निर्णय नं. ४९८३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९८३ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: पौस अंक: ९ फैसला मिति :2051/05/01 २८५५ निर्णय नं. ४९८३ २०५१, ने.का.प. अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्बत् २०४९ सालको रिट नं. २६३४ आदेश मिति : २०५१।५।१।४ विषय : उत्प्रेषण निवेदक : कपिलबस्तु जिल्ला विद्यानगर गा.वि.स. वडा नं. ९ गौजेखेरा बस्ने अब्दुल हकिक खाँ। विरुद्ध विपक्षी : ऐ. ऐ. घर भई हाल कृष्णनगर गा.वि.स. वडा नं. २ डेरा गरी बस्ने मोहम्मद शब्वीर खाँ। ऐ. ऐ. बस्ने सागिर खाँ । कपिलबस्तु जिल्ला अदालत । पुनरावेदन अदालत बुटवल । § तामेल्दारले तामेल गर्न लगेको म्याद मिसिल सामेल रहँदैन भने म्याद तामेल भएको निश्चित समय कायम गर्न नमिल्ने । (प्र.नं. ८) § तामेली म्याद हराएमा म्याद तामेल गर्न बुझी लिने तामेल्दार उपर विभागीय कारवाही भइरहेको भन्ने कपिलबस्नु जिल्ला अदालतको लिखित जवाफबाट पनि देखिन आएको छ । जिल्ला अदालतले तामेली म्याद मिसिल सामेल हुन नआएको अवस्थामा प्रतिवादीका नाउँमा पुनः म्याद जारी गर्ने र सो आदेश उपर अ.वं. १७ नं. बमोजिम परेको निवेदनमा कानून बमोजिम गर्नु भनी पुनरावेदन अदालतले गरेको आदेशबाट निवेदकको कुनै हकमा आघात पुगेको नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अवधेश कुमार सिंह विपक्षी तर्फबाट : x अवलम्बित नजिकर : x आदेश न्या. केशव प्रसाद उपाध्याय : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ : २. विपक्षीहरु मध्येका शब्वीर खाँ तथा निजको भाई सागिर खाँ समेत मिली म निवेदकलाई कुटपिट लुटपिट गरेकाले मैले २०४७।४।९।३ मा कपिलबस्तु जि.अ.मा फिरादपत्र दिएँ । मेरो फिराद परेपछि विपक्षीहरुको नाममा जारी हुने म्याद सोही जिल्ला अदालतका तामेल्दार गोविन्द प्रसाद अधिकारीले २०४७।६।२३ मा अ.वं. ११० नं. का रीत पुर्यार्इ तामेल भएकोमा विपक्षीहरुले प्रतिउत्तर दिने म्याद र अ.वं. ५९ नं. बमोजिम थमाउने म्याद समेत समाप्त भैसकेपछि पक्ष विपक्षको म्याद तामेल गर्ने गराउने कुरामा कुनै निवेदनसमेत नभएको अवस्थामा विपक्षी अदालतबाट पुनः प्रतिवादीका नाउँमा म्याद पठाउने गरी भएको आदेश र उक्त आदेशलाई नै सदर गरी भएको पुनरावेदन अदालत बुटवलको आदेश समेत कानून विपरित भएकोले उक्त अदालतबाट मेरो नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१), १७ द्वारा प्रदत्त हकको हनन् भएकाले रिट निवेदन गर्न आएको छु । विपक्षी कपिलबस्तु जिल्ला अदालतको मिति २०४८।९।४ र पुनरावेदन अदालत बुटबलको मिति २०४८।११।२ को आदेश लगायत प्रतिवादीको प्रतिउत्तर बुझी साक्षी बकपत्र समेत गराएका काम कारवाही बदर गरिपाउँ भन्ने समेत व्यहोराको निवेदन माग दावी । ३. यसमा के कसो भएको हो ? निवेदकको माग अनुसारको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले १५ दिनभित्र लिखित जवाफ पेश गर्नु भनी विपक्षीहरुलाई सूचना पठाई लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति ०४९।९।९।५ को आदेश । ४. मुद्दामा तामेली म्यादको महत्वपूर्ण भूमिका रहन्छ । सक्कल तामेली नरहेको अवस्थामा हदम्याद कायम गर्न मिल्ने नदेखिएकाले तामेल्दार गोविन्द प्रसाद अधिकारीले सक्कल तामेली म्याद हराएको भनी प्रतिवेदन दिएबाट निजप्रति त्यसतर्फ विभागीय कारवाही गरी पुनः प्रतिवादीको नाउँमा म्याद दिने आदेश भएक