निर्णय नं. ९३६१ - गोली हानी गैंडा घाइते पारेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३६१ - गोली हानी गैंडा घाइते पारेको भाग: ५७ साल: २०७२ महिना: असार अंक: ३ फैसला मिति :२०७१/०८/१६ ३१०० सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्र.न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७१।८।१६।३ ०६७–CR–०५२९ मुद्दाः गोली हानी गैंडा घाइते पारेको । पुनरावेदक / वादी : पुरानो गोरख गण कसराको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला पर्सा, ठोरी गा.वि.स.वडा नं.९ इच्छानगर बस्ने रामबहादुर बलसमेत अपराधको प्रकृति, कसुरदारको संलग्नता, कसुरको गाम्भीर्यतालगायतका कसुरसँग सम्बन्धित विभिन्न सन्दर्भहरूलाई विचारै नगरी कसुरमा संलग्न कुनै पनि अभियुक्तलाई यान्त्रिकरूपमा न्यूनतम् वा अधिकतम् सजाय गर्ने भन्ने विधायिकाको मनसाय होइन । विधायिकाले निश्चित सजायको मात्रा उल्लेख नगरी धेरै प्रकारका कसुरमा न्यूनतम् र अधिकतम् सजायको मात्रा तोकिदिएको अवस्थामा तोकिएको सीमाभित्र रही सजाय निर्धारण गर्ने स्वविवेकीय अधिकार मुद्दा हेर्ने अधिकारी वा अदालतलाई प्रदान गरेकाले अभियुक्तको कसुरको मात्रासँग मिल्ने गरी निर्णयकर्ताले विवेकसम्मत सजायको मात्रा निर्धारण गर्नुपर्ने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता गोपिचन्द्र भट्टराई प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क)(छ)(ज), २६(१) सुरू फैसला गर्ने : प्रमुख संरक्षण अधिकृत श्री मेघबहादुर पाण्डे पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री केशरीराज पण्डित मा.न्या. श्री भरतप्रसाद अधिकारी फैसला न्या.ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।३।२९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ : गण र यस कार्यालयको संयुक्त गस्ती टोलीले जर्नेली पोस्टदेखि अन्दाजी ५ कि.मि. दक्षिण–पूर्व बहपुर खोलाको जङ्गल इलाकाबाट जिल्ला पर्सा, ठोरी गा.वि.स.वडा नं.९ इच्छानगर बस्ने वर्ष ४४ को रामबहादुर बललाई गैंडालाई गोली हानी घाइते बनाई पछ्याउँदै गरेको अवस्थामा पक्राउ गरेकाले आवश्यक कारवाहीको लागि बरामदी मुचुल्कामा उल्लेखित हतियार, खरखजाना र बरामदी मुचुल्कासहित पेस गरेको भन्ने व्यहोराको चितवन राष्ट्रिय निकुञ्ज कसरास्थित श्री पुरानो गोरख गण कसरा ब्यारेकको च.नं.६५६८, मिति २०६१।१।६ को जाहेरी प्रतिवेदन । घटनास्थलमा भरूवा बन्दुकलगायतका खरखजानासमेत बरामद भएको भन्ने बरामदी मुचुल्का । घटनास्थलमा गैंडाको पाइला सँगसँगै रगत चुहाउँदै हिंडेको फेला परेको भन्ने व्यहोराको गैंडा घाइते भएको घटनास्थल प्रकृति मुचुल्का । मिति २०६१।१।४ गतेका दिन जिल्ला पर्सा, ठोरी गा.वि.स.वडा नं.९ इच्छानगर बस्ने मंगल भन्ने विक्रम माझी (बोटे), सोही ठाउँ बस्ने राजु माझी (बोटे), जिल्ला चितवन, गर्दी गा.वि.स.वडा नं.४ वनकटा बस्ने आइतराम बोटे, सोही ठाउँ बस्ने जोगिया भन्ने सुखे बोटे, जिल्ला चितवन, भण्डारा गा.वि.स. फुल्लौरी बस्ने बुधिराम चौधरी र आफूसमेत भई आफ्नो र मंगल भन्ने विक्रम माझीको भरूवा बन्दुक थान २ लिई गैंडा मार्न हिँडेर चुरे पहाड काटी चुरेको फेदीमा एउटा गैंडा फेला पारी त्यसलाई विक्रम माझीले खुट्टामा गोली हानी घाइते बनाउँदा म घाइते गैंडाको रगत पछ्याउँदै अर्को गोली हान्न जान लाग्दा पक्राउ परें, स