निर्णय नं. ९३५३ - जिउनी जग्गामा हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३५३ - जिउनी जग्गामा हक कायम भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७१/११/०३ ६५५७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र फैसला मिति : २०७१।११।३।१ ०६७-CI-१३३७ मुद्दा : जिउनी जग्गामा हक कायम पुनरावेदक/प्रतिवादी : पाँचथर जिल्ला, फिदिम गाउँ विकास समिति वडा नं. १ घर भई भेडेटार प्रहरी चौकी धनकुटामा कार्यरत वर्ष ४७ को मानबहादुर विश्वकर्मा विरूद्ध प्रत्यर्थी/वादी : पाँचथर जिल्ला, फिदिम गाउँ विकास समिति वडा नं. १ बस्ने पदमबहादुर विश्वकर्मा ०६७-CI-१३३८ पुनरावेदक/वादी : पाँचथर जिल्ला, फिदिम गाउँ विकास समिति वडा नं. १ बस्ने पदमबहादुर विश्वकर्मा विरूद्ध प्रत्यर्थी/प्रतिवादी : पाँचथर जिल्ला, फिदिम गाउँ विकास समिति वडा नं. १ घर भई भेडेटार प्रहरी चौकी धनकुटामा कार्यरत वर्ष ४७ को मानबहादुर विश्वकर्मा अंश र अपुताली फरकफरक प्रयोजनका लागि व्यवस्थित साम्पत्तिक अधिकार भएको हुँदा पहिले अंश लिएको आधारमा अपुतालीको २ नं. अनुसार सबै हकवालाले समानरूपमा प्राप्त गर्न सक्ने अपुताली हकबाट अंशियारको रूपमा रहेका कुनैपनि हकवालालाई बञ्चित गर्न मिल्ने नदेखिने । (प्रकरण नं.५) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता माधव बास्कोटा र विद्वान्‌ अधिवक्ता सुरज अधिकारी प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता चन्द्रप्रसाद घिमिरे अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अपुतालीको महलको २, ७ र ११ नं. मुलुकी ऐन, अंशबन्डाको महलको १ नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री महेन्द्रराज गौतम पुनरावेदन अदालतमा फैसला गर्ने : मा.न्या. श्री मोहनबहादुर कार्की मा.न्या.श्री रेवन्तबहादुर कुँवर फैसला न्या.दीपकराज जोशी : पुनरावेदन अदालत, इलामबाट मिति २०६७।१।१३ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहमा दायर भै पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छ : पिता धनबहादुर विश्वकर्माका ४ भाइ छोराहरूमा जेठा रामचन्द्र, माहिला नरबहादुर, साहिँला म फिरादी पदमबहादुर र कान्छा विपक्षी मानबहादुर हुन् । पिता धनबहादुर जीवित छँदै हामी चारै भाइ अंशियारले आ-आफ्नो भागको अंश हक कानूनबमोजिम नरमगरम मिलाई बाँडफाँड गरी बन्डा गरी लियौं । दाजु रामचन्द्रले हामीभन्दा अघि २०३२।२।१३ गते नै अंश हक बुझी सकेको हुँदा स्व. पिता धनबहादुरका नाममा जिउनी रहेको पाँचथर, फिदिम-१(क) कि.नं. १६९० को जग्गामा हामी तीनै भाइ विपक्षी मानबहादुर, फिरादी पदमबहादुर र दाजु नरबहादुर विश्वकर्मासमेतको हक हुने हुँदा हामीहरूको नाउँमा गोश्वारा हक कायम गरी हाम्रा नाममा स्रेस्ता जनिने गरी मालपोत कार्यालय, पाँचथरबाट दा.खा. नामसारी हुने गरी निर्णयसमेत गरिपाउँ भन्नेसमेत व्यहोराको वादी पदमबहादुर विश्वकर्माको तर्फबाट मिति २०६५।६।६ मा सुरू पाँचथर जिल्ला अदालतसमक्ष परेको फिरादपत्र । यी फिरादीले आफूले प्राप्त गरेको आफ्नो अंशको जग्गा बिक्री गरिसकेको छन् । म साबालक भई मिति २०५५।१२।१७ मा मेरो पाउने अंश भाग पिता धनबहादुरले बन्डा पास गरिदिनु भएकामा यी फिरादीले यसै सम्मानित अदालतमा उजुर गरी कारवाही हुँदा मति २०३४।९।१८ को घरसारको बन्डापत्र कागजलाई किर्ते जालसाजी हो भनी बयान गरेबाट त्यसमा रेखा जाँचसमेत भै यी वादीलाई किर्ते जालसाजतर्फ जरिवाना हुने ठहरी मिति २०५७।७।२१ मा फैसला भएको र सो फैसला अन्तिम भएर बसेको हुँदा