निर्णय नं. ९३४७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३४७ - उत्प्रेषण / परमादेश भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७१/०९/२१ ३१३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री दीपकराज जोशी आदेश मिति : २०७१।९।२१।२ ०६५-WO-००६२ मुद्दा:- उत्प्रेषण / परमादेश । निवेदक : इलाम जिल्ला, इलाम नगरपालिका वडा नं. ८ घर भै हाल का.जि.का.म.न.पा. वडा नं ५ बस्ने पूर्व प्रहरी नायब निरीक्षक चिरञ्जीवि खरेल विरूद्ध विपक्षी : प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंसमेत कानूननले नै अख्तियारवालाले प्रतिवादको मौका नदिई सजाय दिनुपूर्व नै प्रतिवादको मौका नदिनु पर्ने कारण खोली पर्चा खडा गरी राख्नुपर्ने अनि मात्र सजाय गर्नुपर्ने भनी अनिवार्य कार्यविधि तोकेकामा पहिले नै सजाय गर्ने अनि मात्र प्रतिवादको मौका दिन नपर्ने भनी पर्चा खडा गरिएकोबाट निवेदकलाई नोकरीबाट हटाउने गरेको कारवाही कानून अनुरूप भएको देखिन नआउने । (प्रकरण नं.७) कानूनबमोजिम रीत नपुगी घर बिदाको दरखास्त पेस भएको भए पनि सो माग गरेको घर बिदा अस्वीकृत भएको भन्ने कुराको जानकारी निवेदकलाई दिनु बिदा दिने अधिकारीको कानूनी दायित्व हो । कानूनले यो दायित्व बिदा दिने वा नदिने अधिकारीलाई नै तोकेको छ । तर, सो दायित्व सम्बन्धित बिदा दिने अधिकारीले पालन गरेको भने देखिएन । माग गरेको बिदा अस्वीकृत भएको जानकारी नै नपाएको अवस्थामा बिदा स्वीकृत भएकै होला भनी निवेदकले गराइ रहेको उपचारलाई निरन्तरता दिनु स्वभाविककै हुन्छ । यस्तो अवस्थामा निवेदक गैह्रहाजिर रहेको भनी सेवाबाट हटाउने गरी भएको निर्णय न्यायोचित हुँदैन । (प्रकरण नं.९) गलत वतन फरक वडामा सूचना पठाएको र तामेल नभएको म्याद सूचनाको आधारबाट निवेदक फेला नपरेको वा भागी पत्ता नलागेको भन्न सकिने अवस्था हुँदैन । गलत वतनमा तामेल भएको सूचना निवेदकले प्राप्त गरे भन्न नमिल्ने हुँदा सूचना अनुरूप निवेदक कार्यालयमा हाजिर हुन आएन भन्न मिल्ने देखिन नआउने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता रेवतप्रसाद खरेल विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता टीकेन्द्र दाहाल अवलम्बित नजिर : नेकाप २०६८ मङ्सिर, नि.नं.८६६३, पृष्ठ १२७६ सम्बद्ध कानून : प्रहरी ऐन, २०१२ को दफा १० प्रहरी नियमावली, २०४९ को नियम ६०, ८४(छ), ८८(झ), ८९(२) आदेश न्या.बैद्यनाथ उपाध्याय : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् आदेश यसप्रकार रहेको छ : म निवेदक २०४६ सालमा प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भई प्रहरी नायब निरीक्षक पदमा पदोन्नती भई कर्तव्यनिष्ठ भई अपराध अनुसन्धान विभाग, नक्सालमा कार्यरत प्रहरी कर्मचारी हुँ । सो विभागमा कार्यरत हुनुभन्दा पहिलेदेखि नै म ढाड दुख्ने बिरामीको कारण नेपाल प्रहरी सङ्गठन मातहतको निकाय वीरेन्द्र प्रहरी अस्पताल, राजधानीका काठमाडौं मोडेल अस्पताल र त्रि.वि. शिक्षण अस्पतालमा उपचारत थिए । पछिल्लो पटक उक्त विभागको सिफारिसको आधारमा मिति २०६०।५।१० देखि वीरेन्द्र प्रहरी अस्पतालमा उपचार गराइरहेको थिए । त्यसै समयमा मेरो ईलाका प्रहरी कार्यालय, गोकुले, काभ्रेमा सरूवा भएपश्चात् मलाई सो कार्यालयमा हाजिर हुन जान रमना बुझ्न भनिएकाले म आफू नियमित उपचारको क्रममा रहेको हुँदा उपचार पछि रमना बुझ्न भनी मौखिक जानकारी गराउँदा जबर्जस्ती मिति २०६०।५।२२ मा रमना पत्र बुझाएको हुँदा उपचारको लागि ४ दिनको क्या.वि. लिई सोही दिन वीरेन्द्र प्