निर्णय नं. ९३२९ - ठगी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३२९ - ठगी भाग: ५७ साल: २०७२ महिना: बैशाख अंक: १ फैसला मिति :२०७१/०९/०७ ७३३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।९।७।२ संवत्‌ २०६७ सालको स.फौं.पु.नं. ०६७- CR–०१३७ मुद्दा : ठगी । पुनरावेदक/प्रतिवादी : जिल्ला भोजपुर, टक्सार गा.वि.स.वडा नं.६ बस्ने दयाप्रसाद घिमिरे विरूद्ध प्रत्यर्थी/वादी : भीमबहादुर विष्टको जाहेरीले नेपालल सरकार § कुनै एक पक्षले मात्र दोहोरो सुविधा पाउने गरी फैसला हुनु न्यायसङ्गत हुने नदेखिएकाले सो बिगो भराइदिनुपर्ने अवस्था नहुँदा जग्गा फिर्ता भैसकेको अवस्थामा हकवालालाई बिगो भराइदिने ठहराएको र बिगोको दामासाहीले जरिवाना गर्नुपर्नेमा जनही बिगोबमोजिम जरिवाना हुने ठहराएको हदसम्मको फैसला मिलेको देखिन नआउने । (प्रकरण नं. २) § मुलुकी ऐन, ठगीको महलको १ र २ नं.मा आफ्नो हक नपुग्ने अर्काको चलअचल धनमाल मेरो हो, मेरो भएको छ भनी लिखत गरी वा नगरी बिक्री व्यवहार गरेको ठगी गरेको ठहर्छ भनी उल्लेख भएको हुँदा प्रस्तुत मुद्दा ठगीको परिभाषाभित्र पर्दैन भन्‍ने प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं. ३) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान्‌ अधिवक्ता देशबहादुर सार्की प्रत्यर्थी/वादीको तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता संजिवराज रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : मुलकी ऐन, ठगीको महलको १, २ नं. सुरू तहमा फैसला गर्ने : मा.न्या. श्री श्यामप्रसाद लावती पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री हरिप्रसाद घिमिरे मा.न्या. श्री ऋषिराज मिश्र फैसला न्या. सुशीला कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत धनकुटाको मिति २०६५।१२।३० को फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छ : जिल्ला भोजपुर, वोया गा.वि.स. वडा नं. ७ बस्ने हस्तबहादुर विष्टको नामको कि.नं.२५१, कि.नं.२८७ को जग्गा अभियुक्त तिर्थनाथ दाहाल, कोइलबहादुर रायमाझी, दयाप्रसाद घिमिरेसमेतले झुट्ठा विवरण बनाई नभएको कुरालाई हो भन्‍ने बनाई हस्ताक्षरसहित औंलाको ल्याप्चेसमेत किर्ते गरी स्रेस्ता मिलाई रामबहादुर विष्टको नाममा बेपत्ते नामसारी दा.खा.गराई सो जग्गा तिर्थनाथ दाहालले आफ्नो नाममा राजीनामा पारित गरी आर्थिक लाभ प्रलोभनमा परी वोया-७ बस्ने पन्चबहादुर तामाङलाई रू.१,७५,०००।- मा बेच बिखन गरी ठगी गरेको हुँदा निजहरूलाई सजाय गरिपाउँ भन्‍ने जाहेरी दरखास्त । हस्तबहादुर विष्टका नाउँमा रहेको उल्लिखित कि.नं.२५१, २८७ का जग्गा रामबहादुर विष्टका नाउँमा नामसारी दा.खा.गर्ने गरी मालपोत कार्यालय, भोजपुरका कार्यालय प्रमुख मालपोत अधिकृत डम्बरकुमार न्यौपानेले गरेको मिति २०६३।३।११ को निर्णय पर्चा । प्रतिवादीहरू दयाप्रसाद घिमिरे, तिर्थनाथ दाहाल, कोइलबहादुर रायमाझीसमेतले वोया -७ बस्ने हस्तबहादुर विष्टका नाउँमा रहेको जग्गा झुट्ठा विवरण बनाई स्रेस्तासमेत किर्ते गरी कोइलबहादुर रायमाझी आफैँ रामबहादुर विष्ट बनी म रामबहादुर विष्टलाई उक्त कुरा थाहा नदिई मेरो नागरिकता मेरी श्रीमतीलाई झुक्याई मागी ल्याई रामबहादुर विष्टको नाममा नामसारी गराई तिर्थनाथ दाहालले आफ्नो नाममा पारित गरी पन्चबहादुर तामाङलाई बेचबिखन गरी ठगी गरेको हुँदा सजाय गरिपाउँ भन्‍ने व्यहोराको रामबहादुर विष्टले दिएको जाहेरी दरखास्त । हाल पक