निर्णय नं. ९३२७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३२७ - कर्तव्य ज्यान भाग: ५७ साल: २०७२ महिना: बैशाख अंक: १ फैसला मिति :२०७१/१०/१२ २९४९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा फैसला मिति : २०७१।१०।१२।२ ०६८-CR-०३०२ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : जिल्ला झापा, वनियानी गा.वि.स. वडा नं. ८ घर भई हाल जिल्ला कारागार भद्रपुर, झापामा थुनामा रहेका सन्तोष बस्नेत विरूद्ध प्रत्यर्थी/वादी : आशबहादुर बस्नेतको जाहेरीले नेपाल सरकार ०६८-CR-०४३७ पुनरावेदक/वादी : आशबहादुर बस्नेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला झापा, वनियानी गा.वि.स. वडा नं. ८ बस्ने रिनाकुमारी बस्नेतसमेत § वारदातमा यी प्रतिवादी र मृतकबीच पूर्व रिसइबि रहेको वा मृतकलाई जोखिमी हतियारले प्रहार गरी जानीजानी मनसायपूर्वक कर्तव्य गरी मारेको अवस्था देखिँदैन । मृतकलाई यी प्रतिवादीले सम्झाउन खोज्दा उल्टै निहुँ खोजी प्रतिवादीलाई नै मृतकले कुट्न खोजेकाले उसै मौकामा रिस उठी प्रतिवादीले हातले मृतकलाई धकेलिदिँदा मृतकको टाउको टेबलमा ठोक्किन पुगी चोट लागी निजको मृत्यु भएको अवस्था देखिन आएकाले प्रस्तुत वारदातमा ज्यानसम्बन्धीको महलको १३ (३) नं आकर्षित हुने न भै ऐ महलको १४ नं. मा वर्णित आवेश प्रेरित हत्याअन्तर्गतको देखिन आउने । (प्रकरण नं. ६) वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता भरतलाल शर्मा प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता विकास दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३), १४ नं. § प्रमाण ऐन, २०३१ को दफा २५ सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री शम्भुराम कार्की पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री विष्णुदेव पौडेल मा.न्या. श्री मोहनबहादुर कार्की फैसला न्या. गिरीशचन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, इलामको फैसलाउपर यस अदालतमा पर्न आएको पुनरावेदन, प्रस्तुत मुद्दाको सङ्‍‍क्षिप्त तथ्य तथा ठहर यसप्रकार छ : जिल्ला झापा, वनियानी गा.वि.स. वडा नं. ८ स्थित पूर्वमा धनबहादुर तुम्वाहाम्फेको घर, पश्‍चिममा ईन्द्रबहादुर तामाङको घर, उत्तरमा जयनारायण गौतमको धान खेत, दक्षिणमा हरिबहादुर राईको घर यति चारकिल्लाभित्र रहेको टिनको छाना, बाँसको टाटी बेरामा माटोले लिपेको भूइँ घरको रेलिङमा रगतले भिजेको सुतीको तन्‍ना रहेको, ढोकाभित्र उत्तरपट्टिको कोठामा रहेको डसनाको ३ ठाउँमा रगत लागेको, दक्षिणपट्टिको कोठामा खटीया माथि मृतक घनेन्द्रबहादुर बस्नेतको लास रहेको देखिएको भन्‍नेसमेत व्यहोराको घटनास्थल तथा लास जाँच मुचुल्का । जिल्ला झापा, वनियानी गा.वि.स. वडा नं. ८ बस्ने वर्ष ४० को घनेन्द्रबहादुर बस्नेत मिति २०६७।०३।२६ गते राति १०:०० बजेको समयमा मादक पदार्थ सेवन गरी घरमा आई पत्‍नी रिना बस्नेतलाई कुटपीट गर्न थाले । प्रतिवाद गर्दा श्रीमती रिना बस्नेत र छोरा सन्तोष बस्नेतसमेतलाई कुटपीट गर्दा श्रीमती र छोरा सन्तोष बस्नेतले निज घनेन्द्रबहादुर बस्नेतलाई कुटपीट गरी लडाई धकेली ज्यानसम्म मार्ने कार्य गरी कर्तव्य गरी मारेकाले निजहरूलाई हदैसम्मको सजाय गरिपाउँ भन्‍नेसमेत व्यहोराको आशबहादुर बस्नेतको जाहेरी दरखास्त । मिति २०६७।३।२६ गते बिहान म मिलमा काम गर्न गएको थिएँ । बिहानदेखि नै बुबा घनेन्द्र बस्नेतले अत्यधिक मादक पदार्थ सेवन गरी खेतमा काम गर्दै गरेकी आमालाई समेत कुटपीट गर्नुभएको थियो । म दिउँसोको