निर्णय नं. ९३३७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३३७ - उत्प्रेषण भाग: ५७ साल: २०७२ महिना: बैशाख अंक: १ फैसला मिति :२०७१/१०/२७ ३१३७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल आदेश मिति : २०७१।१०।२७।४ पुनरावेदक प्रत्यर्थी ०६८-WO-०९८४ मुद्दा : उत्प्रेषणसमेत । रिट/निवेदक : जिल्ला ओखलढुङ्गा, च्यानम गाउँ विकास समिति वडा नं. ४ बस्ने पदमबहादुर कटुवाल प्रत्यर्थी वादी विरूद्ध प्रत्यर्थी : स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग सस्पेन्सन बृज डिभिजन, श्रीमहल पुल्चोक, ललितपुरसमेत § दुई फरकफरक विकासअन्तर्गत एउटा निकायको अस्थायी सेवा अवधि अर्को निकायको अस्थायी सेवा अवधिमा जोडी उपदानलगायतको सेवा सुविधा उपलब्ध गराउने व्यवस्था प्रचलित कानूनमा भएको नदेखिने । (प्रकरण नं. ४) रिट/निवेदकको तर्फबाट : प्रत्यर्थीको तर्फबाट : अविलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. ओमप्रकाश मिश्र : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२,१०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः- म निवेदक नेपाल सरकार निर्माण तथा यातायात मन्त्रालय सडक विभाग स.बृ.डिभिजनअन्तर्गत रा. प.अनं.. प्रथम श्रेणीको सिनियर बृज मेकानिकल्स पदमा मिति २०३७।६।२६ मा अस्थायी नियुक्ति पाई अनवरत रूपमा सेवा गर्दागर्दै स्थानीय पूर्वाधार विकास तथा कृषि सडक निर्माण सस्पेन्सन बृज डिभिजनअन्तर्गत जुनियर मेकानिकल रा.प.अनं. द्वितीय श्रेणीको पदमा योजना अवधिभरको लागि मिति २०४९।४।२७ देखि अस्थायी नियुक्ति पाई तोकिएको जिम्मेवारी पूरा गरिरहेकै अवस्थामा मेरो पिता विरामी परेको कारण म घर गएको र बुबाको उपचार गराउँदागराउँदै मृत्यु भएकाले काजकिरिया गरी आफ्नो कार्यालय जानलाई माओवादी द्वन्द्वको कारण असमर्थ भै राजीनामा दिएको थिएँ । मैले सेवा प्रवेश गरेको मिति २०३७।६।२६ देखि सेवामा कार्यरत रही मिति २०५८।५।१५ सम्मको २० वर्षको उपदान औषधि उपचार घर बिदा विरामी बिदालगायतका सुविधा मैले पाउनुपर्ने थियो । विपक्षी सस्पेन्सन बृज डिभिजन कार्यालयको मिति २०६७।५।१९ को निर्णय अनुसार मेरो सेवा अवधि २०४२।२।२७ देखि कायम गरी मिति २०५८।५।१५ सम्म १६ वर्ष सेवा मानी १६ वर्षको मात्र सुविधा उपलब्ध गराउने निर्णय गरेकाले सो निर्णय मलाई मर्कापर्ने गरी गैरकानूनीरूपमा भएकाले विपक्षी सडक बृज डिभिजनको मित २०६७।५।१९ गतेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मेरो सेवा अवधि २० वर्षको औषधि उपचार, सञ्चित बिदा, उपदानबापतको रकम उपलब्ध गराउनु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरिपाउँ भन्ने रिट निवेदन । यसमा के कसो भएको हो, निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो यो आदेश प्राप्त भएका मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र सम्बन्धित मिसिल साथै राखी महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पठाउनु भनी यो आदेश र रिट निवेदनको एक प्रति नक्कलसमेत साथै राखी विपक्षीहरूलाई सूचना दिई त्यसको बोधार्थ महान्यायाधिवक्ताको कार्यालयमा पठाइदिनु । लिखित जवाफ परेपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६९।१।१८ गतेको आदेश । विपक्षीको हक अधिकारमा यस कार्यालयबाट आघात पर्ने कुनै कार्य भएको छैन । विपक्षीको माग दावी यस कार्यालयसँग प्रत्यक्षत सम्बन्धित नभएकाले रिट निवेदन खारेज गरिपाउँ भन्ने नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको लिखित जवाफ । विपक्षी रिट निवेदकले यस मन्त्रालयको के कस्तो