निर्णय नं. ९३२४ - निर्णय बदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३२४ - निर्णय बदर हक कायम भाग: ५७ साल: २०७२ महिना: बैशाख अंक: १ फैसला मिति :२०७१/०७/०३ २८९४ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।७।३।२ ०६७- CI-०११४ मुद्दा : निर्णय बदर हक कायम । पुनरावेदक/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१३ बस्ने बालकृष्ण श्रेष्ठ विरूद्ध प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१३ बस्ने श्यामकृष्ण श्रेष्ठ आफैँ साक्षी बसेको शेषपछिको बकसपत्रको लिखत बदर गरिपाउँ भनी दावी गर्न वादीले प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम नमिल्ने हुँदा सो शेषपछिको बकसपत्रको लिखतका आधारमा भएको भूमि सुधार कार्यालय, काठमाडौंको निर्णय बदर गर्न मिल्ने अवस्था र स्थिति नहुने । (प्रकरण नं. ४) वादीले भूमि सुधार कार्यालय, काठमाडौंको मिति २०५८।१।८ को निर्णय बदर गरी हक कायम गरिपाउँ भनी मुलुकी ऐन, जग्गा मिच्नेको महलको १७ नं. र जग्गा पजनीको महलको १८ नं. बमोजिम काठमाडौं जिल्ला अदालतमा प्रस्तुत मुद्दाको फिराद दिएको देखिँदा भूमि सुधार कार्यालयको उक्त निर्णयले वादीको हक जाने भई निजलाई असर परेको भए सो निर्णय बदर गराउन निजले मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको ८६ नं. बमोजिम सुरू निर्णय गर्ने निकाय भूमि सुधार कार्यालय, काठमाडौंमा नालेस दिई उक्त निर्णय बदर गराउन सक्नुपर्नेमा त्यसो गर्न सकेको नदेखिने । (प्रकरण नं. ६) सद्धे, किर्ते वा जालसाज के हो भन्ने सम्बन्धमा बयान गर्नुपर्ने भनी कानूनले नै स्पष्ट व्यवस्था गरेको स्थितिमा सद्धे, किर्ते वा जालसाज केही नभनी झुक्याएर सहीछाप गराएको भनी गरेको बयानका आधारमा अदालत आफैँले त्यस्तो लिखतका सम्बन्धमा सद्धे, किर्ते वा जालसाजी भनी बोलिरहनु पर्ने अवस्था नहने । अचल सम्पत्तिको स्वामित्व र भोगसम्बन्धी प्रस्तुत विवादमा मुलुकी ऐन, रजिस्ट्रेसनको महलको १ नं. बमोजिम रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ, तर सो २०५४।१०।३ को लिखत रजिस्ट्रेसन भएको देखिँदैन । कानूनबमोजिम रजिस्ट्रेसन गर्नुपर्नेमा नगरिएको लिखतलाई प्रमाणयोग्य मान्‍न नमिल्ने हुँदा त्यस्तो प्रमाणमा लिन नमिल्ने लिखतका सम्बन्धमा अ.बं.७८ नं. बमोजिम बोलिरहन नपर्ने । (प्रकरण नं. ८) पुनरावेदक/वादीको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल र रजितभक्त प्रधानाङ्ग तथा अधिवक्ता विश्वप्रकाश सिग्देल प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू सानुबाबु पोखरेल, यदुनाथ खनाल र शान्ता सेढाई अवलम्बित नजिर : सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५५(१) नं. मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको ७८ नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री प्रभा बस्नेत पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री अली अकवर मिकरानी मा.न्या. श्री जगदीश शर्मा पौडेल फैसला न्या. देवेन्द्र गोपल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम दोहोर्‍याइ हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ : पिता श्यामलाल श्रेष्ठ र जग्गाधनी कालीन्दीबाबा जोशीबीच चलेको मोही मुद्दामा कालीन्दीबाबा जोशीका नाममा दर्ता रहेको काठमाडौं जिल्ला, टङ्केश्वर वडा नं.६ कि.नं.१२ को क्षे.फ.०-१२-१ जग्गामध्ये पिता श्यामलाल श्रेष्ठको घर जग्गादेखि दक्षिण पिताले नै कम्पाउण्ड लगाई भोग चलन गरी आएको नापीबमोजिमको अं.०-०-३-२ जग्गा प