निर्णय नं. ४२५४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२५४ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: बैशाख अंक: १ फैसला मिति :२०४७/१२/१८ २७९४ निर्णय नं. ४२५४ ने.का.प. २०४८ अङ्क १ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४७ सालको रिट नं. ११८६ आदेश भएको मिति: २०४७।१२।१८।२ मा निवेदक : का.न.पा. वार्ड नं. ३२ बस्ने अधिवक्ता ध्रुवलाल श्रेष्ठ विरुद्ध विपक्षी : श्री ५ महाराजाधिराजको प्रमुख सचिवालय राजदरबारका सचिव, रेवती रमण खनालसमेत विषय : उत्प्रेषण (साविक पेज नं. ४२) (१) देवता गुठी निजी प्रकृतिको गुठी देखिएको त्यस प्रकारको गुठीको सम्बन्धमा भएको कुनै पनि विषयको काम कारवाही बारेमा सूचना माग्ने हक तब सिर्जना हुन्छ, जब त्यहाँ धर्मलोपको स्थिति सिर्जना भएको हुन्छ, यो अवस्था निवेदनमा उल्लेख नभएकोबाट निवेदकको सुसूचित हुने हकमा आघात पर्न गएको भन्न मान्न सारगर्भित नहुने । (प्रकरण नं. ९) (२) निवेदक श्री ५ को वायु देवता गुठीको गुठियार देखिन नआएको, गुठियारबाट के कस्तो व्यहोरा बिन्तिपत्रमा हु.प्र.गराउन चाहेको कुरा निवेदनमा उल्लेखसम्म गर्न नसकेको, गुठियारबाट प्रस्तुत रिटनिवेदन दायर हुन नआएकोले, निवेदकको जिकिर संविधान र कानुनसम्मत देखिन आएन किनकी मौलिक हक हनन् भएको कुरा प्रतिस्थापित गर्न गराउन सक्नु पर्दछ साथै सो कुरा प्रमाणिक रुपबाट देखिनु पनि पर्दछ, अन्यथा सो उपचारको माग गर्नु निरर्थक हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शेरबहादुर के.सी., विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २९, २८(२) बमोजिम पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य जिकिर निर्णय आदेश यस प्रकार छ । २. गुठी संस्थान ऐन, २०३३ लागू भएपछि छूटगुठीको दायित्व गुठी संस्थानमा सर्ने र त्यस्ता छूटगुठीका गुठियार खान्गीदारको सबै हक अधिकार समाप्त हुनेछ भनी ऐनको दफा १९ मा व्यवस्था भएपछि सम्पूर्ण छूटगुठी, राजगुठीमा परिणत भएको र त्यस्तो सम्पूर्ण राजगुठीको स्वामित्व गुठी संस्थानमा नै रहेको छ । छूटगुठीलाई राजगुठीमा परिणत गर्ने सन्दर्भमा गुठी संस्थानले श्री ५ को वायु देवता गुठीलाई पनि राजगुठीमा परिणत गरी संरक्षक वा सञ्चालकलाई गुठी चलाउन दिई, शेष कसर गुठी संस्थानमा बुझाउनु पर्ने व्यवस्था गरे अनुसार संचालक वा छूटवालाहरुले श्री ५ को वायु देवता छूटगुठीको पूजा पर्व चलाई बाँकी रहन आएको शेष कसर गुठी संस्थानमा बुझाउँदै आएकोमा श्री ५ को वायु देवता छूटगुठीको छूटवालाहरुले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा एक बिन्तिपत्र चढाएको छ । बिन्तिपत्रवालाहरुको नाम यसमा उल्लेख गर्न नसकिएको । बिन्तिपत्रमा श्री ५ बाट निगाहपूर्वक हु.प्र.बक्स भएछ र गुठी संस्थान केन्द्रीय कार्यालयको नाउँमा प्रेषित हु.प्र.को पत्रमा श्री ५ महाराजाधिराज सरकारबाट श्री ५ को वायु देवता गुठी संचालन विधि तोकी बक्सी अब उप्रान्त यसैसाथ रहेको श्री ५ को वायु देवता गुठी संचालन विधि बमोजिम गर्नु गराउनु भन्ने हुकुम बक्सेकोले सो बमोजिम गर्नु गराउनु हुनेछ भन्ने लेखिएको रहेछ सो पत्र श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय मार्फत सचिव रेवतीरमण खनालबाट मिति ०४७।८।२० मा पठाउनु भए अनुसार गुठीको घर जग्गाको लगत राख्ने, नित्य पूजा पर्वहरु र अन्य सबै धार्मिक कार्यहरुको पनि लगत राख्ने भनी गुठी अधिनस्थ कार्यालयमा पनि (साविक पेज नं. ४३) लेखिएको, गुठीको श्रेस्ता अनुसारको नगदी रकम श्री ५ महाराजाधिराजको राजदरवार ढुकुटी विभागमा पठाई द