निर्णय नं. ९३६० - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३६० - भ्रष्टाचार भाग: ५७ साल: २०७२ महिना: असार अंक: ३ फैसला मिति :२०७१/०८/१६ ५१४० सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्र.न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७१।८।१६।३ ०७०-CR-०४१८ मुद्दाः- भ्रष्टाचार । पुनरावेदक / वादी : नेपाल सरकार (सैनिक अनुसन्धान समिति) विरूद्ध प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उ.म.न.पा.वडा नं.१५ घर भई श्री नं.११ बाहिनी अड्डाका व्य.नं.१५८७ चा.सहायक रथी (तत्कालीन महासेनानी) सुधीर श्रेष्ठ भ्रष्टाचारजन्य कसुर स्थापित हुनको लागि प्रतिवादीले आफू वा अरू कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्याएको भन्ने कुरा प्रत्यक्ष, सार्थक र निश्चयात्मक प्रमाणबाट शङ्कारहित तवरले पुष्टि भएको हुनुपर्ने । प्रमाण ऐन, २०३१ को दफा २५ को कानूनी व्यवस्थाअनुसार फौजदारी कसुरसम्बन्धमा अभियोजन पक्षले प्रतिवादीउपर लगाएको आरोपलाई शङ्कारहित तवरले पुष्टि गर्नुपर्दछ । अभियोजन पक्षले लगाएको आरोप पुष्टि गर्ने क्रममा शङ्काको कुनै गुञ्जाइस रहनु हुँदैन । शङ्काको गुञ्जाइस उत्पन्न भएमा त्यसको फाइदा अभियुक्तले पाउने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता कृष्णमोहन कोइराला प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ र ३, दफा १६ को उपदफा १, दफा १७ प्रमाण ऐन, २०३१ को दफा २५ सैनिक विशेष अदालतमा फैसला गर्नेः अध्यक्ष मा.न्यायाधीश श्री पुरूषोत्तम भण्डारी सदस्य रक्षा सचिव श्री नवीनकुमार घिमिरे सदस्य प्राड उपरथी श्री विएकुमार शर्मा फैसला न्या.ओमप्रकाश मिश्र : सैनिक विशेष अदालतको मिति २०६८।२।१ को फैसलाउपर सैनिक ऐन, २०६३ को दफा ११९(४) बमोजिम वादीको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : नेपाली सेनाअन्तर्गत श्री नं.११ बाहिनी अड्डामा कार्यरत् नं.१५८७ चालक महासेनानी सुधिर श्रेष्ठले आफ्नो पदको दुरूपयोग गर्दै अमेरिकाको हेलिकप्टर एडभेन्चरमा ४०,०००।- डलरमा तीन महिनाको लागि इन्स्ट्रक्टर तालिमको लागि टि.ए.डि.ए. समेत लिएर गएकामा सो स्कुलबाट १२,०००।- डलर फिर्ता लिई दुई महिनामा नै नेपाल फर्किएको र सन् १९९९ जुलाई २० बाट सुरू भएको कोर्ष तीन महिना नपुग्दै दुई महिनामा नै स्कुल छोडेको जानकारीप्राप्त भए तापनि निजले नं.११ बाहिनी अड्डासँग पुरा तीन महिनाको टि.ए.डि.ए. ११० डलर प्रतिदिनका दरले खाएको र नक्कली टिकटसमेत पेस गरेकाले सरकारी रकम भ्रष्टाचार गर्नेलाई कारवाही गरियोस् भन्ने उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट रक्षा सचिवसमक्ष पेस भएकामा उक्त उजुरीपत्रसमेत संलग्न गरी रक्षा मन्त्रालयले अनुसन्धानको लागि सैनिक अनुसन्धान समितिलाई च.नं.१७४३ मिति २०६५।१०।७ गते लेखेको पत्र । चालक महासेनानी सुधिर श्रेष्ठले भ्रष्टाचारजन्य कार्य गरेको भन्नेसम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पर्न आएको उजुरीउपर छानबिन गर्नको लागि आयोगबाट रक्षा मन्त्रालयमा प्रेषित गरिएको उजुरी कागजातहरूको प्रतिलिपि सैनिक ऐन, २०६३ को दफा ६२ अनुसारका मुद्दाहरूको सम्बन्धमा छानबिन गर्न सैनिक अनुसन्धान समिति गठन हुने व्यवस्था भएबाट निज महासेनानीउपरको अभियोगको सम्बन्धमा सैनिक अनुसन्धान समितिबाट अनुसन्धान तहकिकात हुन रक्षा मन्त्रालयमा पत्राचार गर्नुपर्ने र अनुसन्धानको क्रममा सैनिक अनुसन्धान समितिबाट माग भए निज महासेनानीस