निर्णय नं. ९३३३ - मानव बेचबिखन तथा ओसार पसार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३३३ - मानव बेचबिखन तथा ओसार पसार भाग: ५७ साल: २०७२ महिना: बैशाख अंक: १ फैसला मिति :२०७१/०७/१० ४७४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।७।१०।२ ०६७-CR-११०० मुद्दा : मानव बेचबिखन तथा ओसार पसार । निवेदक/प्रतिवादी : जिल्ला मोरङ, दुलारी गा.वि.स. वडा नं.३ घर भै हाल कारागार कार्यालय, तेह्रथुममा थुनामा बस्ने वर्ष ३९ की गोमा पाँचकोटी विरूद्ध प्रत्यर्थी/वादी : केशरबहादुर दर्जीको जाहेरीले नेपाल सरकार § कतिपय सङ्‍‌गिन प्रकृतिका फौजदारी अपराधमा पीडितले समाजमा बेहोर्नुपर्ने क्षति, अपराधबाट समाजलाई पुग्न जाने असर तथा अपराधलाई निरूत्साहित गर्न राज्यले निर्वाह गर्नुपर्ने नियन्त्रणकारी भूमिकासमेतलाई मध्यनजर गरी प्रमाणको भार (Burden of proof) आरोपित पक्षलाई नै सार्ने गरी कठोर कानूनी व्यवस्था गर्नुपरेको हो । अपराधमा संलग्न पक्ष पेशेवर हुन सक्ने र अपराध बडो योजनाबद्ध एवम् सङ्गठीत तरिकाले हुन सक्ने र कतिपय सङ्गठित आपराधिक समूहको संलग्नतामा समेत अपराध हुन सक्ने भएकाले अपराधमा संलग्न पक्ष नै पहिचान गर्न कठिन हुन सक्ने परिस्थितिको आँकलन गरेर नैं विधायिकाले कानूनको निर्माण गरेको हो । प्रमाण सङ्कलनका क्रममा हुन सक्ने कतिपय कमजोरीको फाइदा अपराध गर्ने पक्षलाई नैं नपुगोस् भन्ने नै विधायिकी मनसाय हुने । (प्रकरण नं. ५) निवेदक/प्रतिवादीको तर्फबाट : प्रत्यर्थी/वादीको तर्फबाट : विदुषी वैतनिक अधिवक्ता श्रुतीकुमारी रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : § मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा २, ३(१), ४(२) र १५(१) सुरू फैसला गर्ने : मा.न्या. श्री गुणराज ढुङ्गेल पुनरावेदन तहमा फैसला गर्ने : मा.मु.न्या. श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री टेकराज नेपाल फैसला न्या. गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार यस अदालतको अधिकारक्षेत्रभित्रको भै दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य र निर्णय सङ्क्षेपमा यसप्रकार छ । मेरी छोरी नीता दर्जी र निजकी साथी गीता सुनचेउरीसमेत २ जनालाई बिक्री गर्ने उद्देश्यले भारततर्फ लाँदै गरेकी जिल्ला मोरङ, गछिया गा.वि.स. वडा नं. ३ बस्ने गोमा पाँचकोटीलाई पक्राउ गर्न सफल भएको हुँदा निज व्यक्तिउपर मानव बेचबिखन तथा ओसार पसार ऐनअन्तर्गत कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको केशरबहादुर दर्जीले जिल्ला प्रहरी कार्यालय, तेह्रथुममा दिएको जाहेरी दरखास्त । जिल्ला मोरङ, गछिया ३ बस्ने गोमा पाँचकोटीलाई पक्राउ गरी दाखिला गरेको भन्नेसमेत व्यहोराको प्र.स.नि. रामबहादुरले जिल्ला प्रहरी कार्यालय, तेह्रथुममा दिएको प्रहरी प्रतिवेदन । म र मेरो साथी गीता सुनचेउरीलाई झुक्याई प्रलोभन देखाई भारततर्फ लगी बेचबिखन गर्ने उद्देश्य रहेछ भन्ने बुझिन आएकाले निज गोमा पाँचकोटीलाई मानव बेचबिखन तथा ओसार पसार कार्य नियन्त्रण ऐनअन्तर्गत हदैसम्म कारवाही होस् भन्नेसमेत व्यहोराको पीडित गीता दर्जीले अधिकारप्राप्त अधिकारीसमक्ष गरिदिएको बयान । म र मेरो साथी नीता दर्जीलाई नागरिकता र पासपोर्ट आफैंले बनाई दिन्छु भनी झुक्याउनुका साथै विदेश लाँदा लाग्ने रू. ४०,०००।- समेत म दिन्छु तिमीहरूको मासिक रू १४,०००।- कमाई हुन्छ । जसरी भए पनि विदेश जानुपर्छ भनी हामीहरूलाई प्रलोभन देखाई फकाएकी हुँदा निज गोमा पाँचकोटीलाई मानव बेचबिखन तथा ओसार पसार ऐनअन्तर्गत कारवाही होस् भन्नेसमेत व्यहोराक