निर्णय नं. ४९६० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९६० - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: मंसिर अंक: ८ फैसला मिति :2051/02/16 २४६० निर्णय नं. ४९६० ने.का.प २०५१ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्वत् २०५० सालको रि.नं- ३४७२ आदेश मितिः- २०५१।२।१६।३ विषयः- उत्प्रेषण । निवेदकः- जिल्ला मोरङ विराटनगर नगरापलिका वडा नं. १३ तीन टोलिया पंजिकृत कार्यालय भएको श्रीराम रिफाइन आयल प्रोडक्टस प्रा.लि. को तर्फबाट अधिकार प्राप्त संचालक प्रदिप कुमार मुरारका । विरुद्ध विपक्षीः- श्री ५ को सरकार,उद्योग विभाग त्रिपुरेश्वर काठमाडौं । श्री ५ को सरकार, कर विभाग लाजिम्पाट,श्री ५ को सरकार,कर कार्यालय,विराटनगर । § औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा ९ (क) ले आवश्यक उपयोग्य वस्तुमा प्रशोधन वा उत्पादित दुवै चिजलाई उल्लेख गरी खण्ड (१) मा तेललाई समेत जनाएको देखियो । यसरी तेल भन्ने शब्द तेलहनलाई मात्र नजनाईएको हुंदा यस्तो उद्योगले मूल ऐनको दफा १० (क) (३) बमोजिम २ वर्ष थप आयकर छुट पाउने देखिन्छ । तेल भन्ने शब्द मात्र उल्लेख भएको छ , त्यस्मा कस्तो तेल वा कुन चिजको तेल भन्ने उल्लेख भएको देखिंदैन । तसर्थ उक्त कानूनी प्रावधानले सरस्यू,तोरी वा तिलका गेडाबाट उत्पादन हुने तेल मात्र भन्ने उल्लेख भएको अर्थ गर्न नमिल्ने । (प्र.नं. १३) § औद्योगिक व्यवसाय ऐन,२०४९ को दफा २० मा औद्योगिक व्यवसाय ऐन,२०३८ अन्तर्गत अनुमति प्राप्त गरी वा दर्ता गरी संचालन भएका उद्योगमे अवधि किटिएको सुविधा तथा सहुलियतका सम्बन्धमा सोही ऐन बमोजिम र अवधि नकिटिएको सुविधा तथा सहुलियतका हकमा यस ऐन बमोजिम पाउनेछ भनेको र निवेदकका उद्योग औद्योगिक व्यवसाय ऐन, २०३८ बमोजिम अवधि किटिएको सुविधा र सहुलियत पाउन उद्योग हुंदा उक्त कानूनी प्रावधान अनुसार प्रस्तुत उद्योग दर्ता हुंदा बहाल रहेको औद्योगिक व्यवसाय ऐन,२०३८ बमोजिमको सुविधा पाउने देखिएकोले निवेदकको उद्योगलाई थप २ वर्ष आयकर छुट नदिने भनी प्रत्यर्थी उद्योग विभागको मिति २०५०।१।२७ को निर्णय र मिति ०५०।१।२९ को पत्र समेत त्रुटिपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १३) निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री कमल नारायण दास विपक्षी तर्फबाटः- विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठ अवलम्बित नजिरः- X आदेश न्या. हरि प्रसाद शर्माः- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण एवं तथ्य यस प्रकार छ । २. प्रस्तुत उद्योग स्थापना गर्नको लागि उद्योग विभागबाट मिति २०३९।८।८ को पत्रद्वारा इजाजत पत्र प्राप्त भई मिति २०३९।११।१८ का दिन प्राइभेट लिमिटेड कम्पनीको रुपमा उद्योग दर्ता भयो । कम्पनीले इजाजत पत्र प्राप्त गर्दा लागू रहेको ऐनको दफा १० को उपदफा (क) देहाय २ को उप देहाय(क) अन्तर्गत २०% देखि ५० % प्रतिशत सम्म मूल्य अभिवृद्धि गर्ने उद्योगलाई ५ वर्षको छुट आयकर सुविधा दिइने व्यवस्था रहेको थियो ।सो अनुरुप यस कम्पनीको उत्पादन शुरु भएको मिति २०४२।३।७ देखि लागू हुने गरी ५ वर्षको निमित्त आयकर शत प्रतिशत छुट दिने सम्बन्धमा मिति २०४४।८।८ मा निर्णय भएकपले सो को जानकारी दिने भनी मिति २०४६।१०।२४ मा निर्णय भएको भनी कर विभागले कर कार्यालय विराटनगरलाई मिति २०४६।१०।२५ को पत्रद्वारा जानकारी दिई निवेदक कम्पनीलाई समेत बाधार्थ दिएको थियो ।मुल ऐनको १० (क) २ (क) अन्तर्गत ५ वर्षको निमित्त शत प्रतिशत आयकर छुट सुविधा प्रदान गर