निर्णय नं. ९३५५ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३५५ - लेनदेन भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७१/१०/२७ ६९९३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ आदेश मिति : २०७१।१०।२७।३ ०६८-CI-०४८५ मुद्दा :- लेनदेन निवेदक/प्रतिवादी : जिल्ला सप्तरी झुट्की गा.वि.स. वडा नं. ३ बस्ने भुला मुखिया विरूद्ध विपक्षी/वादी : जिल्ला सप्तरी झुट्की गा.वि.स. वडा नं. ४ बस्ने विन्देश्वर यादव कपाली तमसुकका धनी र राजिनामा लिखतका धनी (खरिदकर्ता) फरकफरक व्यक्ति रहेको अवस्थामा दुवै लिखतको अन्तरसम्बन्ध रहेको छ भनी विश्वास गर्न सकिने अवस्था नहुँदा अलगअलगरूपमा तयार भएको कपाली तमसुक र राजिनामा लिखतको आ-आफ्नै अस्तित्वलाई एकअर्कासँग जोडेर कुनै प्रमाण तथा कानूनी आधारविहीन अवस्थामा तिनीहरूको स्वतन्त्र अस्तित्वमाथि प्रभाव पर्ने गरी समाहित गर्न नमिल्ने अवस्थामा कानूनी मान्यता प्राप्त लिखतबमोजिमको दायित्वलाई प्रतिवादीले बिना आधार इन्कार गर्न सक्ने अवस्था नआउने । (प्रकरण नं.५) प्रतिवादीले लिखत फट्टा गर्ने आफ्नो दायित्व पूरा नगरेको अवस्थामा प्रतिवादी जिकिरबमोजिम कानूनअनुसार भएको कपाली तमसुक लिखतलाई अन्य मौखिक कथनहरूबाट गलत सावित नमिल्ने हुँदा कानूनले स्पष्टरूपमा निर्धारण गरेको प्रक्रिया नपुर्याएको अवस्थामा अन्य प्रक्रियाबाट भए गरेको व्यवहारले कानूनी मान्यता पाउन नसक्ने । (प्रकरण नं.८) निवेदक/प्रतिवादीका तर्फबाट : विपक्षी/वादीका तर्फबाट : विद्वान् अधिवक्ता रामनारायण देव अवलम्बित नजिर : नेकाप २०६८, अङ्क १, नि.नं.८५३२, पृ.१ सम्बद्ध कानून : मुलुकी ऐन, लेनदेन व्यवहारको महलको १ र ५ नं. सुरू अदालतमा फैसला गर्नेः- मा.जि.न्या. श्री दुर्गादत्त भट्ट पुनरावेदन अदालतमा फैसला गर्नेः- मा.न्या. श्री अली अकवर मिकरानी मा.न्या. श्री शम्भुबहादुर खड्का फैसला न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(ख) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भै दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : विपक्षी प्रतिवादीले बन्दव्यापार तथा घर खर्च गर्नलाई मसँग रू.५१,०००।- कर्जा लिई २०६० साल असार मसान्तसम्ममा सयकडा १० प्रतिशतले ब्याज लगाई साँवा ब्याजसमेत चुक्ता गर्ने भाखा राखी मिति २०५९।८।१० मा गरी दिएको सक्कल कपाली तमसुक मसँग छ । उक्त भाखा नाघेपछि साँवा ब्याज बुझाई दिन ताकेता गर्दा आज भोलि भनी नदिएकाले फिराद गर्न आएको छु । अतः साँवा रू.५१,०००।-, सोको आज फिराद मितिसम्मको हुने ब्याज रू.१२,६२३।- समेत जम्मा रू.६३,६२३।- तथा बिगो भराउ मितिसम्मको ब्याज र कोर्ट फीसमेत विपक्षीबाट दिलाई भराई पाउँ भन्ने फिरादपत्र । वादीसँग ऋण लिएको छैन । मेरो नाउँ दर्ताको कि.नं. ३२ को ०-५-१९ मध्ये ०-२-० जग्गा विपक्षीलाई बिक्री गर्ने नियतले रू.१०,०००।- उपचारका लागि मिति २०५९।८।१० मा लिएको थिएँ । सो दिन जग्गा राजिनामा गर्न नसकेकाले निजलाई तमसुक गरी दिएको थिएँ । २०५९।८।११ मा मेरो नागरिकता घरमा छुट्यो र मेरी पत्नी हरिहर देवीको नाउँमा राजिनामा गरिदेउ भन्दा र.नं. ३५५७ बाट राजिनामा गरी दिएको हुँ । सक्कल दाखिला भएपछि अ.बं. ७८ नं. बमोजिम बयान गर्ने छु भन्नेसमेत व्यहोराको प्रतिउत्तरपत्र । लिखतमा भएको सहीछाप भुला मुखियाको हो । लिखत सद्धे हो । प्रतिवादीले आफ्नो नाउँको कि.नं. ३२ को ०-५-१९ मध्ये दक्षिणतर्फबाट ०-२-० जग्गा वादीलाई बिक्री गर्ने कुराकानी भई मिति २०५९।८