निर्णय नं. ९३३२ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३३२ - जालसाजी भाग: ५७ साल: २०७२ महिना: बैशाख अंक: १ फैसला मिति :२०७१/०९/२७ ३९२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।९।२७।१ ०६७-CR-११९३ मुद्दा : जालसाजी । पुनरावेदक/वादी : सर्लाही जिल्ला, लौकट गा.वि.स. वडा नं. ४ बस्ने जयप्रकाश राय यादव विरूद्ध प्रत्यर्थी/प्रतिवादी : सर्लाही जिल्ला, जमुनिया गा.वि.स. वडा नं. ४ बस्ने बुझावन महराको मु.स. गर्ने निजको भाइ रामदेव महरा वादीको हक लाइग्ने जग्गामा प्रतिवादीले मोहियानी हकको प्रमाणपत्र जालसाज क्रियाबाट तयार गरेको देखिँदा किर्ते कागजको ३ नं. को कसुरमा ऐ. १० नं. बमोजिम प्रतिवादीलाई रू.१००।- जरिवाना गरेको सुरू फैसला उल्टी गरी वादी दावी पुग्‍न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालतको फैसलाउपर प्रस्तुत पुनरावेदन पर्न आएको देखियो । वादीले एकिनरूपमा कुन कागज जालसाज गरेको हो भन्‍ने कुरा खुलाई दावी गर्न सकेको देखिँदैन । प्रतिवादीले भूमिसुधार कार्यालयको कर्मचारीसँग मिलेमतो गरी जालसाज व्यहोराबाट मोहियानी हकको प्रमाणपत्र प्राप्‍त गरेको भनी दावी लिएको अवस्थामा त्यस्तो कर्मचारीको नाम र पदसमेत उल्लेख गर्नुपर्नेमा त्यसो गरेको पनि देखिँदैन । साथै सरकारी कार्यालयमा अभिलेखकोरूपमा रहेको कागजलाई जालसाज गरिएको भने पनि सरकारी कागज किर्तेसम्बन्धी कारवाही चलाउनतर्फ वादीले जाहेरी दिएको पनि देखिँदैन । सरकारी कार्यालयमा रहने कागज वा सरकारी कर्मचारीको मिलेमतोमा जालसाज व्यहोराबाट तयार गरिएको भनिएको कागज त्यस्तो कर्मचारीको पहिचानबिना कसले जालसाज गर्‍यो भनी सहजरूपमा घोषित गर्न सकिने अवस्था नरहने । प्रतिवादीले प्राप्त गरेको मोहीयानी हकको प्रमाणपत्रको प्रतिलिपि जालसाजी ठहराएको अवस्थामा भने त्यो कार्यबाट जसले हक प्राप्त गर्ने हो, उसको सहभागिता त्यस जालसाजीजन्य कार्यमा रहन्छ भनी सहज र सीधा अनुमान गर्नुपर्ने हुन्छ। मोहीयानी हक प्रतिवादीको भएकाले वादीले प्रतिवादीउपर प्रस्तुत नालिस गरेको देखियो । तर, प्रतिवादीले जालसाजीको कसुर गरे भन्नलाई सर्वप्रथम प्रतिवादीले जालसाजी गरी प्राप्त गरेको मोहीयानी हकको प्रमाणपत्र जालसाजी हो भन्ने अनिवार्यरूपमा देखिनुपर्ने । (प्रकरण नं. २) § रेकर्ड रहने कार्यालयमा नै हमला भई सबै प्रमाण नष्ट हुने घटना घटेपछि अब निवेदकले प्राप्त गरेको मोहीयानी हकको प्रमाणपत्रको प्रतिलिपिलाई जाँच्ने वा भिडाउन सक्ने अरू अवस्था रहेको देखिन आएन । प्रतिवादीको प्रमाणपत्रमा किर्ते छाप दस्तखत भयो भन्ने दावी जिकिर पनि वादीको रहेको देखिँदैन । प्रमाणपत्रको पृष्ट पुष्टिकोरूपमा रहेको १ नं. मोहीको लगत विरूद्ध पनि वादीको कुनै उजुरबाजुर परेको देखिँदैन । फगत २ नं. लगायतका अनुसूचीहरू आतङ्ककारी हमलाबाट ध्वस्त भएको कारणबाटमात्र त्यस क्षेत्रका तमाम मोहीहरू मोहीयानी हकबाट वञ्चित हुने अवस्था नहुने । § अड्डाबाट प्राप्त प्रतिलिपिलाई अन्यथा प्रमाणित नभइरहेको अवस्थामा त्यो प्रमाण कानूनको रीत पुर्‍याएर नै तयार भएको भनी मान्नुपर्ने हुन्छ । तसर्थ, प्रतिवादीले प्राप्त गरेको मोहीयानी हकको प्रमाणपत्रको प्रतिलिपिलाई जालसाजी भन्न नमिल्ने । (प्रकरण नं. ३) पुनरावेदक/वादीको तर्फबाट : प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, किर्ते कागजको महलको ३, १० नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री चण्डीराज ढकाल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री कोम