निर्णय नं. ९३२८ - वन पैदावार नोक्सान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३२८ - वन पैदावार नोक्सान भाग: ५७ साल: २०७२ महिना: बैशाख अंक: १ फैसला मिति :२०७०/१०/१२ ५३२२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय फैसला मिति : २०७०।१०।१२।१ ०६६-CR-००९१ मुद्दा : वन पैदावार नोक्सान । पुनरावेदक/वादी : तिलकराम क्षेत्रीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला बाँके, खासकुस्मा गा.वि.स. वडा नं. ६ भवानीपुर बस्ने लेखराज डाँगीसमेत २०६६ सालको स.फौ.नं. ०६६–CR–०३३१ पुनरावेदक/प्रतिवादी : बाघखोर रेञ्जपोष्ट कुसुम, बाँकेमा कार्यरत भीमप्रसाद पौडेल विरूद्ध विपक्षी/वादी: तिलकराम क्षेत्रीको जाहेरीले वादी नेपाल सरकार २०६६ सालको स.फौ.नं. ०६६–CR–०८६१ पुनरावेदक/प्रतिवादी : जिल्ला धनुषा, लामा गाडागुडी गा.वि.स. वडा नं. ७ घर भै हाल जिल्ला वन कार्यालय, सुर्खेतमा कार्यरत लेखिए तापनि जिल्ला वन कार्यालय, हुम्लामा कार्यरत श्याममणिप्रसाद मण्डल विरूद्ध विपक्षी/वादी : नेपाल सरकार २०६६ सालको स.फौ.नं. ०६६–CR–०८९१ पुनरावेदक/प्रतिवादी : जिल्ला सिरहा, फुलकाहा कट्टी गा.वि.स. वडा नं. ८ घर भै हाल जिल्ला वन कार्यालय सुर्खेत, वीरेन्द्रनगरमा कार्यरत जिवछ यादव विरूद्ध विपक्षी/वादी : वन रक्षक तिलकराम क्षेत्रीको जाहेरीले नेपाल सरकार पुनरावेदन गर्न पाउने हक कानूनी हक भएकाले मुद्दाका सम्बन्धित पक्षलाई कानूनबमोजिम पुनरावेदन गर्नु भनी कुनै पनि माध्यमबाट जारी गरिएको म्याद सम्बन्धित पक्षले प्राप्त गरेको छ भने सोही मितिबाट पुनरावेदन गर्ने म्याद सुरू हुन्छ । म्याद जारी नगरिएको अवस्थामा सम्बन्धित पक्षले अर्को माध्यमद्वारा फैसलाको नक्कल लिएको छ भने सो नक्कल लिएको मितिबाट पुनरावेदन म्याद सुरू हुने हुँदा पक्षले पहिला कुन माध्यमबाट जानकारी पाएको छ त्यो बाट नै पुनरावेदन गर्ने दिनको गणना हुने हो । पुनरावेदन गर्ने म्याद प्राप्त भएपछि नक्कल लिएको मितिलाई आधिकारिक मान्ने हो भने पुनरावेदनको म्याद जारी गर्नुको कुनै औचित्य नै नरहने र कानूनमा भएको पुनरावेदनसम्बन्धी कानूनी व्यवस्था नै पराजित हुन जाने हुँदा पक्षले जुन माध्यमबाट पहिला जानकारी प्राप्त गरेको छ । सो मितिबाट नै पुनरावेदनको म्याद सुरू हुने हो तर फैसलाको आधिकारिक जानकारी प्राप्त गरेपश्चात् पुनः फैसलाको नक्कल लिई पुनरावेदनको म्याद कायम गरी दायर हुन आएको वादी नेपाल सरकारको पुनरावेदन कानूनसम्मत देखिन नआउने । (प्रकरण नं. ५) बरामद भएका काठहरू जिल्ला वन कार्यालय, बाँकेबाट प्राप्त छोडपुर्जीबाहेक अन्य कहिं कतैबाट लोड गरिएको कुनै प्रकारको टाँचा लागेको भन्ने देखिएको छैन । तसर्थ बरामद भएका काठहरू यी प्रतिवादीहरूले व.वि. टाँचासमेत लगाई पठाएका काठबाहेकको काठ हो भनी तर्क गर्न मिल्ने देखिन नआउने । (प्रकरण नं. ९) § ९४४.२६ क्यु. फिट काठको छोडपुर्जी अनुसार सोही परिमाणमा सिमित रही बिक्री टाँचा लगाई पठाउनुपर्नेमा १४२१ क्यु. फिट भन्दा बढी काठमा टाँचा लगाई ४७६.७४ क्यु. फिट भन्दा बढी हिसाब लुकाई नियतवश वन पैदावारको हानि नोक्सानी गरेको तथ्यमा विवाद भएन । यस्तो स्थितिमा कर्मचारी भएको नाताले वन ऐन, २०४९ को दफा ४९ को कसुरमा कारवाही हुन नसक्ने भन्ने पुनरावेदक प्रतिवादीहरूको जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं. १२) वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता हरिप्रसाद जोशी प्रतिवादीको तर्फबाट : उपस्थित विद्वान्‌ अधिवक्ताहरू राजन निरौला र ईश्वरीप्रसाद ज्ञवाली अवलम्बित नजिर : सम