निर्णय नं. ९३४३ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३४३ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७१/०७/१० ४९६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति : २०७१।७।१०।२ ०६६-WO-१३०१ विषय: उत्प्रेषण / परमादेश । निवेदक : पाँचथर जिल्ला, पञ्चमी गा.वि.स. वडा नं. ८ घर भै हाल काठमाडौं जिल्ला धापासी गा.वि.स.वडा नं. ३ बस्ने नरेन्द्रराज श्रेष्ठ विरूद्ध विपक्षी : पुनरावेदन अदालत, पाटन ललितपुरसमेत सम्पत्तिसम्बन्धी अधिकार प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार भएको र यस्तो अधिकारलाई संविधान एवम्‌ कानूनले संरक्षण गरेको पाइन्छ । नेपालको अन्तरिम संविधान, २०६३ लेसमेत सम्पत्तिको हकलाई मौलिक हकको रूपमा ग्रहण गरी प्रत्येक नागरिकलाई प्रचलित कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक प्रदान गरेको छ । यस्तो विशिष्ट मौलिक हकको रूपमा स्थापित भएको सम्पत्तिसम्बन्धी अधिकारमा सम्बन्धित व्यक्तिको सहमती बिना रोक्का राख्नु संविधान एवम्‌ कानूनतः मिल्ने अवस्था नदेखिने । विवादित जग्गाहरूलाई जिल्ला अदालतबाट राखिएको रोक्का आदेशमा एकाघर सगोलको अंशियार भनी उल्लेख भएको देखिँदा अर्को आदेश नभएसम्मका लागि भन्दै रोक्का राख्ने गरेको र पुनरावेदन अदालतबाट समेत सो आदेशलाई सदर कायम राखेको देखिन्छ । तर जसको हकमा रोक्का राखिएको हो उसको विवादित सम्पत्तिमा हक लाग्न सक्ने स्पष्ट र कानूनसङ्गत आधार नखुलाई एकाको बापतमा अर्काको नामको सम्पत्ति रोक्का राख्न मिल्न सक्ने अवस्था नरहने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता शम्भु थापा र विद्वान्‌ अधिवक्ता कृष्ण थापा विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. नेपालको अन्तरिम संविधान, २०६३ को धारा १९ आदेश न्या.कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ: रिट निवेदन व्यहोरा सञ्चवीर राईसमेतको जाहेरीको आधारमा नेपाल सरकारबाट भीष्मभूषण श्रेष्ठसमेतलाई प्रतिवादी बनाई बिगो र हर्जानासमेत गरी जम्मा रू.२,७३,५२,५००।– को दावी लिई वैदेशिक रोजगार मुद्दाको अभियोगपत्र काठमाडौं जिल्ला अदालतमा दायर भएकामा सो मुद्दामा उक्त अदालतबाट विपक्षी भीष्मभूषण श्रेष्ठलाई थुनामा राख्ने गरी आदेश भएपश्चात्‌ भीष्मभूषण श्रेष्ठको पुनरावेदन अदालत, पाटनमा निवेदन परेकामा उक्त अदालतबाट मिति २०६४।३।२२ मा प्रतिवादी भीष्मभूषण श्रेष्ठले रू.५३,८०,०००।– नगद वा जेथा जमानत दिए तारेखमा राख्नु भन्ने आदेश भएकाले मेरो नाउँमा रहेको कि.नं. ६९ को क्षेत्रफल ३-०-०-० र कि.नं. ३४ को क्षेत्रफल २-७-०-० को जग्गा सो प्रयोजनको लागि जेथा जमानत दिन मन्जुर भई मिति २०६४।४।४ मा मन्जुरनामाको कागज गरी दिएको थिएँ । निवेदकले जेथाजमानी दिन मन्जुर गरेका उक्त जग्गाहरूको मूल्याङ्कनले धरौटी माग गरेको रकम नखाम्ने भएको र पुनरावेदन अदालतको आदेश बदर गरी निज भीष्मभूषणलाई थुनामा नै राखी मुद्दाको पुर्पक्ष गर्ने गरी यस सम्मानित अदालतबाट मिति २०६४।१०।६ मा आदेशसमेत भएको कारण जेथा जमानी स्वीकार गरिएको थिएन । मैले २०४४ र २०५५ सालमा बकसपत्रबाट प्राप्त गरी मेरो नाममा रहेका उक्त कि.नं. ६९ र कि.नं. ३४ का जग्गाहरू रोक्का राखी पाउनको लागि मिति २०६४।४।३० म