निर्णय नं. ४९५९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९५९ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: मंसिर अंक: ८ फैसला मिति :2051/04/11 २५५८ निर्णय नं. ४९५९ ने.का.प २०५१ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४९ सालको रिट नं-२४७८ आदेश मितिः-२०५१।४।११।३ विषयः उत्प्रेषण । निवेदकः- जिल्ला काठमाडौं,न.प. वार्ड नं. १२ बस्ने वर्ष ५८ को सिद्ध बहादुर श्रेष्ठ । विरुद्ध विपक्षीः कार्यरथी विभाग (प्राड विवाक)शाही नेपाली जंगी अड्डा । जिवनारायण श्रेष्ठ सहायक रथी तथा निमित्त प्रमुख सेनानी ऐ । का.जि.नैकाप गा.वि.स. वार्ड नं. ८ बस्ने रत्न बहादुर श्रेष्ठ, प्रा.ह. नेपाली सेना, एम.इ.एस केन्द्रिय शाखा काठमाडौं ऐ. मालपोत कार्यालय काठमाडौं,२ नं. शाखा कार्यालय कलंकीस्थान । § कार्यरथी विभाग,(प्राड विवाक) शाही नेपाली जंगी अड्डाले मेरो नामका जग्गाहरु रोक्का राखी दिनु भनी लेखेको अनधिकृत पत्र तथा , मालपोत कार्यालयबाट राखिएको रोक्काको कारवाही समेत कानून विपरित हुँदा वदर गरिपाँउ भन्ने मुख्य रिट निवेदन जिकिर रहेको पाइन्छ । यसमा कार्यरथी विभाग (प्राड विवाक) शाही नेपाली जंगी अड्डाले रिट निवेदकको जग्गाहरु लिखित वदर मुद्दा का.जि.अ. मा चलिरहेकोले बिक्री गर्नबाट रोक्का राखी दिनु भनी मिति ०४८।११।२१ गते मालपोत कार्यालयलाई पत्र लेखेको र सोही पत्रको आधारमा मालपोत कार्यालयले रिट निवेदकको जग्गा रोक्का राखेको देखिन आयो । शाही नेपाली जंगी अड्डालाई यस प्रकार जग्गा रोक्का राख्न सक्ने अधिकार कुनै कानूनले प्रदान गरेको देखिएन । अनधिकृत पत्रको आधारमा मालपोत कार्यालयबाट जग्गा रोक्का राखेको देखिन आएको हुंदा उक्त मिति ०४८।११।२१ को शाही नेपाली जंगी अड्डाको रोक्का राखी दिनु भन्ने पत्र तथा रोक्का राख्ने कारवाही समेत उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. ७) निवेदक तर्फवाटः-X विपक्षी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री शारदा बज्राचार्य अवलम्बित नजिरः X आदेश न्या. सुरेन्द्र प्रसाद सिंहः- नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ । २. म निवेदकले कृष्ण बहादुर श्रेष्ठ नामको नैकाप गा.वि.स. वार्ड नं.२ कि.नं. १५४ को ०-५-० र ऐ. कि. नं. १९४ को ०-४-० जग्गा ४४८।८।२३ मा २,५०,०००।– मा राजिनामा पारित गरी मेरो नाममा दा.खा. भएको छ । सो जग्गा मैले ने.बै.लि. कालीमाटी शाखामा दृष्टिबन्धक पारित गरी दिएकोमा सो रोक्का गर्न बैंकबाट लेखी पठाउंदा मालपोत कार्यालयले उल्लेखित जग्गा कार्यरथी विभाग (प्राड विवाक) शाही नेपाली जंगी अड्डाको मिति ०४८।११।२१ को पत्रले रोक्का रहेको देखिंदा फुकुवा नभएसम्म बैंकको अनुरोध बमोजिम रोक्का गर्न नमिल्ने भन्ने मिति ०४९।४।२६ मा पत्र लेखेको रहेछ । उक्त रोक्का राखेको कारवाही त्रुटिपूर्ण हुँदा निवेदनक गर्न आएको छु । उक्त जग्गाहरु मेरो निजी सम्पत्ति हो त्यसमा अरू कसैको हस्तक्षेप गर्ने अधिकार छैन । विपक्षी रत्न बहादुर श्रेष्ठले विपक्षी कार्यरथी विभाग (प्राड विवाक) शाही नेपाली जंगी अड्डामा अन्य व्यक्तिलाई उक्त जग्गा बिक्री गर्न लागेको भनी निवेदन दिएको र सोही बमोजिम बिपक्षी सहायक रथीले नि. प्रमुख सेनानीको हैसियतले उक्त जग्गाको लिखत बदर मुद्दा का.जि.मा चलि रहेकोले बिक्री गर्नबाट रोक्का राखी दिनु भनी विपक्ष मालपोत कार्यालयको नाममा पत्र लेखी रोक्का राखेको रहेछ । उक्त रोक्का राख्ने कारवाही अनधिकृत र अधिकार क्षेत्र विहिन