० साल आश्विन महिनामा परलोक भएपछि त आफ्नो पिताको स्वर्गवास भएको १०, ११ वर्षपछि बाबुको नाउँमा नापीनक्सा भएको जिल्ला बारा गा.वि.स. बरेवा वार्ड नं. १ कि.नं. ४१ को ०–०–८ जग्गामा भएको कुतको घर २ मा मेरो अपुताली परी बसी आएकोमा घर पुरानो भै टुटी सकेको हुँदा नयाँघर बनाउन ०४६।२।२२ गते भत्काई ०४६।२।२८ गते जन मजदुर लिई विहान ९ बजे जग्गामा खाम्हो गाड्न लाग्दा यो जग्गा तिम्रो पति सुदिन यिमासँग खरिद गरी लिएको छु । घर बनाउन भिन्न भनी घर बनाउन नदिई जवरजस्ती टंटा खिचलो गरी मलाई प्रवेश गर्न नदिई हटक गरेको हुँदा उपरोक्त ज.वि. ०–०–८ को विपक्षीले गरेको टंटा खिचोला छोडाई मेरो हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको वादीको मुख्य फिरादपत्र रहेछ । ३. दावीको ऐलानी ज.वि. ०–०–८ रमजान मियाको घरदेखि उत्तर पूर्व विगा मियाको घरदेखि दक्षिण मेरो घरदेखि दक्षिण पश्चिममा पर्छ सो जग्गा फुसको घर २ नं. ई दक्षिण मुख निकासाको पूर्व पश्चिम १६ हात चौडा उत्तर दक्षिण २५ हात लम्बा फुसको बंगला घर थियो । सो घर जग्गा बादीको बाबु मलदिन मियासित रु ३५१।– मा खरिद गरी वारा मालबाट र नं. २२४७।२४४२ मिति २०२४।३।१९ मा सुक्री विक्री राजीनामा पारित गरी भोगी आएपछि ०२९ सालमा सो घर भत्केपछि उक्त जग्गा आफ्नो घर आगनमा सम्मिलित गरी थुनछेक गरी भोगी आएको छु । लिखत मितिदेखि नै उक्त जग्गा घर मेरो भोग चलनमा रहे भएकोबाट वादी दावी बमोजिम चलन चलाई दिनु र हक कायम गर्नु पर्ने समेत होइन भन्नेसमेत व्यहोराको प्रतिवादीको प्रतिउत्रर पत्र रहेछ । ४. प्रतिवादीको लिखतबाट हुन आउने क्षेत्रफल ४ धुर २ कन्वासम्ममा मात्र प्रतिवादीको हक कायम रहने देखिँदा सो भन्दा बढी हुन आउने पूर्वतर्फको जग्गासम्ममा मात्र वादी दावी बमोजिम खिचोला गरेको ठहर्छ उक्त जग्गामा मात्र खिचोला टुटाई हक कायम गराई दिने ठहर्छ । भन्ने समेत व्यहोराको प्रतिावदीको बारा जिल्ला अदालतको मिति ०४७।३।३१ को फैसला रहेछ । ५. शुरु वारा जिल्ला अदालतले मलाई हराई गरेको फैसलामा मेरो चित्त बुझेन सो फैसला बदर गरी वादी दावी खारेज गरी उक्त सम्पूर्ण जग्गामा हक कायम रहने गरी अर्को फैसला गरी इन्साफ गरी हक इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिव