निर्णय नं. ८७१७ - कर्तव्यज्या र ज्यान मार्ने उद्योग ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७१७ - कर्तव्यज्या र ज्यान मार्ने उद्योग । भाग: ५३ साल: २०६८ महिना: फागुन अंक: ११ फैसला मिति :२०६८/०४/२५ ५७०८ ने.का.प. २०६८, अङ्क ११ निर्णय नं. ८७१७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री भरतराज उप्रेती पुनरावेदन नं.०६६–CR–०७०७ पुनरावेदन नं.–०६७– CR–०५१८ फैसला मितिः २०६८।४।२५।४ मुद्दा : कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग । पुनरावेक प्रतिवादीः दोलखा जिल्ला, खारे गा.वि.स., वडा नं. ६ घर भै काठमाडौं जिल्ला स्वयम्भू बस्ने हाल कारागार कार्यालय, जगन्नाथ देवल त्रिपुरेश्वरमा थुनामा रहेको उमेश गुरुङ विरुद्ध प्रत्यर्थी वादीः बरुण लिम्बू समेतको जाहेरीले नेपाल सरकार पुनरावेदक वादीः बरुण लिम्बू समेतको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला, गोंगबु गा.वि.स., वडा नं. ६ बस्ने साजन महर्जन दोलखा जिल्ला, खारे गा.वि.स., वडा नं. ६ घर भै काठमाडौं जिल्ला स्वयम्भू बालाजु बस्ने उमेश गुरुङ शुरु फैसला गर्ने मा.न्या.श्री तेजबहादुर कार्की पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री तेजबहादुर के.सी. मा.न्या.श्री मीरा खड्का § तथ्यगत परिस्थितिले प्रतिवादीको घटनामा संलग्नता देखाइसकेको अवस्थामा त्यसको विपरीत साक्षीले गरेको बकपत्र सत्य कुरामा आधारित नदेखिएको अवस्थामा कसूरदारले सफाइ पाउन नसक्ने । (प्रकरण नं.९) § तथ्यपरक र तर्कसंगत आधारबिना नै परेको प्रहरी कर्मचारीको प्रतिवेदनको आधारमा कसैउपर फौजदारी मुद्दामा अभियोग लगाउँदैमा अभियोजन पक्षको कर्तव्य पूरा भएको मान्न नमिल्ने । § एउटै नाम भएका धेरै व्यक्ति हुन सक्ने भएकोले कसूरमा संलग्न रहेको व्यक्ति पहिचान नगरी नाम मिलेकै आधारमा प्रमाणबिना अभियोग लगाउनु अभियोजन पक्षको दायित्व नहुने । (प्रकरण नं.१७) § शंका, अनुमान र मनोगत विश्वासको आधारमा वारदातको स्थापना गरिँदैन । फौजदारी कानूनअनुसार कसूर गरेको भन्ने स्वतन्त्र प्रमाणबाट स्थापित भएमा मात्र सम्बन्धित कसूरदारलाई सजाय गर्न सकिने भएकोले प्रमाणबाट कसूर गरेको भन्ने स्थापित हुन नसकेको अवस्थामा कसैलाई पनि कसूरदार ठहराउन वा सजाय गर्न नमिल्ने । (प्रकरण नं.१८) पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू लभकुमार मैनाली, मोहनबहादुर बन्जारा, डा. रजितभक्त प्रधानाङ्ग र निर्मला शाक्य अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ र १३(१) § अदालती बन्दोबस्तको १९० नं. § अ.बं. १८८ नं. फैसला न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदन अदालत, पाटनको फैसलाउपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ :– मेरो भाई राकेश लिम्बूले काठमाडौँ जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ११ सुन्धारामा बेबिलोन डिस्को सञ्चालन गर्दै आएका थिए । यसैगरी राजेन्द्रबहादुर गोर्खालीले पनि काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका १ स्थित दरबार मार्गमा द रोयल डिस्को सञ्चालन गर्दै आइरहेका थिए । दुवै जनाको एउटै व्यवसाय भएको र बेबिलोन डिस्को बढी मात्रामा चलेको र राजु गोर्खाली भन्ने राजेन्द्र गोर्खालीको द रोयल डिस्को कम चल्ने भएकोले बेबिलोन डिस्कोलाई बदनाम गराई बन्द गराउने उद्देश्य लिई राजु गोर्खालीले समय–समयमा आफ्नो व्यक्तिहरू लगाई डिस्कोमा झैंझगडा गरी गराई बन्द गर्ने षड्यन्त्र रची हुलदंगा गर्न पठाई रहेका