निर्णय नं. ९३३१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३३१ - उत्प्रेषण भाग: ५७ साल: २०७२ महिना: बैशाख अंक: १ फैसला मिति :२०७१/०९/११ ४९९३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. आदेश मिति : २०७१।९।११।६ ०६८-WO-०११९ मुद्दा : उत्प्रेषण । निवेदक : सूर्यदेव पन्तको नाति मदनदेव पन्तको छोरा, का.जि.का.म.न.पा. वडा नं २ बस्ने प्रमोदराज पन्त विरूद्ध विपक्षी : काठमाडौं जिल्ला अदालत, बबरमहल, काठमाडौंसमेत § कारोबार लिखत हुँदा ऋणीले वा उसको लागि सम्पत्ति सुरक्षणबापत दिनेले जुन वतन देखाउँछ अन्यथा वतन हो भनी धनी सूचित नभएको अवस्थामा त्यही वतनमा म्याद तामेल भएकोलाई रीतपूर्वक कै मान्नुपर्ने हुन्छ । सूचना म्यादमा गलत वतन देखाई तामेल भयो भन्ने निवेदकको भनाइसँग सहमत हुन सकिएन । तथापि म्याद बेपत्ते तामेल भएको र बेपत्ते तामेल भएको कारणबाट गोरखापत्रमा म्याद सूचना सम्प्रेषण गर्नुपरेकाले निवेदकले सो म्याद प्राप्त गर्न सकेको स्थिति भने देखिन आएन । तसर्थ निजको हकमा सूचना सम्प्रेषण गरेकोमा उल्लिखित वडा नं.२९ को हकमा भने बेरीतको भन्न नमिले पनि बेपत्ते तामेली म्याद भएकाले निवेदकले उक्त म्याद प्राप्त गरे भनी भन्न नमिल्ने । (प्रकरण नं. ५) § गोरखापत्रमा प्रकाशित सूचनामा निवेदकको बाबुको नाम उल्लेख नभएको अवस्थामा निजले सो म्याद सूचना आफ्नो हो कि भनी बुझ्न सक्ने अवस्था हुन्थ्यो होला तर प्रस्तुत निवेदनमा विवादमा आएको त्यो सूचना म्याद बाबुको नाम उल्लेख नभएको मात्र होइन अपितु नाम नै गलत उल्लेख भएको स्थिति छ । अरू नै व्यक्ति देव पन्तको छोरा आफू नभएकाले निजले उक्त सूचना म्याद आफ्नो हो भनी सोच्ने वा बुझ्न सक्ने अवस्था पनि रहेन । बाबुको नाम गलत उल्लेख गरी गोरखापत्रमा प्रकाशित गरिएको सूचना वा म्यादलाई रीतपूर्वकको म्याद तामेल भयो भन्न नमिल्ने । § जिल्ला अदालतबाट यी निवेदकको नाममा जारी भएको समाह्वानबाट बेपत्ते तामेल भई आएको र बाबुको नाम गलत राखी गोरखापत्रमा सूचना प्रकाशित गर्दैमा यी निवेदकले आफ्नै नामको म्याद सूचना हो भनी एकिन हुन सक्ने अवस्था देखिएन र निजले जानकारी पाएको होला भनी अनुमान गर्न पनि मिल्ने देखिन नआउने । (प्रकरण नं. ६) § कानूनबमोजिम प्रतिवाद गर्न पाउने हकलाई कसैले हनन् गर्न सक्तैन । सर्वमान्य प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने गरी भएको काम कारवाहीले वैधता प्राप्त पनि गर्दैन । सार्वजनिक दैनिक प्रकाशन जस्तो गोरखापत्रबाट म्याद तामेल हुँदा जसलाई म्याद वा सूचना दिइएको हो उसले सहजरूपमा शङ्कारहित तवरबाट आफ्नो म्याद हो भनी बुझ्न सक्नेसम्मको हुनुपर्दछ । आफ्नो म्याद हो वा होइन भन्ने दुविधा हुने स्थितिको म्याद सूचना प्रकाशित भएकोलाई रीतपूर्वक सूचना म्याद तामेल भएको र प्रतिवाद गर्ने अवसर प्रदान गरेको भन्न नमिल्ने । § मुद्दामा अदालतबाट जारी भएको म्याद घरद्वार पत्ता नलागी बेपत्ते तामेल भएको र सूचनामा निवेदकको बाबुको नाम गलत उल्लेख भएबाट यी निवेदकले आफू विरूद्ध परेको मुद्दाको सूचना सहीरूपमा प्राप्त गरी मुद्दामा प्रतिवाद गर्न सक्ने स्थितिको विद्यमानता रहेको थियो भनी मान्न सकिने देखिएन । म्याद तामेली नै कानूनबमोजिम रीतपूर्वकको हुँदैन भने त्यस्तो तामेली म्यादको आधारमा भएको फैसलासमेतबाट प्राकृतिक न्यायको सिद्धान्त हनन् भएको नै सम्झनुपर्ने । (प्रकरण नं. ७) निवेदकको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल र शम्भु थापा तथा विद्वान्‌ अधिवक्ताहरू गोपालकृष्ण घिमिरे, गोपी शर्मा सुव