निर्णय नं. ४९५५ - परमादेश तथा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९५५ - परमादेश तथा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ । भाग: ३६ साल: २०५१ महिना: मंसिर अंक: ८ फैसला मिति :2051/03/30 ४०८० निर्णय नं. ४९५५ ने.का.प २०५१ अङ्क ८ विशेष इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश नरेन्द्र बहादुर न्यौपाने सम्वत २०४९ सालको रि.नं.३२३६ आदेश मितिः-२०५१।३।३०।५ विषयः- परमादेश तथा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ । निवेदकः- निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन केन्द्रिय कार्य समितिको तर्फबाट ऐ. समितिको अध्यक्ष ऐ.ऐ बस्ने वर्ष ५० को बसन्त बहादुर श्रेष्ठ । विरुद्ध विपक्षीः- श्री ५ को सरकार,मन्त्रीपरिषद् सचिवालय सिंहदरवार । श्री ५ को सरकार ,शिक्षा संस्कृति तथा समाज कल्याण मन्त्रालय । श्री ५ को सरकार,कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालय । संसद सचिवालय,सिंहदरवार,काठमाडौं । § शिक्षा ऐनमा विद्यालय भन्ने शब्दको परिभाषा भित्र निजी विद्यालय पनि भनिएको छैन । निजी विद्यालयको परिभाषा बेग्लै भएको परिप्रेक्ष्यमा दफा २ को (ठ) भित्र पर्ने निजी विद्यालय शब्द भित्र समावेश गर्न खोजिएको भए दफा २ को खण्ड (ख) (ख १) (घ) (घ १) बमोजिमको शिक्षा दिइने विद्यालय भनिए जस्तै खण्ड (ठ) पनि पर्दछ भनी सो विद्यालयको परिभाषा भित्र पर्नु पर्ने। (प्र.नं. १५) § शिक्षा ऐनको दफा २(ङ) मा विद्यालय भन्ने शब्दको परिभाषा छ तर ऐन र नियमका विभिन्न दफा नियमहरुमा सर्वाजनिक विद्यालय भन्ने उल्लेख भएबाट विधि निर्माताले सार्वजनिक विद्यालय र निजी विद्यालय भन्ने बेग्ला बेग्लै प्रकृतिको विद्यालयको परिकल्पना गरिएको सम्झनु पर्ने । (प्र.नं. १७) § विद्यालय,आवासीय विद्यालय र निजी क्षेत्रको विद्यालयक परिभाषा बेग्ला बेग्लै मोड र रुपमा गरिएको पाइन्छ । आवासीय विद्यालय र निजी क्षेत्रको विद्यालयहरु पूर्व प्राथमिक शिक्षा,निम्न माध्यमिक शिक्षा ,माध्यमिक शिक्षा र विशेष शिक्षा दिनु प्रकृतिको पनि हुने हुंदा शिक्षा ऐन २०२८ को दफा २ को(ङ) मा परिभाषित विद्यालय भित्र आवासीय र निजी क्षेत्रको विद्यालय पनि पर्छ भन्ने हो भने तिनिहरुको छुट्टाछुट्टै परिभाषा गर्नु पर्ने कुनै आवश्यकता र औचित्य नहुने । (प्र.नं. १८) § यदि निजी क्षेत्रको विद्यालय पनि शिक्षा ऐन, २०२८ को दफा १६ बमोजिम सार्वजनिक विद्यालय भित्र नै पर्छ भनी मान्ने हो भने शिक्षा नियमावलीको नियम १२० (१) को प्रतिबन्धात्मक वाक्यांश निजी विद्यालय बन्द भएमा वा चल्न नसक्ने अवस्थामा भएमा उक्त सम्पत्ति सार्वजनिक मानिने छ भनेर व्यवस्था गर्नु पर्ने प्रयोजन नै थिएन । नियमले विद्यालय बन्द भएमा वा चल्न नसकेमा सार्वजनिक हुन्छ भनी छुट्टै शर्त सहितको कानूनी व्यवस्था गरिएबाट पनि निजी विद्यालय दफा२ (ङ) को विद्यालय अर्थात सार्वजनिक विद्यालय भित्र नपर्ने तथ्य प्रमाणित हुन आँउछ । ऐनमा निजी विद्यालयको बेग्लै परिभाषा गरिनुका साथै दफा १९ को (र) मा निजी विद्यलय सम्बन्धी छुट्टै नियम बनाउने अधिकार श्री ५ को सरकारलाई व्यवस्थापिकाबाट प्रदान गर्नाले पनि निजी विद्यालय सार्वजनिक विद्यालय भन्दा फरक हो भन्ने जनाउँछ । एकै किसिमका विद्यालय हुन् भने छुट्टा छुट्टै नियम बनाउन किन आवश्यक पर्यो । एउटै नियमले दुवै किसिमका विद्यालयको कार्य संचालन र व्यवस्थापन हुन सक्नेमा छुट्टा छुट्टा नियम बनाउने व्यवस्थाले पनि बेग्लै प्रकृतिको विद्यालय हो भन्ने सिद्ध गर्ने । (प्र.नं. १९) § सार्वजनिक विद्यालय र निजी क्षेत्रक