निर्णय नं. ४२७७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२७७ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४८/०५/२७ २२५२ निर्णय नं. ४२७७ ने.का.प. २०४८ अङ्क ५ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको रि.पु.ई.नं. ४० आदेश भएको मिति: २०४८।५।२७।५ मा निवेदक/प्रत्यर्थी: जि.सिराहा इटारी गा.वि.स. वार्ड नं. २ बस्ने जगदीश मण्डल धानुक विरुद्ध विपक्षी/रिट निवेदक: जि.सिरहा इटारी गा.वि.स. वार्ड नं. २ बस्ने सहदेव मण्डल धानुक विषय : उत्प्रेषण (१) जे जस्तो अचल सम्पत्ति बिक्री भएको हो त्यो त्यति नै सम्पत्ति निखनी लिन पाउँछ किनकी हक निखन्ने प्रकृया नयाँ हक हस्तान्तरण नभई क्रेताको प्रतिस्थापना (Substitution) मात्र हो । (प्रकरण नं. १३) (२) मोहीले खरिद गरेकोमा विक्रेताको छोराले निखनेपछि मोहीमा आएको धनीको हक कानुनी व्यवस्था अनुसार निखनी लिनेमा स्वतः जान्छ, मोहीले कुनै हक प्रदान गर्ने कार्य गरेकै हुँदैन । तसर्थ यसमा खरिदी पूर्व रहेको मोहियानी हक ज्युका त्युँ कायम रहन्छ । खरिद गर्ने कार्यले सृजना गरेको स्थिति कायम नरही खरिदी पूर्वको स्थिति कायम रहन आउँछ, यसरी हक निखन्ने सम्बन्धमा नेपाल कानुन र त्यसमा अन्तर्निहित सिद्धान्त समेतबाट मोहियानी हक पनि निखन्नेमा जान्छ भनी भन्न नमिल्ने । (प्रकरण नं. १३) (३) परिभाषा गर्दा विषय वा प्रसंगले अर्को अर्थ नलागेमा परिभाषित अर्थ लाग्ने हो उक्त भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) को व्यवस्था मोही हक प्राप्ति वा समाप्तिसंग सम्बन्धित नभएको हुँदा प्रस्तुत मुद्दामा सो दफा बमोजिम जग्गाको स्वामित्व निखनी लिंदा मोही हक समेत निखन्नेमा सरिजान्छ भन्न उपयुक्त नदेखिने । (प्रकरण नं. १४) (४) कुनै शब्द वा वाक्यको व्याख्या ऐनको प्रयोजन साधक हुनुपर्दछ । निखन्नेमा मोही हक पनि जान्छ भनी मानेमा भूमिसम्बन्धी ऐन, २०२१ को मोही हक सुरक्षित गर्ने उद्देश्य अनुकूल हुन जाँदैन । (प्रकरण नं. १४) (५) जग्गा धनी हक र मोही हक मिसिन गएपछि छुटिन सक्दैन भन्ने तर्कको सम्ब (साविक पेज नं. १३९) न्धमा विचार गर्दा जुन कुरा मिसिन सक्छ त्यो कुरा छुटिन पनि सक्दछ, जसरी मिसिन गएको हुन्छ त्यसरी छुटिन आउँछ जग्गाधनी हक मोहीमा आएपछि दुवै हक मिसिन गएको हुन्छ निखन्ने सम्बन्धी कानुनी व्यवस्था अनुसार जग्गाधनी हक बापत वा फिर्ता गई अलग भएपछि मोहियानी हक पनि स्वतः भिन्न हुन जाने । (प्रकरण नं. १४) (६) जग्गा धनी हकबाट मोही हक छुटी जान सक्ने । (प्रकरण नं. १४) (७) कानुनले निश्चित गरेको तरिका बाहेकका अन्य तरिकाबाट मोही हक समाप्त हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. १४) (८) हकवालाको हैसियतले लेनदेन व्यवहारको ११ नं. अन्तर्गत बिक्री भएको सम्पत्ति निखन्दा बिक्री भएको जति सम्पत्तिसम्म निखन्नेले निखनी लिन पाउने । (प्रकरण नं. १४) (९) जग्गा धनीको हक निखनेकै आधारमा मोहियानी हकको समाप्त भएको मान्न नमिल्ने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह तथा विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह प्रत्यर्थी भू.सु.का. तर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. विपक्षी रिट निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री कमलनाराय