निर्णय नं. ९३५२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३५२ - कर्तव्य ज्यान भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७१/०८/२४ ४८७६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७१।८।२४।४ ०६७-CR-१२११ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : रोल्पा जिल्ला, लिवाङ्ग गा.वि.स. वडा नं. ४ घर भई कारागार कार्यालय, रोल्पामा कैदमा रहेका जोखबहादुर वि.क. विरूद्ध प्रत्यर्थी/वादी : सुप्रा परियारको जाहेरीले नेपाल सरकार सहअभियुक्तको पोललाई प्रमाणको रूपमा लिन मिल्ने नमिल्ने सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा ३८ को साक्षी हुन सक्ने व्यक्तिमा मतियारलगायत जुनसुकै व्यक्ति साक्षी हुन सक्ने भनी उल्लेख गरिएको हुँदा सहअभियुक्तको पोललाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने देखिने । वारदातसँग सार्थक सम्बन्ध रहेकी सहअभियुक्त रिसा परियारको पोल यी प्रतिवादी विरूद्धको प्रत्यक्ष प्रमाणको रूपमा रहेको हुँदा प्रस्तुत मुद्दामा सहअभियुक्तको पोललाई प्रमाणमा लिन मिल्ने देखिने । (प्रकरण नं. ५) विवाहित पुरूषले अन्य विवाहित महिलासँग निजको लोग्नेको अनुपस्थितिमा अवैध यौन सम्बन्ध कायम गरी आफ्नो वीर्यबाट निज महिलालाई गर्भधारण गराएकामा उक्त गर्भको सम्बन्धमा निज महिलाले सामाजिकरूपमा बहिस्कृत हुनुपर्ने र लामो समयसम्म सामाजिक लान्छनाको कारण आफ्नो इज्जत र प्रतिष्ठामा लागेको दाग बोकी हिँडनुपर्ने हुन्छ । यसको कारण महिलाले एकपटक नभई पटकपटक आफूलाई समाजको अगाडि परीक्षण गर्नुपर्ने हुँदा सोही कारण निजको मानसिक अवस्थामा समेत विचलन आउन सक्दछ । लामो समयको सामाजिक तिरस्कार तथा लोक लाजबाट बच्न आपराधिक कार्यको परिणामका सम्बन्धमा कुनै सोच विचारै नगरी शिशु जन्मनासाथ शिशुलाई जन्म दिने आमाले गरेको हत्यामा ऐन अनुसार सजाय गर्दा चर्को पर्न जाने अवस्था र परिस्थितिलाई समेत विचार गरी सजायमा कमी गर्न अ.बं. १८८ नं को प्रयोग विचारणीय हुन सक्ने । (प्रकरण नं. ७) पुरूषप्रधान हाम्रो समाजमा विद्यमान सामाजिक संरचना र मानिआएको परम्परागत मान्यताका कारण पनि पुरूषलाई सामाजिक लोकलाजको अवस्थाबाट गुज्रनुपर्ने अवस्था नआउने हुँदा सामाजिक लोकलाजको अवस्थाबाट खासगरी पुरूष नभई महिला नै गुज्रनुपर्ने हुन्छ, यस्तो अवस्थामा सोही बहानामा जातक शिशुको हत्या गर्ने पुरूषलाई सजायमा कमी वा छुट दिनु न्यायिक स्वविवेकको सही प्रयोग मान्न नसकिने । सामाजिकरूपमा लान्छना सही नौ महिनासम्म अवैध गर्भलाई आफ्नो पेटमा राखी जीवित बच्चा जन्माउने आमाको विरोधका बावजुद घरबार बिग्रने बहानामा बच्चा मार्ने कार्यमा संलग्न यी प्रतिवादीलाई ऐन अनुसार तोकिएको सजायमा कमी वा छुट दिनु विद्यमान दण्ड नीतिको समेत प्रतिकूल हुने देखिने । (प्रकरण नं. ८) निवेदक/प्रतिवादीको तर्फबाट : विद्वान्‌ अधिवक्ता भोजराज आचार्य प्रत्यर्थी/वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अ.बं. १८८ नं. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, १३(३), १७(३) नं. सुरू तहमा फैसला गर्ने : मा.न्या. श्री राजुकुमार खतिवडा पुनरावेदन तहमा फैसला गर्ने : मा.मु.न्या. श्री विश्वनाथ जोशी मा.न्या.श्री सलाहुद्दीन अख्तर सिद्धिकी फैसला न्या. ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, तुलसीपुरबाट मिति २०६७।१०।२५ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुरावेदनको रोहमा दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्‍‍क्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छ : जाहेरी दरखास्तः मेरो छिम