निर्णय नं. ९३३४ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३३४ - कर्तव्य ज्यान भाग: ५७ साल: २०७२ महिना: बैशाख अंक: १ फैसला मिति :२०७१/०८/२४ ३०८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७१।८।२४।४ ०६८-CR-००२९ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : सुनसरी जिल्ला, पाँचकन्या गाउँ विकास समिति वडा नं. ५ घर भै हाल कारागार कार्यालय, चितवनमा थुनामा रहेका वर्ष २४ का एनस भन्‍ने प्रकाश राई विरूद्ध प्रत्यर्थी/वादी : प्रेमकुमार गजमेरको जाहेरीले नेपाल सरकार ०६८-CR-०४९७ पुनरावेदक/वादी : प्रेमकुमार गजमेरको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : सुनसरी जिल्ला, पाँचकन्या गाउँ विकास समिति वडा नं. ५ घर भै हाल कारागार कार्यालय, झुम्कामा रहेका एनस भन्‍ने प्रकाश राईसमेत आत्मरक्षाको अधिकारको दावीगर्दाका बखत वारदातको समयमा शक्तिको प्रयोग अनिवार्य भएको तथ्य दावी गर्ने पक्षले नै स्थापित गर्न सक्नुपर्दछ । त्यस्तो शक्तिको प्रयोग अनिवार्य रहेको तथ्य नै स्थापित नगरी केवल आपराधिक दायित्वबाट बच्ने मनसायले लिएको जिकिरले कानूनीरूपमा पक्षलाई सहयोग गर्न सक्तैन । (प्रकरण नं.२) प्रतिवादीहरू सुनिल श्रेष्ठ र किरण मोक्तान वारदातमा संलग्न रहेको भनी अदालतसमक्ष लेखाइ नदिएको अवस्थामा वारदातमा अभियुक्तद्वयको संलग्नता रहेको मान्‍न सकिएन । स्वतन्त्र सबुद प्रमाणहरूबाट अभियुक्तद्वय विरूद्धको अभियोग दावी पुष्‍टि भएको नदेखिँदा नेपाल सरकारको पुनरावेदन जिकिरकै आधारमा प्रतिवादीहरू सुनिल श्रेष्‍ठ र किरण मोक्तानलाई वारदातमा संलग्न रहेको मानी सजाय गर्न मिल्ने देखिएन । (प्रकरण नं.८) वादीको तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता शंकरबहादुर राई प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन,ज्यानसम्बन्धीको महलको १ र १३(१) नं. मुलुकी ऐन,अ. बं. १८८ नं प्रमाण ऐन, २०३१ को दफा १८(१) सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री कोषकुमार नेम्वाङ पुनरावेदन तहमा फैसला गर्ने : मा.मु.न्या. श्री गोपाल पराजुली मा.न्या. श्री रामचन्द्र यादव फैसला न्या. दीपकराज जोशी : पुनरावेदन अदालत, विराटनगरबाट मिति २०६८।१।१३ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहमा दायर भै पेस हुनआएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः- १. जाहेरी दरखास्त : मिति २०६५।११।१३ गतेका दिन मेरो छोरा मिलन जनमजदुरी गर्न भनी धरान १५ स्थित सदन रोड हुँदै भानुचौकतर्फ जाँदै गरेको अवस्थामा प्रतिवादीहरू प्रकाश राईसमेतले धारिलो हतियार बोकी मेरो घरकोठामा समेत आई मिलनलाई खोजेपछि फेला नपार्दा खोज्दै घटना भएको स्थानमा फेला पारेपछि आफूहरूसँग बोकेको हतियारले प्रहार गर्दा मिलन घाइते भएको र उपचारको क्रममा मृत्यु भएकाले निज प्रतिवादीहरूलाई पक्राउ गरी आवश्यक कारवाही गरिपाउँ भन्‍नेसमेत व्यहोराको प्रेमकुमार गजमेरले इलाका प्रहरी कार्यालय, धरानमा दिएको जाहेरी दरखास्त । २. अनुसन्धानसँग सम्बन्धित कागजातहरु : जिल्ला सुनसरी, धरान नगरपालिका १५ स्थित पूर्वमा सेउतीखोला, पश्‍चिममा सदन स्कुल जाने बाटो, उत्तरमा जाल्पादेवी चोक र दक्षिणमा रितु भुजेलको घर यति चार किल्लाभित्र निज प्रतिवादीहरूले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्‍ने घटनास्थल मुचुल्का । मृतक मिलन गजमेरको शरीरको दाहिनेतर्फको चाकको भागमा धारिलो हतियारले काटेको दुई इन्च लम्बाईको घाउँ, सोबाट रगतसमेत बगेको देखिएक