निर्णय नं. ९३५९ - अंशचलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३५९ - अंशचलन भाग: ५७ साल: २०७२ महिना: असार अंक: ३ फैसला मिति :२०७१/१०/१५ ५३६९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।१०।१५।५ ०६५-NF-००१३ मुद्दाः अंशचलन । पुनरावेदक / प्रतिवादी : जिल्ला सुनसरी औरावनी गा.वि.स. वडा नं. ९ बस्ने इस्लाम मियाँसमेत विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला सुनसरी औरावनी गा.वि.स. वडा नं. ९ बस्ने महम्मद कलिम मियाँसमेत जीयजीय भन्नाले अंशबन्डा नभएको भए सबै अंशियार बीच अंशबन्डाको महलको २ नं. अनुरूप बराबर अंश लाग्ने हुन्छ । एकै सगोल परिवारमध्येमा पनि केही अंशियारले मिलापत्र गरी वा अन्य कुनै व्यहोराबाट अंश लिएको वा पाएको भए वा छोडपत्र गरेको भएमा कानूनले त्यस्तो व्यक्ति अंशियारले उसको भाग अंश उसैसँग गएको भनी मान्नुपर्ने हुँदा उसको भाग पनि सगोलको सम्पत्तिबाट पुनः छुट्टै भाग छुट्याई बाँकी सगोलको अंशियारामध्येकै कुनै एकलाई हुने गरिदिन वा लिन नमिल्ने । सगोलमा रहेको वा अंश बन्डा नभएको भए सगोलका अंशियारमध्ये कसैका नाउँमा रहेको भएपनि कानूनतः बराबर बन्डा लाग्दछ । अंशियारबाट छुट्टिनेलाई पुनः अंशियाराहरूबीचमा उसको गन्ती हुन सक्दैन । अलग भएका अंशियारको भाग पुनः सगोलको सम्पत्तिबाट छुट्याउने हो र कुनै एक अंशियारलाई दिने हो भने दोहोरो अंश भाग लाग्न जाने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : नेकाप २०४५, अङ्क ६, नि.नं.३४८०, पृ.५४८ नेकाप २०४३, अङ्क ८, नि.नं.२८३४, पृ.८४३ सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा १ को खण्ड (ख) प्रमाण ऐन, २०३१ को दफा ६ को खण्ड (क) मुलुकी ऐन, अंशबन्डाको महलको १, २, १८, ३० नं. सुरू फैसला गर्नेः- मा.जि.न्या. श्री इन्द्रमान कर्माचार्य पुनरावेदन तहमा फैसला गर्नेः- मा.न्या.श्री प्रेम शर्मा मा.न्या. श्री परशुराम झा यस अदालतमा फैसला गर्नेः- मा.न्या. श्री राम नगिना सिंह मा.न्या. श्री हरिजंग सिजापती फैसला न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम यस अदालत संयुक्त इजलासबाट मिति २०६१।१।१६ मा भएको फैसला पुनरावलोकन गरी हेरिपाउँ भनी निवेदक प्रतिवादीहरूका तर्फबाट निवेदन दर्ता भएकामा यस अदालत पूर्ण इजलासको मिति २०६५।५।२० को आदेशअनुसार पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भई पुनरावलोकनतर्फ दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- स्व.महम्मद किताव मियाँको पत्नी म फिरादी तेतरी र छोराहरूमा म वादी अब्दुल रहमान, विपक्षी बंशी मियाँ, महम्मद इस्लाम मियाँ, वादी म महम्मद सलीम मियाँ र महम्मद कलीम मियाँ हौँ र बंशीकै श्रीमती खैतुन र छोरा नुर महम्मद मियाँ हुन् । हामी जम्मा ६ अंशीयार हौं । पिताका शेषपछि हामी एकासगोलमा बसी खती उपती आर्जन गरी आउँदा घरको पढे लेखेको विपक्षी बंशी हुँदा हामीले जनवन गरी कमाई ल्याएको रूपैयाँ बंशीलाई जिम्मा दिई सो रूपैयाँले हाम्रो सल्लाहअनुसार विपक्षी बंशी र निजको श्रीमतीका नाउँमा जग्गा खरिद गरी एकासगोलबाटै भोग चलन गरी आएका हौं । परिवार धेरै भएको कारणले सगोलमा बस्न नसक्ने अवस्था भएबाट बन्डा गरौँ भनी विपक्षीहरूलाई भन्दा आलटाल गरेकाले अन्यायमा परी विपक्षीहरू उपर अंशबन्डाको १, ४, ३ र ५ नं. बमोजिम ऐनको म्यादभित्र फिराद गर्न आएका छौं । तसर्थ हाम्रा सा