निर्णय नं. ९३५६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३५६ - कर्तव्य ज्यान भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७१/१२/२० ३०२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।१२।२०।६ ०७१-RC-१०६ मुद्दा :- कर्तव्य ज्यान । वादी : जिल्ला सिराहा, लालपुर गा.वि.स.वडा नं. ७ बस्ने नरबहादुर आलेसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : जिल्ला सिरहा, लालपुर गा.वि.स.वार्ड नं. ७ बस्ने शेखरकुमार थापा मगर मुलुकी ऐन, दण्ड सजायको महलको ८ नं. ले एकै जनाले धेरै पटक सर्वस्वसहित जन्मकैद वा अरू कुनै सजाय हुने खत गरेको भएपनि कुनै खतमा सर्वस्वसहित जन्मकैद र जन्मकैदमध्ये ठूलो सजाय भएपछि अरू सानो सजाय हुने खत खापिदैन भन्ने कानूनी व्यवस्था भएबाट सुरूले दावीको ज्यान मार्ने उद्योगसमेतको कसुर प्रतिवादीले गरेको कायम गरी प्रतिवादीलाई ठूलो खत ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरी गरेको फैसलालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.४) वादीका तर्फबाट : प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, ३, १३, १५ नं. मुलुकी ऐन, दण्डसजायको महलको ८ नं. सुरू फैसला गर्नेः- मा.जि.न्या. श्री ऋषिराम निरौला पुनरावेदन तहमा फैसला गर्नेः- मा.न्या. श्री तेज बहादुर के.सी. मा.न्या. श्री प्रकाश चन्द्र गजुरेल फैसला न्या.ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, जनकपुरको मिति २०७०।१०।२२ गतेको फैसलाउपर शेखरकुमार थापा मगरको हकमा न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम साधक जाहेर भै दाएर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : मिति २०६८।५।३१ गते दिउँसो जिल्ला महोत्तरी हातिलेट ३ मा बस्ने आफन्त रिठ्ठे आलेको घरमा मेरो नाति ईवक आले र छिमेकी बेटे आले आराम गरिरहेको अवस्थामा छोरा शेखर थापाले खुकुरी प्रहार गरी ईवक आलेलाई कर्तव्य गरी मारेको र छिमेकी बेटे आले घाइते भएको हुँदा कानूनबमोजिम गरिपाउँ भन्ने जगत थापाको निवेदन । मिति २०६८।५।३१ गते जिल्ला महोत्तरी हातिलेट ३ स्थित रिठ्ठे आलेको घरमा शेखर थापाले खुकुरी प्रहार गरी ईवक आलेको हत्या गरेको र बेटे आलेलाई घाइते बनाएको, खुकुरीमा रगत लागेको देखिएको, मृतकको शरीरबाट निस्केको रगतले भर्याङ्गसमेत भिजेको देखिएको, मृतकको घाँटीको रूद्रघण्टीदेखि दाहिने साइडमा ३१/२ इन्च लामो र १ इन्च चौडा गहिरो आलो घाउ रहेको भन्नेसमेत व्यहोराको लास जाँच मुचुल्का । मसमेतको व्यक्तिहरूले शेखर थापालाई उपचारको लागी ल्याएका थियौं, महोत्तरी जिल्लाको माइस्थानमा अवस्थित एकजना महिलासँग झारफुक गराई मिति २०६८।५।३१ गते घरमा खाना खाई हामी आराम गरिरहेका थियौं । अचानक धारीलो हतियार काँधमा प्रहार भएको थाहा पाई ब्यूँझी हेर्दा शेखर थापाको हातमा खुकुरी र सँगै रहेको ईवक आलेको घाँटी काटिएको र अत्यधिक मात्रामा रगत बगेको देखे, शेखर थापाले प्रहार गरेको खुकुरीले ईवक आलेको मृत्यु तथा म घाइते भएको हो भन्नेसमेत व्यहोराको घाइते बेटे भन्ने रमित थापा मगरको कागज । मिति २०६८।५।३१ गते जिल्ला महोत्तरी हातिलेट ३ स्थित रिठ्ठे आलेको घरमा जि.सिरहा लालपुर ७ बस्ने शेखर थापाले आफ्नो भान्जा ईवक आलेलाई खुकुरी प्रहार गरी हत्या गरेको र ऐ.ऐ.बस्ने बेटे आले भन्ने रमित आले (थापा) लाई घाइते बनाएको हुँदा कानूनबमोजिम गरी पाउन प्रतिवादी शेखर थापालाई सबुत प्रमाणसहित दाखिला गरेको हुँ