निर्णय नं. ९३४५ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३४५ - अंश चलन भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७१/०८/२३ ५६०८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।८।२३।३ ०६६-CI-०३५६ मुद्दाः अंश चलन । पुनरावेदक / वादी : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं. ९ बस्ने सुरजमल सुराना विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं. ९ बस्ने दिपचन्द सुरानासमेत वादीले अंशबन्डा भएको लिखत छैन भन्ने मात्रै दावीको आधारमा मान्यता दिँदै जाने हो भने कहिल्यै पनि विवादको निरूपणको निश्चितता नै नहुने अवस्था उत्पन्न हुन्छ । अदालतले कानूनको व्याख्या गर्दा यस्तो अनिश्चयताको बढावा हुने गरी व्याख्या गर्न हुँदैन । अदालतले कानूनको व्याख्या गर्दा विवादको निरूपण हुने गरी सिर्जनात्मक व्याख्या गर्नुपर्छ । मुलुकी ऐन, अंशबन्डाको ३० नं. ले गरेको कानुनी व्यवस्थाको उद्देश्य र प्रत्याभूति पनि यही हुन आउने । (प्रकरण नं.१५) पुनरावेदक/वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेल, माधवप्रसाद बास्कोटा, अधिवक्ताहरू सतिस कुमार झा र सुरज अधिकारी प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, वसन्त राम भण्डारी र अधिवक्ता युवराज भण्डारी अवलम्बित नजिर : नेकाप २०४५, नि.नं.३६०२, अङ्क २, पृ.९८२ नेकाप २०४५, नि.नं.३६२५, अङ्क १०, पृ.१०९६ नेकाप २०६६, नि.नं.७२२७ नेकाप २०७०, अङ्क २, नि.नं.८९६४, पृ.२४२ सम्बद्ध कानून : मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री तेजबहादुर कार्की पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री भिमेन्द्रबहादुर कार्की मा.न्या. श्री बिनोदप्रसाद ढुङ्गेल फैसला न्या.जगदीश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम पुनरावेदन अदालत, विराटनगरको मिति २०६५/१/१० को फैसला दोहोर्‍याई पाउँ भनी निवेदन परेकामा यस अदालतबाट निस्सा प्रदान भै पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छ : पिता लालचनका जीवित छोराहरूमा जेठो दिपचन सुराना, माहिलो म फिरादी सुरजमल सुराना र कान्छो निरज सुराना हुन् । पिताको २०१० सालमा नै स्वर्गारोहण भएको र आमा हुलासी देवी मेरो साथमा रहँदा बस्दा २०५७ सालमा इलाज गराउँदा गराउँदै दिल्लीमा स्वर्गारोहण पश्चात्‌ मेरै खर्चमा विराटनगर घरमा काजक्रिया भएको थियो । हामी एकासगोलमा बस्दा परिवार बढ्न गएकाले २०४६ सालमा, भएको चल सम्पत्ति दाजु दिपचन सुराना जिम्मा र आमा नाउँमा रहेको सम्पत्ति आमा जिम्मा राखी मानो छुट्याई आ-आफ्नो खती उपती व्यहोर्ने गरी भात भान्सा अलग गरी सबै दाजुभाइले आ-आफ्नो उद्योग व्यवसाय गरी आएका छौं । म फिरादीको छोरा विजय सुरानाले पनि पहिले नै नगद अंश बुझी लिई हिँड्नुभएको छ । विपक्षी मध्येका मुख्य व्यक्ति दिपचन सुरानालाई आमा हुलासी देवी सुरानासमेतका जिम्माको सम्पत्तिबाट अंश माग गर्दा विपक्षी दाजुले अंश दिन इन्कार गरेकाले २०४६ सालभन्दा अगाडिको सम्पत्तिको तायदाती फाँटवारी लिई ३ भागको १ भाग अंश दिलाई पाउँ भन्ने सुरजमल सुरानाको मिति २०६१/३/२७ को फिराद पत्र । वादीले उल्लेख गरेको नातासम्म ठिकै हो । दावी गरे अनुसार म बाट अंश पाउने होइन । पिता लालचन सुराना २०१० सालमा र आमा हुलासी देवी २०५७/८/२७ मा दिल्ली स्थित अस्पतालमा परलोक हुनु भएको हो । वादीले भने अनुसार विपक्षीको