निर्णय नं. ९३२३ - निर्णय दर्ता बदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३२३ - निर्णय दर्ता बदर हक कायम भाग: ५७ साल: २०७२ महिना: बैशाख अंक: १ फैसला मिति :२०७१/०७/११ ३१३३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल फैसला मिति : २०७१।७।११।३ ०६३-CI-०७०८ मुद्दा : निर्णय दर्ता बदर हक कायम । पुनरावेदक/प्रतिवादी : गुठी संस्थान केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंको तर्फबाट सेमन्तराज चापागाईंसमेत विरूद्ध विपक्षी/वादी : ललितपुर जिल्ला, हरिसिद्धि गा.वि.स. वडा नं. ३ बस्ने राम मुकुन्द महर्जनसमेत सर्भे नापीको कैफियतमा राजगुठीको जग्गा भनी व्यहोरा उल्लेख हुँदैमा सोहीमात्र आधार हक प्राप्त गर्ने स्रोत हुन सक्तैन । फिल्डबुकको कैफियतमा उल्लेख भएको व्यहोरालाई अन्य प्रमाणले पुष्‍टि गरेको हुनुपर्दछ । उक्त फिल्डबुकमा उल्लेख भएको व्यहोराको आधार के हो भनी पुनरावेदक पक्षबाट कुनै प्रमाण पेस भएको छैन । यस अदालतबाट पटकपटक भएको आदेशबाट मालपोत कार्यालय र नापी कार्यालयलाई फिल्डबुकमा राजगुठी भनी उल्लेख भएको व्यहोरा के कुन आधार र निर्णयबाट गरिएको भनी बुझिएकोमा सो सम्बन्धमा कुनै आधार वा निर्णय भएको भनी खुलाइएको देखिँदैन । विवादित जग्गाको नापीको फिल्डबुकको कैफियतमा हरिसिद्धि भवानी गुठी दर्ता भनी उल्लेख भएको एकमात्र आधारमा विवादित जग्गा राजगुठीको भएको मान्‍न नमिल्ने । (प्रकरण नं. १०) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान्‌ अधिवक्ता ज्ञानेन्द्र पोखरेल विपक्षी/वादीको तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ताद्वय श्याम खरेल, मुक्ति प्रधान र विद्वान्‌ अधिवक्ता विश्वप्रकाश भण्डारी अवलम्बित नजिर : नेकाप २०६६ चैत, नि.नं. ८२८६, पृष्ठ २०४४ सम्बद्ध कानून : फैसला न्या. गिरीशचन्द्र लाल : पुनरावेदन अदालत, पाटनको मिति २०६३।१।२४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम प्रतिवादीहरूको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य र ठहर यसप्रकार छ : हरिसिद्धि गाउँ विकास समिति वडा नं. ३(क) कि.नं. २६ को क्षेत्रफल २-८-०, ऐ. कि.नं. २७ को क्षेत्रफल २-१४-०, ऐ. कि.नं. १८८ को क्षेत्रफल ३-०-०समेत ३ कित्ता जग्गा वादीमध्येका तनलाल महर्जनका बाबु सिलाल महर्जनसमेतका २२६ जना गुठियार रहने गरी विष्‍णुलाल ज्यापूबाट संवत् २००० साल वैशाख १९ गते दानपत्र पारित गरी लिई सोही जग्गाको आयस्ताबाट मुर्दा गुठी चलाई आएकोमा उक्त जग्गा गुठी संस्थानअन्तर्गत हरिसिद्धि भवानी गुठीको नाममा दर्ता गर्ने गरी मालपोत कार्यालय, ललितपुरबाट मिति २०४२।९।७ मा निर्णय भई सो निर्णयको आधारमा हरिसिद्धि भवानी गुठीको नाममा दर्ता भएकाले उक्त दर्ता बदर गरी हामी फिरादीसमेत साविकदेखि २२६ गुठियारहरूले सञ्चालन गरी आएको हरिसिद्धि निजी मुर्दा गुठीको नाममा उल्लेखित ३ कित्ता जग्गाको हक कायम हुने ठहर्‍याई निजी गुठीको तर्फबाट सो गुठीको अध्यक्ष तथा सचिव क्रमशः हामी फिरादीहरूको नाममा उक्त जग्गा निजी गुठी जनाई दर्ता गरी जग्गाधनी प्रमाणपुर्जासमेत पाउँ भन्‍नेसमेत व्यहोराको फिरादपत्र । हरिसिद्धि गा.वि.स. वडा नं. ३(क) कि.नं. २६, २७ र १८८ को जग्गा गुठी संस्थान हरिसिद्धि भवानी गुठीको नाउँमा कायम भै पुर्जा प्राप्‍त भएकाले सो जग्गा राजगुठीको जग्गा भएको प्रमाणित भै रहेको छ । गुठी संस्थानको शाखा कार्यालय, ललितपुरबाट मालपोत कार्यालय, ललितपुरलाई मिति २०५७।९।२१ मा लेखेको पत्रमा समेत उक्त ३ कित्ता जग्गाहरू हरिसिद्धि भवानी गुठीको नाउँमा २०४२