निर्णय नं. ९३५१ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३५१ - अंश चलन भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७१/०७/०५ ४४९४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।७।५।५ ०६७-CI-०७९७ मुद्दाः अंश चलन । पुनरावेदक/प्रतिवादी : जिल्ला सुनसरी, इनरूवा नगरपालिका वडा नं. २ बस्ने दुर्गादेवी साह तेली विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला सुनसरी, इनरूवा नगरपालिका वडा नं. २ बस्ने तपेश्वर साह मुद्दा पर्नुअघिसम्म यी वादी प्रतिवादी सगोलमै रहेको अवस्था भएको र वादीको समेत प्रयासबाट छोरीबाट बकस पाएको जग्गामा घरसमेत बनाई सगोलमै बसी अएको अवस्था देखिँदा त्यस्तो सम्पत्ति प्रतिवादीहरूको मात्र अर्जनको हो भन्ने मानी प्रतिवादी जिकिरसित सहमत भई वादीलाई अंश जस्तो नैसर्गिक हकबाट बञ्चित गर्ने अवस्था हुन नसक्ने । परिवारका कोही सदस्य सबल र कोही दुर्बल हुनु सामान्य कुरा हो । परिवारका सगोलका सदस्यमध्ये कसैको पैतृक सम्पत्ति हुदैमा या नहुँदैमा वा कोही सबल र कोही दुर्बल हुँदैमा सगोलका परिवारका सदस्य एकै घर परिवारमा रही बसेको अवस्थामा आर्जन भएको सम्पत्तिमा परिवारका कुनै सदस्यको मात्र हक हुन्छ भनी अर्थ गर्नु कदापी न्यायोचित हुन सक्तैन । परिवारका कुनै सदस्यको पैतृक सम्पत्ति नहुँदैमा सगोलमा आर्जित सम्पत्तिमा अंश भाग लाग्न सक्तैन भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.२) पुनरावेदक/प्रतिवादीका तर्फबाट : प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजिर : नेकाप २०६४, अङ्क २, पृष्ठ १४० स.अ.बुलेटिन, अङ्क ५, वर्ष २४, पृष्ठ २४ सम्बद्ध कानून : मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. सुरू फैसला गर्नेः मा.न्या. श्री हरिबहादुर बस्नेत मा.न्या. श्री द्वारिकामान जोशी फैसला न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा दायर भै निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ । म वादीको एकमात्र श्रीमती दुर्गादेवी हुन । हामीबाट एक छोरा एक छोरीको जायजन्म भएकामा छोरा मनोज र छोरी ममताको विवाह भई सकेकामा म वादी, पत्नी र छोरा गरी ३ अंशियार हौं, हामी सगोलमा बसी आएका छौं । म वादीले इनरूवा बजारमा ग्लास कर्नरको पसल गरी कमाई पत्नीका नाममा घडेरी किनी घर बनाई बसी आएको र सगोलबाटै उद्योग खोली गाडी, मोटरसाइकल किनी आएकामा पारिवारिक विवाद भै २०६१ सालमा दे.दा.नं. ९२० को अंश चलन मुद्दा गरेको थिएँ । उक्त मुद्दामा सगोलमा बस्ने गरी मिलापत्र भएको थियो । मिति २०६३।६।२२ गते प्रमाणका मानिस राखी अंशबन्डा गरी दिनु भन्दा अंश दिन इन्कार गरेकाले घरमा भएका विभिन्न सामान रूख, विरूवा, टेबुल, फर्निचरलगायतका दुर्गादेवीका नाममा दर्ता रहेको इनरूवा नगरपालिका वडा नं. २ को कि.नं. १९१,१३९ को ०-०-१५ जग्गा र त्यसमा भएको घर र अन्य जग्गाहरू समेतबाट ३ भागको १ भाग अंश पाउँ भन्नेसमेत व्यहोराको वादीको मिति २०६३।८।२४ को फिरादपत्र । पति पिताको साथमा कुनैपनि पैतृक सम्पत्ति नभएको पिताले आफ्ना दाजुभाइउपर अंश चलन मुद्दा गरेकामा कुनै अचल सम्पत्ति नभएकाले अंश पाउनुभएको थिएन, म मनोज साहले रू.१२,०००।- सापट मागी हामी दुवै प्रतिवादीले २०५४ सालमा आफ्नै प्रोप्राइटरमा ग्लास कर्नरको व्यवसाय थाली हाम्रो लगनशीलताले व्यवसाय सफल हुँदै जाँदा र २०५७ सालमा छोरी ममताले ०-०-१० जग्गा बकसपत्र गरी दिएपछि व्यवसायबाट आएको पैसाले बिस्तारै घर बनाई बसोबास गरी आएका छौं । उक्त व्यवसायबाटै हामी प्रतिवादीमध्ये