निर्णय नं. ४९५८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९५८ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: मंसिर अंक: ८ फैसला मिति :2051/06/18 २४७२ निर्णय नं. ४९५८ ने.का.प २०५१ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश पृथ्वी बहादुर सिंह सम्वत २०५० सालको रि.नं.-२८४१ आदेश मितिः- २०५१।६।१८।३ विषयः- उत्प्रेषण । निवेदकः-भ.पु.जि. छालिङ गा.वि.स. वार्ड नं. ६ बस्ने वर्ष २५ को राजकुमार दुवाल । विरुद्ध विपक्षीः- भूमिसुधार कार्यालय,भक्तपुर । भ.पु.जि. छालिङ गा.वि.स. वडा नं. ६ बस्ने मोहनमाया दुवाल । जि. भक्तपुर भ.पु.न.पा.वार्ड नं. ५ बस्ने इश्वरमान तपोल । § रिट निवेदकको घरद्वार जि. भक्तपुर छालिङ गा.वि.स. वार्ड नं. ६ मा नभएको भनी भु.सु.का.बाट बेपत्ते तामेली म्याद उल्लेख भएको देखिन्छ। निवेदकको घरद्वार उक्त स्थानमा नै हो भन्ने कुरा जिल्ला प्रशासन कार्यालयको मिति ०४९।६।१३ को नाता प्रमाणित पत्रबाट देखिएको प्रत्यर्थी मोहनमाया तथा इश्वरमानको लिखित जवाफमा रिट निवेदकको घरद्वार उल्लेखित वतनमा छैन भन्ने सकेको पाइएन । यस्तो स्थितिमा उल्लेखित वतनमा रिट निवेदकको घरद्वार नभएको भन्ने जनिइ भएको तामेली म्यादलाई रीतपूर्वक तामेल भएको भन्न सक्ने अवस्था नदेखिने । (प्र.नं. ९) § बेरितसंग तामेल भएको म्यादको आधारमा अन्य व्यक्तिलाई मोही कायम गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरित भएको देखिंदा भू.सु.का.को मिति ०५०।२।१३ जि त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ९) निवेदकको तर्फबाटः-विद्वान अधिवक्ता श्री भैरव प्रसाद लम्साल विपक्षी तर्फबाटः-X अवलम्बित निजरः-X आदेश न्या. सुरेन्द्र प्रसाद सिंहः- नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमाको संक्षिप्त तथ्य एंव निर्णय यस प्रकार छ । २. साविक जग्गा धनी गणेशमान तपोल तथा चन्द्रमान तपोल भएको भ.पु.जि.छालिङ गा.वि.स. वार्ड नं.७ को कि.नं. ४५७ को ०-७-० र कि.नं.४५९ को १-३-० समेतको दर्तावाला मोही मेरो बाबु हाराचा दुवाल भएकोमा मेरो पिता ०४०-१-१०मा परलोक हुनु भएको र आमा ज्ञान कुमारी ०३९।३।३ मा परलोक हुनु भएको । पिता माताको म एक मात्र हकवाला छोरा भएकोले उक्त दुवै जग्गा धनी परलोक भइ सकेको हुँदा हक खाने इश्वरमान तपोललाई कुतवाली बुझाइ आएको छु । प्रत्यर्थी इश्वरमान र प्रत्यर्थी मोहन माया दुवाल, आपसमा मिली मोहनमारा दुवालले मोही प्रमाण पत्र पाएका छन् भन्ने हल्ला सुनी भूमि सुधार कार्यालय भक्तपुरबाट ०५०।४।२८ मा नक्कल सारी हेर्दा निज मोही कायम भएको व्यहोरा जानकारी हुन आयो । ३. मेरो माता पिताको मृत्यु भइसकेपछि म भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ (१) ले उपरोक्त जग्गाको मोही म हुँ । प्रत्यर्थी इश्वारमानले मलाई जानकारी नदिई मोहनमाया दुवाललाई अवैध तवरले बाली बुझेको भरपाई दिई भू.सु.का. भक्तपुरमा कार्वाही चलाई र सो कार्यालयबाट मलाई कुनै जानकारी समेत नदिई ०५०-२-१३ मा मोहन मायालाई मोही कायम गर्दै मोही प्रमाण पत्र समेत प्रदान गरेबाट मेरो मोहीयानी हक अपहरण भएको र मलाई कुनै सूचना नदिई मेरो हक विरुद्ध निर्णय गरेबाट प्राकृतिक न्यायको सिद्धान्त विपरित कार्य गरेको प्रष्ट हुन्छ । यसबाट मेरो संवैधानिक मौलिक तथा कानूनी हकमा आघात परेको र अन्य उपचारको बाटो समेत नहुँदा निवेदन गर्न आएको छु । तर्सथ प्रत्यर्थी भू.सु.का.को ०५०-२-१३ को मोहनमायालाई मोही कायम गरेको निर्णय तथा तत्सम्बन्धी सम्पूर्ण कार्वाही बदर गरी भूमि सम्बन्धी ऐन,२०२१ को दफा २६ (१) का का