निर्णय नं. ४९५७ - उत्प्रेषण आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९५७ - उत्प्रेषण आदेश जारी गरी पाउँ भाग: ३६ साल: २०५१ महिना: मंसिर अंक: ८ फैसला मिति :2051/06/05 २४३० निर्णय नं. ४९५७ ने.का.प २०५१ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश हरि प्रसाद शर्मा समव्त २०५० सालको रिट नं-३२७२ आदेश मितिः- २०५१।६।५।४ विषयः- उत्प्रेषण आदेश जारी गरी पाउँ । निवेदकः- कास्की जिल्ला पोखरा नगरपालिका वडा नं.२ घर भै पोखरा नगरपालिका अन्तर्गतको विजयपुर कर डिपो कार्यालयको डिपो इन्चार्ज पदबाट गैर कानूनी रुपमा वर्खास्त गरिएका स.इ. हरि विक्रम राणा । विरुद्ध विपक्षीः- विशेष प्रहरी विभाग,डोर मुकाम कास्की पोखरा मार्फत विशेष प्रहरी विभाग । प्रमुख पोखरा नगरपालिका कार्यालय । कार्यकारी अधिकृत,पोखरा नगरपालिका कार्यालय । § नगरपालिकाको कर्मचारीलाई लोक सेवाको समान्य सिद्धान्त लागु हुन सक्ने कतैबाट देखिंदैन।आफ्नो छुट्टै सेवा शर्त सम्बन्धी नियम बमोजिम कर्मचारीहरु उपर कारवाही गर्नु पर्ने हुन्छ । अतः यसमा करमचारीहरु सेवा शर्त सम्बन्धीनियमको अभावमा लोक सेवा आयोगको सामान्य सिद्धान्तको आधारमा गरेको निर्णय मिलेको नदेखिंदा उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । निवेदकलाई पुनः सेवामा बहाल गरी काममा लगाउनु भनि पोखरा नगरपालिकाका नाँउमा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. ९) निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री हरि प्रसाद उप्रेती प्रत्यर्थी तर्फबाटः- विद्वान सरकारी अधिवक्ता श्री कृष्ण राम श्रेष्ठ अवलम्बित नजीरः- X आदेश न्या. सुरेन्द्र प्रसाद सिंहः नेपाल अधिराज्यको संविधान,२०४७ को धारा २३।८८ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. नगरपालिकाले खटाए बमोजिम म नगरपालिका अन्तर्गतको विजयपुर कर डिपो इन्चार्ज पदमा कार्यरत रहेको विशेष प्रहरी विभाग डोर मुकाम कास्कीले सो डिपो कार्यालयमा भएको रकम हिनामिना र भ्रष्टाचारको सम्बन्धमा जाँचबुझ गर्दा तहबिलमा जम्मा हुनु पर्ने मौज्दाद रु ९४,३५३।७५ हुनु पर्नेमा रु ८३,११६।२५ मात्र भई ११,२३६।७५ हिनामिना गरी भ्रष्टाचार निवारण ऐन,२०१७ को परिच्छेद २ अनुसारको कसुर गरेको भनी विशेष प्रहरी अधिकृतले मलाई हिरासतमा समेत राखी ०४९।६।२९ को पत्र बमोजिम म उपर नगरपालिका कर्मचारी सेवा शर्त नियमावली अनुसार १ महिना भित्रै हगसम्मको विभागीय कारवाही भविष्यमा संस्थाको नोकरीको निमित्त सामान्यतः अयोग्य ठहर्ने गरी नोकरीबाट बर्खास्त गरी सो को जानकारी समेत गराउने भनी भ्र.नि.ऐन, २०१७ को दफा २० को उपदफा (२) बमोजिम ०४६।६।२९ को निर्णयानुसार नगरपालिकामा लेखि पठाए बमोजिम नगरपालिकाका कार्यकारी अधिकृतले म संग २ वटा स्पष्टीकरणहरु सोधी तिनको जवाफ दिएपछि अन्ततः नोकरीबाट बर्खास्त गर्ने निर्णय गरी को सिणय उपर चित्त नबुझे नगरपालिकाका प्रमुख समक्ष पुनरावेदन गरी कारवाही हुँदा तपाईंलाई अयोग्य ठहरिने गरी गरेको निर्णयलाई मात्र बदर गरी अरु सजाय यथावत कायम राख्ने गरी बदर भई ०४९।११।१० मा निर्णय भई सकेकोले जानकारी गराइन्छ भनी मैले जानकारी मागेको आधार मा जवाफ दिइयो । ३. मैले विजयपुर कर डिपोको तहविलमा जम्मा गर्नु पर्ने मौज्दात जम्मा गर्नु पर्ने ७ दिनको अवधी बाँकी नै रहेको अवस्थामा आफ्नो जिम्माक तहविल मध्येबाटै पछि हिसाब मिलाउने गरी कार्यालयका कर्मचारीलाई विभिन्न भत्ता वापतको खर्च गर्न दिएको र म माथिको लेखा अधिकृतले मेरो जिम्माको उक्त धरौटी रकन मध्येबाट रु ५०००।– छोटो समयको लागि माग्न भए