निर्णय नं. ९३५४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३५४ - कर्तव्य ज्यान भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७१/११/२५ ७३४९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७१।११।२५।२ २०६८-CR-०८८६ मुद्दा :- कर्तव्य ज्यान पुनरावेदक/वादी : भुपालमान थापाको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी/प्रतिवादी : मोरङ जिल्ला विराटनगर उप.म.न.पा. वडा नं. १ घर भई काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ७ चावहिल गंगाहिटी बस्ने मुरारी धमलासमेत २०६८-CR-१२३६ पुनरावेदक/प्रतिवादी : विश्वनाथ धमलाको छोरा मोरङ जिल्ला विराटनगर उप.म.न.पा.वडा नं.१ घर भई काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.७ चाबहिल गगाहिटी बस्ने मुरारी धमला विरूद्ध विपक्षी/वादी : भुपालमान थापाको जाहेरीले नेपाल सरकार प्रतिवादीकै मनसाययुक्त जानाजानको reckless and willful उक्साहटले प्रस्तुत वारदात निर्माणमा प्रमुख भूमिका खेलेको हुँदा उक्त कार्यको दायित्वबाट प्रतिवादीलाई उन्मुक्ति दिँदा अपराधीलाई सजाय गर्ने फौजदारी न्यायशास्त्रको उद्देश्य पराजित हुनेहुँदा मृतकको जीवनलीला समाप्त गर्ने कुरामा निर्णायक भूमिका निर्वाह गर्ने प्रतिवादीलाई उन्मुक्ति (clean chit) दिने कुरालाई फौज्दारी न्यायले स्वीकार गर्न नसक्ने भएबाट प्रतिवादीको मनसाययुक्त reckless fault र मृतकको मृत्युको परिणाम result बीचको सम्बन्ध connection स्थापित गरेको अवस्थामा उक्त chain of causation लाई कुनै intervening acts or events ले भङ्ग गरेको नदेखिने । (प्रकरण नं.२३) नारीसुलभ स्वभावले गर्दा एउटी महिलाले सबै इतिवृत्तिको जानकारी लिएर नै विवाहको निर्णय गर्छन् भन्न सकिन्न । कतिपय अवस्थामा निजहरूले स्वेच्छापूर्वक निर्णय गर्ने अवसर पनि पाउँदैनन् । यस बारे दुइदुई तहले प्रमाणको मूल्याङ्कन गरी गरेको निष्कर्षलाई कोरा अनुमानको आधारमा मात्रै यस अदालतले अन्यथा गर्नु उपयुक्तसमेत नहुने । (प्रकरण नं.२५) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता रेवती त्रिपाठी तथा विद्वान् उपन्यायाधिवक्ता दुर्गा खड्का विपक्षी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू सर्वश्री लवकुमार मैनाली, भीमार्जुन आचार्य र सुवास आचार्य अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, दण्ड सजायको महलको १०, १३(३), ४१, १८८ नं. सुरू काठमाडौं जिल्ला अदालतमा फैसला गर्ने : मा.जि.न्या श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन अदालत पाटनमा फैसला गर्ने : मा.मु.न्या. श्री केशरीराज पण्डित मा.न्या. श्री डा. कुलरत्न भुर्तेल फैसला न्या.गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : मिति २०६५।२।९ गते राति मादक पदार्थ सेवन गरी आएका पिता मुरारी धमलाले आमा अम्बिका धमलालाई शरीरमा आगो लगाई, मैले गाउँलेलाई बोलाउन खोज्दासमेत बोलाउन नदिएपछि मैले एक बाल्टिन पानी खन्याई आगो निभाइ उपचारको निम्ति वीर अस्पतालमा उपचार गराई रहेको हुँदा कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको ऋचा धमलाको जाहेरी दरखास्त । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ७ गंगाहिटी स्थित मुरारी धमलाको दक्षिण मोहडाको भुइँतल्लासहितको साढे तीन तल्ले पक्की घरमा माथिल्लो तल्लामा बैठक कोठामा रहेको गलैचा केही जलेको, किचनको भुइँमा कागजको जलेको टुक्रा रहेको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का । मेरो श्रीमान् मुरारी धमलाले म जेठी श्रीमती