निर्णय नं. ४९५४ - बन्दी प्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९५४ - बन्दी प्रत्यक्षीकरण भाग: ३६ साल: २०५१ महिना: मंसिर अंक: ८ फैसला मिति :2051/01/09 २६५८ निर्णय नं. ४९५४ ने.का.प २०५१ अङ्क ८ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०५० सालको रि.पु.नं. ४२ आदेश मितिः-२०५१।१।९।६ विषयः- बन्दी प्रत्यक्षीकरण । निवेदकः- का.जि.का.न.पा.वडा नं. २ लाजिम्पाट बस्ने गंगा नानी भन्ने गंगा देवी प्रधानको हकमा ऐ.ऐ बस्ने प्रसन्नध्वज प्रधान । विरुद्ध विपक्षीः- का.जि.का.न.पा. वडा नं. २९ वांगेमुढा टोल बस्ने भक्तध्वज प्रधान । ऐ.ऐ बस्ने राजेशध्वज प्रधान । ऐ.ऐ बस्ने अमिरध्वज प्रधान । ऐ.ऐ वडा नं. २३ चिंकमुगल बस्ने उमेश मास्के । का.जि.का.न.पा. वडा नं. २९ नयाँ बजार बस्ने रामानन्द वैद्य । प्रमुख जिल्ला अधिकारी जि.प्र.का.काठमाडौं । § गंगादेवी प्रधानका संरक्षक को हुने भन्ने तत्सम्बन्धी विवाद जिल्ला अदालतको विचारधीन रहेकोले त्यसैबाट सो विवाद निरोपण हुने भएकले त्यो मुद्दामा असर पर्ने गरी अहिले रिट क्षेत्रबाट कहाँ भन्न मिल्दैन । तर गंगादेवी प्रधानलेको वृद्धा अवस्थाले गर्दा होस ठेगाना समेत नभएको देखिंदा तत्काल रुपमा उन्को हेरविचार स्याहार सम्भार,स्वास्थ्य, कोबाट हुने भन्ने सम्म यस रिट निवेदनबाट हेर्नु पर्ने हुन्छ । जहाँ सम्म प्रेमध्वज प्रधान छोरा भएको नाताले उनी नै गंगादेवीका प्राकृतिक संरक्षक हो भन्ने रिट निवेदक तर्पबाट कानून व्यवसायीहरुको जिकिर भएकोमा कानूनमा स्पष्ट यस्तो व्यवस्था रहे भएको पाइन्न तापनि हाम्रो समाजको सामाजिक संरचना तथा परम्परा समेतलाई दृष्टिगत गर्दा सौतेनी छोरालाई सौतेनी आमाको प्राकृतिक संरक्षक मान्न नमिल्ने देखिन्न । (प्र.नं. १४) § वृद्धा अवस्थाले गर्दा होस ठेगाना नभएकी विधवा स्वास्नी मानिसको संरक्षकत्वबारे प्रचलित कानूनमा कुन स्पष्ट व्यवस्था भएको पाइन्न । साधारणतः यस्ता व्यक्तिको अपुताली खान हकवालाले मै हेरचाह र सेवा सुश्रुवा गर्नु पर्ने हुन्छ । यस स्थितिमा लिखितबाट अन्यथा हुनेमा बाहेक त्यस्ता व्यक्तिको संरक्षण गर्ने दायित्व पनि अपुताली खान पाउने व्यक्ति उपर नै हुने। (प्र.नं. १४) § वृद्धा अवस्थामा वा कडा रोगले गर्दा होस ठेगाना नभएको यस्ता व्यक्तिको हकमा निजको तर्फबाट नालेस उजुर वा मुद्दामा प्रतिनिधित्व गर्ने तात्पर्यको लागि अदालतबाट अनुमति लिई एकाघरको १६ वर्ष पुगेको हकवालाले पाउने व्यवस्था मुलुकी ऐन अ.वं.८३ नं.मा रहे भएको पाइन्छ ।उक्त कानूनी व्यवस्थाबाट पनि यस्ता असक्त व्यक्तिको तर्फबाट कानूनी हक संरक्षणको लागि एकाघरका हकवालालाई कानूनतः अधिकार तथा दायित्व ताकि राखेको पाइन्छ । संरक्षणत्व सम्बन्धी स्पष्ट कानूनी व्यवस्थाका अभावमा यस्ता असक्त व्यक्तिको हेरविचार स्याहार सम्भार गर्ने समेतको अभिभारा लिखतद्वारा अन्यथा भएमा बाहेक सबैभन्दा नजिकको हकवालामा नै रहेको मान्नु पर्ने। (प्र.नं. १४) § गंगादेवी प्रधानको सबैभन्दा नजिकको हकवाला प्रेमध्वज प्रधान हुन भन्ने कुरामा विवाद देखिन्न । यस स्थितिमा अदालतमा परिरहेको मुद्दाबाट अन्यथा नभए सम्म गंगादेवी प्रधानको पतिको मृत्यु पश्चात निजको हेरचाह गर्ने जिम्मेवारी प्रेमध्वज प्रधान भैरहने कुरा निर्विवाद छ । गंगादेवी प्रधान निजको पतिको मृत्यु हुनुभन्दा पहिले पति संग लाजिम्पाट बसेको देखिन्छ । पतिको मृत्यु पश्चात सो ठाउँबाट प्रत्यर्थीहरुले निज गंगादेवीलाई नघलमा लगेर राखेको देखिन्छ । संरक्षक