निर्णय नं. ९३२५ - मोही नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३२५ - मोही नामसारी भाग: ५७ साल: २०७२ महिना: बैशाख अंक: १ फैसला मिति :२०७१/०६/३१ ७९९९ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।६।३१।६ ०६९-CI-११८३ मुद्दा : मोही नामसारी । पुनरावेदक/प्रतिवादी : सर्लाही जिल्ला, मलङ्गवा न.पा. वडा नं. ९ बस्ने गोविन्दहरि अमात्य विरूद्ध विपक्षी/वादी : सर्लाही जिल्ला, जब्दी गा.वि.स.वडा नं.७ बस्ने शिवनारायण चौधरीसमेत मोही बाँडफाँटसम्बन्धी कानूनी व्यवस्था भूमिसम्बन्धी ऐन, २०२१ ले गरेको छ । उक्त ऐनको दफा २६(१) मा...मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री छोरा, बुहारी, नाति, नातिनी बुहारी, दाजुभाइ वा दिदी बहिनीहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाबाट मोहियानी लागेको जग्गामा जग्गाधनीले पत्याएको मोहीको हकदारको नाममा मोही हक नामसारी हुने देखिने । मोही दामोदर चौधरीको एकासगोलका अरू हकदार भएको देखिँदैन । अरू हकदार नभई दुई छोरा हकदार भएको र एक भाइ छोरा भगलुले हक त्याग गरेको अवस्थामा जग्गाधनीले नपत्याएको भएता पनि वादीको नाममा नामसारी हुनसक्ने देखिन्छ । मोही हक नामसारीको लागि मुद्दा कारवाही चलिरहेकोमा त्यो निर्णय नभइरहन पनि सक्तैन । फिरादीले पेस गरेको प्रमाण तथा सम्बन्धित निकायबाट प्राप्त सम्बद्ध प्रमाणको आधारमा निर्णय गर्नु सम्बन्धित निकायको कर्तव्य हो । जग्गाधनीले वादीलाई मोहीमा नपत्याएको भएता पनि मोही लागेको जग्गाको मोही नामसारी नगरी राख्दा नामसारी प्रक्रिया शून्यमा पुग्न सक्ने अवस्था हुने । (प्रकरण नं. ५) जग्गा बाँडफाँट नगरी जग्गावाला, मोही तथा मोहीका हकदारको सहमतिमा जग्गाको मूल्य बराबरको रकम लिई पूरै जग्गा कुनै एकको नाममा पनि कायम हुन सक्छ । प्रस्तुत विवादमा जग्गाधनी र मोहीका हकदारहरूबीच सहमतिमा बाँडफाँट गर्ने गराउने जस्ता काम कारवाही नभएको भएता पनि मोही नामसारीको लागि मोहीको शेषपछिका दुईजना हकदारमध्ये एकजना हकदारको मञ्जुरीनामाले अर्को हकदारले प्रक्रियागतरूपमा मोही नामसारीको काम कारवाही अगाडि बढेको देखिन्छ । मोहियानी हक मोहीका हकदारमध्ये एकजनालाई मात्र प्राप्त हुने कुरामा विवाद छैन । त्यसै गरी मोही हक शून्यमा परिणत पनि हुन नसक्ने । भूमिसम्बन्धी ऐन, २०२१ दफा २६ को उपदफा (१) को कानूनी व्यवस्था जग्गाधनीले पत्याएको मोहीको एकाघरको हकदारको नाममा मोही नामसारी गर्नुपर्ने भन्ने हो । प्रतिवादीले जग्गाधनीको तर्फबाट वादी शिवनारायण चौधरीलाई मोहीमा नपत्याएको भएता पनि साविक मोहीको मृत्युपछि यिनै वादीले जग्गा कमाई कुत बालीबापत रकम धरौट राखेको अवस्थामा वास्तविक जोताहाको नाममा नामसारी गर्न इन्कार गर्दा सो कानूनी व्यवस्थाको अर्थ र परिभाषा निष्क्रिय हुन्छ । कानूनका व्यवस्थाको अर्थ र परिभाषालाई निष्क्रिय हुने गरी अदालतले व्याख्या गर्न मिल्दैन । अदालतले सन्दर्भ र परिप्रेक्ष्यको आधारमा कानूनको उद्देश्य, परिणाम र भावनामा प्रतिकूल असर नपर्ने गरी व्याख्या गर्नुपर्ने । (प्रकरण नं. ७) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता शिवकुमार श्रेष्ठ विपक्षीको तर्फबाट : विद्वान् अधिवक्ताद्वय विजयकुमार सिंह, विष्णुभक्त भट्टराई (खत्री) अवलम्बित नजिर : सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ सुरू तहमा फैसला गर्न