निर्णय नं. ९३४९ - लागुऔषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३४९ - लागुऔषध भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७१/०९/०३ ५२३९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला मिति : २०७१।९।३।५ ०६८-CR-११५० मुद्दा : लागुऔषध । पुनरावेदक/वादी : प्रहरी प्रतिवेदनले जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी/प्रतिवादी : गोरखा जिल्ला प्रोक गा.वि.स. वडा नं.३ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १५ स्वयम्भु वडिगालमा डेरा गरी बस्ने ओङ्गेन लामासमेत प्रतिवादीलाई पटकमा सजाय गर्न त्यस्तो अपराध भई अदालतबाट सजाय पाइसकेको हुनपर्ने अनिवार्य सर्तको रहेको देखिन्छ । एकै व्यक्तिउपर फरक वारदातमा एकै अदालतमा फरकफरक अभियोग दायर भई एकैदिन फैसला भएको अवस्थामा कुन वारदातको अभियोगमा पटक कायम गर्ने हो भन्ने कुरा कानूनले स्पष्ट गर्न सकेको पनि पाइँदैन भने सबै वारदातको कसुरमा सजाय थप गरी सजाय गर्न पनि मिल्ने देखिँदैन । पटक कायम गरी सजाय गर्न एकपटक उक्त ऐन अन्तर्गतको अपराधमा सजाय पाइसकेको भन्ने स्पष्ट कानूनी व्यवस्था गरी रहेकामा यी प्रतिवादीहरूलाई भिन्नभिन्न वारदातमा भिन्नभिन्न सजायको मागदावी लिई अभियोग दायर भई सबै अभियोगमा एकै पटक फैसला भएकै आधारमा पटक कायम गरी सजाय गर्न मिल्ने नदेखिने । (प्रकरण नं.२) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् सह-न्यायाधिवक्ता रमा पराजुली विपक्षी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४(क), १४(१)(घ), १६ नं. सुरू फैसला गर्ने : मा.जि.न्या. श्री प्रेमराज ढकाल पुनरावेदन तहमा फैसला गर्ने: मा.न्या. श्री माधवप्रसाद चालिसे मा.न्या. श्री प्रकाशकुमार ढुङ्गाना फैसला न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतमा दायर भई निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छ । मिति २०६२।७।७ गतेका दिन अवैध लागुऔषध चरेस खरिद बिक्री एवम् ओसारपसारसमेतको कारोबार गरेको मुद्दामा ओङ्गेन लामा, अर्जुन ब्लोन, शुकराज आलेसमेतका तिनजना पचास के.जी. लागुऔषध चरेससहित पक्राउ परी यस कर्यालयमा दाखिल हुन आएको र पक्राउमा परेका मध्ये ओङ्गेन लामाले स्वयम्भुमा डेरा गरी बस्छु भनी बताएको निजको डेरा कोठामा समेत लागुऔषधलगायतका अन्य प्रमाण लाग्ने चिजवस्तु फेला पर्न सक्ने सम्भावना भएकाले निजको डेरा कोठामा खान तलासी गरी अवैध चिजवस्तु फेला परे बरामद गरी दाखिला गर्नुहुन अनुरोध छ भन्नेसमेत व्यहोराको खान तलासीको लागि खटाएको पत्र । मिति २०६२।७।७ का.जि.का.म.न.पा. वडा नं. १५ स्थित वडिगाल भन्ने ठाउँमा रहेको ओङ्गेन लामाले भाडामा लिएको घर कोठा कानूनबमोजिम खान तलासी गर्दा निजको कोठाबाट काठका चौरासीवटा कलात्मक कचौराभित्र फिट हुने गरी लुकाइराखेको अवस्थामा लागुऔषध चरेस ६ के.जी. चारसय एक ग्राम फेला परी बरामद भएको ठिक साँचो हो भन्नेसमेत व्यहोराको बरामदी मुचुल्का । मिति २०६२।७।७ गतेको दिन का.जि. धापासी गा.वि.स. वडा नं. ७ स्थित धापासीबाट ५० के.जी. लागुऔषध चरेससहित पक्राउ भई आएका प्रतिवादी ओङ्गेन लामाको डेरा कोठा खानतलासीको लागि आवश्यक मद्दतका साथ मलाई खटाई पठाइएकामा निजको डेरा कोठामा गई कानूनबमोजिम खानतलासी लिँदा सो कोठामा काठका कलात्मक कचौराहरू बनाई सो कचौराका पिंधमा लागुऔषध चरेस लुकाई तयारी अवस्थामा राखेको अवस्थामा चौरासी थान कचौराबाट ६ के.जी. चारसय ग्राम लागुऔषध चरेस र उक्त कचौराहरू समेत बरामद गरी