निर्णय नं. ४९५६ - उत्प्रेणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९५६ - उत्प्रेणयुक्त परमादेश भाग: ३६ साल: २०५१ महिना: मंसिर अंक: ८ फैसला मिति :2051/08/21 ३२६४ निर्णय नं. ४९५६ ने.का.प.२०५१ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री गोबिन्द बहादुर श्रेष्ठ २०५१ सालको रि.नं. २३२५ आदेश मितिः-२०५१।८।२१।४ विषयः-उत्प्रेणयुक्त परमादेश । निवेदकः- का.जि.का. न.पा. वार्ड नं. ७ बस्ने परराष्ट्र मन्त्रालय अन्तर्गत अतिथि सत्कार विभागको शाखा अधिकृत भै हाल सोही विभागमा का.मु.निर्देशक पदमा कार्यरत रही आएको वर्ष ४३ को रमेश बहादुर ढकाल । विरुद्ध विपक्षीः-मन्त्रिपरिषद सचिवालय । सामान्य प्रशासन मन्त्रालय । परराष्ट्र मन्त्रालय । सचिव,परराष्ट्र मन्त्रालय । लोकसेवा आयोग, केन्द्रिय कार्यालय । § रिट निवेदक सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रशासन शाखाको मिति २०४९।९।१७ को पत्रद्वारा सोही मितिको निर्णयबाट राजपत्रांकित तृतिया श्रेणी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट परराष्ट्र मन्त्रालय,अतिथि सत्कार विभागको नेपाल प्रशासन सेवा राजपत्रांकित तृतिया श्रेणी, शाखा अधिकृत पदमा सरुवा भएको विवाद रहेन । परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका नियोगहरुमा काम गर्ने अधिकृत तथा कर्मचारीहरु सम्बन्धी नियमावली ,२०३३ अन्तर्गत परराष्ट्र मन्त्रालयको कुटनैतिक समूहमा समूहिक्त हुनु पर्ने प्रकृया अपनाई निज सरुवा भई परराष्ट्र मन्त्रालय वा अन्तर्गतको विभागमा गएको समेत नदेखिंदा नेपाल प्रशासन सेवा (गठन,समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु २०५० को नियम ५ उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांस अनुसार निवेदक स्वतः कुटनैतिक समूहमा समूहिकृत हुने भन्न मिल्ने देखिन नआउने । (प्र.नं. १२) § निजामती सेवा ऐन,२०४९ को दफा२६ को व्यवस्था अनुसार आवश्यक प्रकृया पुरा गरी मात्र एक सेवा वा समूहबाट अर्को सेवा वा समूहमा श्री ५ को सरकारले राजपत्रांकित कर्मचारीलाई सरुवा वा बढुवा गर्न सक्ने व्यवस्था अनुसार सो प्रकृया पुरा गरी निवेदक परराष्ट्र मन्त्रालय वा अन्तर्गतको विभागमा गएको समेत देखिन आँउदैन । साथै रिट निवेदक कुटनैतिक समूह भित्र समूहिकृत हुनु पर्ने अन्य कुनै आधार समेत नदेखिंदा निवेदकलाई कुटनैतिक समूहमा समूहिकृत नगरिएको भन्ने मिति २०५१।३।१४ को पत्र तथा तत्सम्बन्धी कारवाही कानून प्रतिकुल भएको नदेखिंदा रिट निवेदनको माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्र.नं. १२) निवेदक तर्फबाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त विपक्षी तर्फबाटः- विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री बलराम के.सी. अवलम्बित नजीरः-X आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ ८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ । २. म निवेदक निजामती सेवाको शाखा अधिकृत पदमा साविक गृह मन्त्रालय, अर्थ मन्त्रालय र अन्तर्गताक कर कार्यालयहरुमा सेवा गरी मिति २०४९।९।१७ को निर्णयबाट परराष्ट्र मन्त्रालय अन्तर्गतको अतिथि सत्कार विभागमा सरुवा भई मिति २०४९।१०।१ बाट सोही विभागमा हाजिर भई अद्यावधिक कार्यरत रही आएको छु। साथै श्री ५ को सरकार परराष्ट्र मन्त्रालयको च.नं. ३१५७ मिति २०५०।५।१२ र च.नं.५७१८ मिति २०५०।४।१५ को पत्रानुसार अतिथि सत्कार विभागमा रिक्त निर्देशकको पदमा अर्को व्यवस्थाको नभएसम्मको लागि कायम मुकायम मुकरर भई निर्देशकको पदमा कार्य गरी आएको छु । ३. नेपाल प्रशासन सेवा अन्तर्गत श्री ५ को सरकारले कुटनैतिक सम