निर्णय नं. ९३४० - कारवाही गरी क्षतिपूर्तिसमेत दिलाइ पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३४० - कारवाही गरी क्षतिपूर्तिसमेत दिलाइ पाऊँ भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७१/०८/१५ ३१५३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।८।१५।२ ०६८-CR-१२१२ मुद्दा : कारवाही गरी क्षतिपूर्तिसमेत दिलाइ पाऊँ । पुनरावेदक / वादी : जिल्ला भोजपुर याङ्गपाङ्ग गा.वि.स. वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला कपन गा.वि.स. वडा नं. ३ स्थित मेइसयु कम्पनी प्रा.लि.का संस्थापक अध्यक्ष योगेन्द्र खत्रीको अधिकृत वारेस भोजबहादुर ढकाल विरूद्ध विपक्षी / प्रतिवादी : का.जि.का.म.न.पा. वडा नं. ५ स्थित मेइसयु कम्पनी प्रा.लि.समेत एउटै प्रकृतिको उही पक्षहरू बीच चलेको मुद्दामा एकपटक सक्षम अदालतबाट निर्णय भई उक्त निर्णय अन्तिम भएर बसेको अवस्थामा पुनः सोही विषयमा उजुर गर्न पाउने हक अ.बं. ८५ नं. को व्यवस्थाले वादीलाई रहे भएको नपाइने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विपक्षी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अ.बं.८५ नं. प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ७ सुरू फैसला गर्ने : मा.न्या. श्री यज्ञप्रसाद बस्याल मा.न्या. श्री सुष्मालता माथेमा फैसला न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६७।७।२० को फैसलाउपर वादीको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ : कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वरमा द.नं. ५५२३०/०६५/०६६ मा दर्ता रहेको काठमाडौं जिल्ला कपन गा.वि.स. वडा नं. १ मा कार्यालय रहेको मेइसयु कम्पनी प्रा.लि. म निवेदक र विदेशी नागरिक हिरोताका कुमानोको संयुक्त लगानीमा जापानिज मोडेलका घरहरू निर्माण गरी बिक्री गर्ने उद्देश्यले स्थापना गरिएको हो । कम्पनीको नाममा काठमाडौं जिल्ला कपन गा.वि.स. वडा नं. ३(घ) कि.नं. ३३७, ३७०, ३७१ को क्षेत्रफल ४-५-२-० जग्गा खरिद गर्दा म उजुरीकर्ताको ७० प्रतिशत बराबर र विपक्षी हिरोताका कुमानोको ३० प्रतिशत बराबरको रकम नेपाल इन्भेष्टमेन्ट बैङ्क लि. बाट कर्जा लिई खरिद गरिएको हो । मेरो नाउँमा रहेको ३०,००० कित्ता शेयरमध्ये १६,००० कित्ता शेयर विपक्षी नाकायामा सुगुरूलाई बिक्री गरी कम्पनी सञ्चालन गरी आएकामा म कामको सिलसिलामा जापान जाँदा कम्पनीको हितको लागि आवश्यक पर्ने जग्गा खरिद गरी घर निर्माण गरी बिक्री गर्नलाई विपक्षीलाई अख्तियारनामा दिएको थिएँ । विपक्षीहरूले कम्पनीको उद्देश्यविपरीत खरिद मूल्यभन्दा अत्यन्त कममा कम्पनीको नाममा रहेका जग्गाहरू बिक्री गर्न लागेको थाहा जानकारी पाएपछि वारेसमार्फत जग्गा बिक्री गर्न नपाओस् भनी अदालतमा उजुरी निवेदन दर्ता गराएकामा मिति २०६७।१२।६ मा फैसला हुँदा निवेदन खारेज भएको रहेछ । म निवेदक नेपाल फर्की आएपछि कम्पनीको बारेमा बुझ्न जाँदा विपक्षीहरूले मेरो नक्कली हस्ताक्षरबाट विभिन्न निर्णयहरू गरी कम्पनीको नाममा रहेको अचल सम्पत्तिहरू (जग्गाहरू) कम्पनीको उद्देश्य, प्रबन्धपत्र नियमावली र सम्झौताको बर्खिलाप गरी प्रचलित मूल्यभन्दा अत्यन्तै सस्तोमा विभिन्न व्यक्तिलाई बिक्री गरी हक हस्तान्तरण गरेको कुरा मिति २०६८।१।१९ मा नक्कल सारी थाहा जानकारी हुन आएकाले त्यसउपर काठमाडौं जिल्ला अदालतमा लिखत बदर र जालसाजी मुद्दा दायर गरेको छु । विपक्षीहरूले मेरो नक्कली हस्ताक्षर गरी कम्पनीको कार्यालय