निर्णय नं. ९१८३ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१८३ - भ्रष्टाचार भाग: ५६ साल: २०७१ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/०४/१८ ३४९७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१।४।१८।१ ०६८-CR-०३६५ मुद्दा :– भ्रष्टाचार (बैङ्क ढुकुटीको रकम हिनामिना) । पुनरावेदक/वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत हेमराज भट्टराईको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : सल्यान जिल्ला, खलङ्गा गा.वि.स. वडा नं. ९ घर भै राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय, गुलरिया, बर्दियाका सहायक प्रबन्धक (तत्कालीन निमित्त प्रमुख) पदमा कार्यरत् सुविलकुमार राई ०६८-CR-०५२२ पुनरावेदक/प्रतिवादी : बाँके जिल्ला, सीतापुर गा.वि.स. वडा नं. ४ हाल ऐ. नेपालगन्ज नगरपालिका वडा नं. १६ घर भै राष्ट्रिय वाणिज्य बैङ्क, शाखा कार्यालय गुलरिया, बर्दियाको प्रबन्धक (तत्कालीन कार्यालय प्रमुख) पदमा कार्यरत् अनिलकुमार मल्ल विरूद्ध प्रत्यर्थी/वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत हेमराज भट्टराईको प्रतिवेदनले नेपाल सरकार § आर्थिक कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्थामा कार्यरत् प्रबन्धक (कार्यालय प्रमुख) आफ्नो काम कर्तव्य र जिम्मेवारीप्रति सचेत रहनुपर्ने कुरामा विवाद छैन । बैङ्कको नगद मौज्दात, नोटकोष लगायतका कोषको संरक्षणको मुख्य जिम्मेवारीमा रहेको प्रबन्धकले बिदामा बस्दा वा आफ्नो जिम्मेवारी आफू भन्दा तल्लो कर्मचारीलाई हस्तान्तरण गर्दा औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने । § बैङ्कजस्तो आर्थिक कारोबार गर्ने निकायका प्रबन्धक जस्तो जिम्मेवार पदमा कार्यरत् प्रतिवादीले आन्तरिक परिपत्र जारी गरी एक दिनको लागि मात्र बिदा बस्ने उल्लेख गरेको र पूर्वस्वीकृतिसम्म नलिई सात (७) दिनसम्म बिदा लिई उक्त बिदाको स्वीकृति पछिमात्र गराएको देखिन्छ । एक दिनको बिदाको निम्ति परिपत्र जारी गरी सात (७) दिनसम्म बिनाआधार कारण बिदामा बस्नु नै निजमा बद्नियत रहेको देखिने । (प्रकरण नं. ३) § बैङ्कको प्रमुख प्रबन्धक पदमा कार्यरत् व्यक्तिले आन्तरिक परिपत्र जारी गरी सहायक प्रबन्धकलाई एक दिनको लागिमात्र जिम्मेवारी दिएको कुरा उक्त परिपत्रमा उल्लेख गरी लामो बिदा बसेको कुरालाई स्वभाविक मान्न सकिँदैन । बिदा बस्दा बिदा स्वीकृत गर्ने अधिकारीबाट स्वीकृत गराई आफूसँग भएको ढुकुटीको चाबी, नगद मौज्दात तथा नोटकोषको विवरणलगायतका यथार्थ विवरणसहितका जिम्मेवारीहरू निमित्त भै काम गर्ने सहायक प्रबन्धकलाई प्रक्रियागत ढङ्गबाट हस्तान्तरण हुनुपर्नेमा प्रतिवादीले उक्त जिम्मेवारी पूरा गरेको देखिन नआउने । § बैङ्कका प्रबन्धकको मातहतमा रहेका प्रतिवादी सुनिलकुमार राईउपर प्रबन्धकको अनुपस्थितिमा कार्यालयको काम प्रभावित हुन नदिने कर्तव्य र दायित्वसमेत रहेकोले एक दिनको लागिमात्र प्रबन्धक बिदामा बसेको अवस्थामा बैङ्कको प्रतिष्ठामा आँच आउन नदिने तथा सेवाग्राहीलाई मर्का पर्न नदिनको लागि आपसी विश्वास र सद्भावमा काम गर्नैपर्ने अवस्थाको सिर्जना भएको देखिन्छ । सोहीअनुसार प्रतिवादी सुविलकुमार राईले प्रबन्धकसमेतउपर विश्वास गरी निजको अनुपस्थितिमा निमित्त प्रबन्धक भै कार्य गरेको र सो गर्नैपर्ने बाध्यता सिर्जना भएको अवस्थामा बैङ्ककै कार्य सम्पादनको सिलसिलामा रकम झिकेको कारणबाटै निजलाई दोषी ठहर गर्नु न्यायोचित नहुने । (प्रकरण नं. ५) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता शंकरबहादुर राई प्रतिवादीका तर्फबा